लमजुङमा कोरोना अपडेट : निको ४ सय, संक्रमित ४८७ जना - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Saturday, October 17, 2020

लमजुङमा कोरोना अपडेट : निको ४ सय, संक्रमित ४८७ जना

अन्तरङ्ग संवाददाता

बेसीशहर । लमजुङ जिल्लामा कोरोना जित्नेको संख्या चार सय पुगेको छ । त्यस्तै, कुल संक्रमितको संख्या चार सय ८७ पुगेको छ । कार्तिक १ गते जिल्ला प्रशासन कार्यालय लमजुङले जारी विज्ञप्तिमा सो विवरण उल्लेख छ । 

जिल्ला प्रशासन कार्यालयका अनुसार कार्तिक १ गतेका दिन लमजुङ कृषि क्याम्पसको आइसोलेसनमा रहेका पुरुषहरू ६ जनाले कोरोना जितेसँगै जित्नेको संख्या ४ सय पुगेको हो । त्यसैगरी आजकै दिन थप दुईजनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोसँगै संक्रमितको संख्या चार सय ८७ पुगेको हो । 

संक्रमित हुनेमा दुबै पुरूष हुन र कन्ट्याक्ट ट्रेसिङमा परेका छन् । संक्रमित हुनेमा बेसीशहर ७ का ६७ वर्षीय पुरुक्ष एक जना र एकजना भारतबाट आएका ३८ वर्षीय व्यक्ति छन् । 

आजका दिनसम्म अब आइसोलेसनमा उपचाररतमा ८७ जना मध्ये ३२ जना महिला र ५५ जना पुरुष रहेको जिल्ला प्रशासान कार्यलय लमजुङले जनाएको छ ।

No comments:

Post a Comment