कोरोनापछि कृषि उत्थानको बाटो - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Thursday, October 15, 2020

कोरोनापछि कृषि उत्थानको बाटो

कृष्ण अधिकारी

अन्तरङ्गको वर्ष २९ अंक ९ मा मिति २०७७ असोज २९ गते प्रकाशित 

कोरोना भाइरसले संसारलाई स्वास्थका साथै मानसिक र आर्थिक दृष्टिले तहसनहस बनाइसक्यो ।  विश्व अर्थतन्त्रमा छदेखि नौ खर्ब डलर अर्थात कुल गार्हथ्य आम्दानीको ६.४ देखि ९.७ प्रतिशत घाटा हुने अनुमान गरिएको छ । यो लागत बढ्ने अथवा घट्ने कुरा भाइरसले भविष्यमा कहिलेसम्म कुन स्तरको प्रभाव पार्छ त्यसमा भर पर्छ । नेपालमा केन्द्रीय तथ्यांक विभागले जेठ २०७७ देखि आर्थिक गतिविधि सामान्य हुने अवस्थामा मुलुकको आर्थिक वृद्धि २.७५ रहने अनुमान गरेको थियो तर अवस्था दिनानुदिन जटिल हुँदै गएकाले वृद्धि नकारात्मक समेत हुनसक्ने टिप्पणी गरेको छ ।

नेपाल कृषिप्रधान देश भएपनि कृषिमा आत्मर्निभर हुन सकेको छैन् । नेपालको भूगोल, हावापानी र मौलिक ज्ञानका हिसाबले कृषिको धेरै सम्भावना भएपनि धेरै आयात गर्नुपरेको अवस्था छ । उत्पादन घट्दै जाँदा कृषिक्षेत्रमै परनिर्भरता बढ्दै गएको छ । ६७ प्रतिशत कृषिमा आश्रित जनसंख्या भएपनि कृषिको व्यवसायिक उत्पादन हुन नसक्दा कुल ग्राहस्थ उत्पादनमा यसको यसको योगदान बढ्न सकेको छैन् । नेपालले वर्षेनी २ खर्बभन्दा बढीको कृषिजन्य वस्तु आयात गर्दै आएको छ ।

अहिले कृषि, वन, र माछापालनमा गरेर करीब १५ लाख २३ हजार संलग्न छन् । हाम्रो देशमा २७ लाख हेक्टर जमीनमा अधिकतम १३ लाख हेक्टरसम्ममा सिँचाइको सुबिधा छ । किसानससँग सरकार मिलेर सिँचाइको सुविधालाई बढाउन सके किसान, जनता, सरकार सबै लाभान्वित हुने थिए । नेपालका सातै प्रदेशमा कहीं शीतोष्ण (टेम्परेट) त कहीं ट्रपिकल जलवायु विद्यमान छन् । हामीले प्रोत्साहन दिँदा जलवायुअनुरुप कहीं धान, मकै, गहुँलाई त कहीं तरकारी र फलफुल खेतीलाई विचार गर्नु पर्दछ । फ्रुट प्रोसेसि· उद्योग त्यही अनुरुप स्थापनामा जोड गर्नु पर्दछ ।

विश्वव्यापी चुनौतीको रुपमा रहेको कोरोना भाइरस (कोभिड १९) ले अन्य क्षेत्रमा जस्तै कृषि क्षेत्रलाई नराम्ररी धराशायी बनाएकोे छ । कोभिडले समग्र अर्थतन्त्रमा असर पारीरहेको अवस्थामा कृषि क्षेत्रमा पनि समस्या सिर्जना गरेको छ । कोभिडले माछा, मासु, दूध र तरकारीमा पूणर्रुपमा असर गरेको छ । कुल ग्राहस्थ उत्पादनमा पशुपालन क्षेत्रको योगदान १३ प्रतिशत छ । कृषि क्षेत्रमै पशुपन्क्षीको योगदान ३० प्रतिशत छ । ६० प्रतिशत कृषक पशुपालन क्षेत्रमा संलग्न छन् । पशुपालन क्षेत्र ग्रामीण अर्थतन्त्रको मेरुदण्ड हो । 

