हाम्रा पाइलाहरू उनन्तीसौं वर्षौंमा - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Wednesday, September 2, 2020

हाम्रा पाइलाहरू उनन्तीसौं वर्षौंमा


 सजिलो काम तथा जस्तो सुकै काम सहज परिस्थितिमा जस्ले पनि गर्छ, गरिआएका पनि छन् । तर समाजको हितकारी कठिन एवम् असजिलो अझ भनुँ प्रतिकुल परिस्थितिमा पनि गर्नु वा गर्न सक्नुले विशेष महत्व राख्दछ । त्यस्तो महत्वको काम गर्नेमा लमजुङको पत्रकारिता र साहित्यका क्षेत्रमा अन्तर· अग्रपंक्तिमा रहँदै आएको छ । 

जुनवेलामा अन्तरङ्गको प्रकाशन प्रारम्भ (विसं २०४९मा)भयो, त्यो समयमा जिल्लामा पत्रिका पनि छाप्नु पर्छ भन्ने उद्देश्यका साथ स्थापना भएका एउटै पनि प्रेस थिएनन् । आफूलाई समाजको सभ्रान्त कहलाउन चाहने मानिसहरूमा समेत पत्रिका किनेर पढ्नु पर्छ भन्ने विवेक आज त पलाउन बाँकी रहेको देखिन्छ भने आजभन्दा २८ वर्ष अघिको अवस्था कस्तो थियो होला ? कल्पनामात्र गर्न सकिन्छ । त्यसमा पनि त्यो समयमा बेसीशहरसम्म चल्ने आजको जस्तो पक्की सडक समेत थिएन । 

त्यस्तो समयमा अन्तर·को प्रकाशन आरम्भ गरी यसलाई ‘समाचार, विचार र साहित्यको त्रिवेणी’का रूपमा अविरल प्रवाहित गर्ने कार्य गर्नु चानचुने थिएन । तथापि, त्यो कुनै आश वा त्रासले गरिएको काम थिएन । समाजलाई वैचारिक रूपमा समृद्ध बनाउने सेवाको पवित्र भावनाबाट त्यो काम शुरु गरिएको थियो । अन्तर·बाट साहित्य वा पत्रकारितामा कलम चलाउन श्रीगणेश गरी अभ्यस्त हुँदै आउनु भएका दर्जनौँ व्यक्तिहरूले आज स्थापित व्यक्तित्व बनाउन सफल हुनुहुन्छ । आजका दिनमा पनि अन्तर·को सो अभियान ज्यूँका त्यूँ रहेको कारणले गर्दा अन्तर·लाई लमजुङ जिल्लाको पत्रकारिता र साहित्यका लागि नर्सरी हो भन्दा अतिशयोक्ति हुने स्थिति देखिदैन । 

त्यसोत यो काम के के न ठूलो हो र अन्यले गर्नै सक्दैनन् भन्ने हिसावले गरिएको पनि थिएन । होइन । समाजका लागि सकारात्मक सन्देश दिने खालका काम गर्नुपर्छ भन्ने पवित्र सोचबाट त्यो काम थालिएको थियो । अन्य माध्यमभन्दा पत्रकारिताका माध्यमले समाजमा पुग्न छिटो छरितो र सहज हुने देखिएको हुँदा यसको प्रकाशनको आवश्यकता महसुस भई प्रकाशन प्रारम्भ गरिएको थियो । त्यो क्रम र आवश्यकता आज पनि उत्तिकै छ । 

अन्तर·को काम कर्तव्य भनेको वस्तुस्थितिलाई सर्वसाधारण पाठकका सामु पु¥याई उहाँहरूलाई सुसूचित गर्नु हो । त्यो धारणा एवम् आधारमा अन्तर·ले लेखिरेहेको हुन्छ, छ र लेख्ने पनि त्यही धरातलमा रहेर हो । त्यही लेखाई कसैका लागि माथि चढाउने लाग्न सक्छ, त कसैलाई खुइल्याएको देखिन पनि सक्छ । त्यस्तो अर्थ काल्पनिक हो । एकप्रकारले निष्काम कर्ममा लागिरहेको छ अन्तर· । हाम्रो लेखाई वस्तुपरक छ, हुन्छ र रहिरहनेछ ।

अन्तर·ले रजत उत्सवका अवसरमा गरेको घोषणा अनुसार २÷२ वर्षमा आयोजना गर्दै आएको राष्ट्रव्यापी खुल्ला मुक्तक प्रतियोगिता यो वर्ष कोरोना कहरका कारण हुन सकेन । त्यो प्रतियोगितालाई आउँदो वर्षबाट निरन्तरता दिइनेछ । 

‘आफू अनुशासनमा नबस्नेले अर्कोलाई अनुशासनमा राख्न सक्दैन’ यो प्राकृतिक सत्य हो । पारदर्शीता, सुशासन तथा मानवअधिकारका विषयमा हामी कसैसँग सम्झौता गर्ने छैनौं भन्ने प्रतिवद्धता दोहो¥याउन चाहन्छौं । यो पावन अवसरमा सबैमा शुभकामना 

No comments:

Post a Comment