व्यवसायिक पशुपालनले गरिबी निवारण र रोजारी सिर्जनामा महत्वपूणर् योगदान पुर्‍याउँछ । कोरोना भाइरस(कोभिड १९)ले दूधमा पूणर्रुपमा असर पुगेको छ । मासु खाने संस्कृति पनि कम भएको छ । कोरोनापछि व्यक्तिको आम्दानी घट्दै गएकाले माछा, मासु र दूधको उपयोग बढ्न सकेको छैन । दूधको बिक्री हुन नसक्दा पाउडर बनाउनुपर्ने अवस्था आएको छ तर यससम्बन्धी उद्योग नहुँदा दूध खेर फाल्नुपर्ने भएको छ । व्यवसायिक पशुपालनको विकासका लागि केन्द्र, प्रदेश र स्थानीय तहको समन्वयमा काम गर्न सके पशुपालन क्षेत्रले अर्थतन्त्रमा ठूलो योगदान दिन सक्दछ । कोभिड १९ ले आत्मनिर्भर हुन कठिन देखिएको छ । सरकारले केही वर्षभित्रै ती दूध, माछा र मासुमा आत्मनिर्भर हुने लक्ष्य लिएपनि तत्काल पूरा हुने नदेखिएको हो । माछा, मासु, दूध र अण्डामा आत्मनिर्भर नजिक देखिएपनि कोभिडले असर पुर्‍याएको छ । समयमा ढुवानी गर्न नसक्दा खाद्यान्न तथा खाद्य वस्तुमा पनि असर गरेको छ ।

नेपाली कृषि उत्पादन विश्व बजारसम्म पुर्‍याउनने अवसर पनि नभएको होइन । यहाँको अर्गानिक उत्पादनको विश्व बजारमा माग बढ्दै गएकाले उत्पादन विश्वबजारसम्म पुर्‍याउन सकिन्छ । कृषि उत्पादन बढाएर अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउन सरोकारवाला निकायले ध्यान दिनुपर्ने वक्ताहरूले बताए । आज विश्वभर केमिकल, विषादी तथा एन्टिबायोटिकको प्रयोग बढीरहेको अवस्थामा अर्गानिक खेतीमा ध्यान दिन सके स्वदेश तथा विश्व बजारमै बजारको समस्या छैन । यसका लागि विभिन्न देशको मापदण्ड मापन गरी उत्पादनमा जोड दिनुपर्दछ । 

साना किसानलाई उत्पादनमा जोड्न सकिए आर्थिक विकासको प्रतिफल तल्लो तहसम्म पुग्न सक्दछ । अर्गानिक उत्पादनको विश्वबजारमा माग बढ्दै गएको छ । नेपाली उत्पादन अन्र्तर्राष्ट्रिय बजारमा पुर्‍याउन आइएसओलगायत सर्टिफिकेट लिनतर्फ सरकारले पनि सहजीकरण गरिदिनुपर्छ । विदेशमा पुर्‍याउन ल्यावटोरी जिटुजी हुन सके सहज हुने देखिन्छ । क्षेत्रगत अनुसार सर्टिफिकेसन देश टु देश अनुसार गर्नुपर्छ । फुड सेफ्टी एण्ड क्वालिटी हुन सके बजारको समस्या हुँदैन । 

कृषिमा प्रशस्त सम्भावना भएपनि उत्पादनमा जान नसकिएकाले कृषि क्षेत्रको उत्थानका लागि विशेष योजना ल्याउन आवश्यक छ । पहिलो योजनादेखि कृषिलाई उच्च प्राथमिकता दिंइँदै आएपनि अझै कृषि पूर्वाधार तथा प्रविधिको विकास हुन सकेको छैन । कृषि पूर्वाधार बनाएर व्यापारघाटा कम गराउन सकिने सम्भावना छ । प्रविधि प्रयोग गरी कृषिको लागत घटाउन सके कृषिमा आकर्षण बढ्ने निश्चित छ । वर्षेनी रासायनिक मलको अभाव र उन्नत बिउबिजन नभएका कारण कृषि     आत्मनिर्भर हुन सकेको छैन । कृषि पेशामा संलग्न किसानलाई सम्मान र प्रोत्साहित गर्न नसकिएसम्म कृषि पेशाप्रतिको आकर्षण घट्दै जानेछ । यही अवस्था कायम रहेमा केही वर्षअघिसम्म खाद्यान्न निर्यात गर्ने नेपालमा भोकमरीको अवस्था नआउला भन्न सकिन्न । 

सहुलियत कर्जामा उच्च प्राथमिकता दिएर विदेशबाट फर्केकालाई उद्यमी बनाउने स्पष्ट नीति र कार्यक्रम आउन सकेको छैन । किसानलाई बजार, बिक्री, कर्जा, ढुवानी, भण्डारण र बिमामा सहयोग गर्न सके कृषि उत्पादन बढ्ने र बजारीकरण हुन थप सघाउ पुग्नेछ । व्यावसायिक कृषि उत्पादनका लागि मास प्रोडक्सनमा जान कोभिड १९ बाट रोजगारी गुमाएर विदेशबाट फर्केकालाई समेट्नुपर्ने हुन्छ । छुट्टै योजना ल्याएर उनीहरुलाई उद्योग र कृषिमा प्राथमिकता दिनुपर्छ । मार्केटिङको लिंकअप गर्न सके किसानले बजारको समस्या भोग्नु पर्दैन ।

No comments:

Post a Comment