अन्तरङ्गलाई नियाल्दा - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Wednesday, September 2, 2020

अन्तरङ्गलाई नियाल्दा

नोर्देन तामाङ 

नेपालमा २०४६को जन आन्दोलनले प्रजातन्त्रको पुनः स्थापना गरेसँगै देशको हरेक क्षेत्रहरूमा उब्जेका परिर्बतनका मागहरूलाई सम्बोधन गर्ने राज्यको चौथो अ·को रूपमा मानिएको पत्रकारितालाई माध्यम बनाएर नेपाली समाजका आवाजहरू सँगसँगै प्रकृती र साहित्यलाई पनि जर्गेना गर्न अपरिहार्य छ भन्ने कटु आवश्यक सोचलाई अँगालेर यसै लमजुङ जिल्लाबाट ‘‘अन्तर·’को आज भन्दा करिब २८ बर्ष अगाडि २०४९ सालमा प्रकाशन शुरू भएको पाइन्छ । शुरूवाती कालदेखि नै अन्तर·ले नेपाली पाठकहरूको ढुकढुकी बनेर सबैसँग न·–मासुझैँ जोडिएर नेपाली पत्रकारीताको आकाश फराकिलो बनाउदै सि·ो समाजलाई मार्गर्दशन गरेको कुरा सर्हष स्वीकार्न सकिन्छ । अन्तर·ले सम्प्रेषण गरेको समचार, बिचार र अन्य सामग्रीहरूले जीवन मूल्यको वकालती गरेको पाइन्छ, जीवनको दर्शन पाईन्छ ।

यसै जिल्लाको होनहार, परिर्वतनका पक्षधर, बुद्धीजीवी, सामाजसेवी एवं साहित्य प्रेमीको रूपमा वरिष्ठ पत्रकार नवराज पहाडीको प्रमुख सक्रियतामा पहिलो प्रकाशन शुभारम्भ भई आजसम्म आफ्नो सोच र सिद्धान्तमा दृढ रहेको पाइन्छ– अन्तर· । 

देशमा भएका विभिन्न परिर्वतनहरूमा एउटा गहन भूमिका र्निवाह गर्दै अन्तर·ले पार गरेको विभिन्न उतार–चढाउहरू यसको सहनशीलता र कर्तव्य परायणताको ज्वलन्त उदाहरण हुन भन्दा फरक नपर्ला । अन्तर·ले तीन दशकको यात्रा तय गरी सधैं लमजुङे माटो, लोकसंस्कृति, साहित्य, बिचार सबैको प्रिय आवाजको रूपमा स्थापित गरी सकेको अवस्था छ ।

वास्तवमै समाचार खबरहरू अन्तर·का प्रमुख पाटाहरू हुन । तर यो भन्दा पनि माथि उठेर अन्तर·ले भाषा–साहित्यको  जर्गेना र यसका मौलिक एवं सर्वा·ीण विकासलाई विभिन्न तवरका साहित्यिक क्रिया–कलापहरूबाट अगाडि बढाइरहेको पाइन्छ । भनिन्छ, ‘‘आजका साना कोपिला भोलिका सुन्दर फूल’– बालक र्सिजनाका मुहान, वाहक अनि स्रष्टा । त्यसैले बालअधिकार र बाल र्सिजनशीलतालाई बिषेश स्तम्भमा राखी अन्तर· प्रकाशित हुनु पनि यसको आर्को मौलिकता हो भन्दा अत्युक्ति नहोला ।

साहित्यको विकासको लागि यसले समय समयमा सञ्चालन गर्ने गरको मासिक रचना वाचन, वाल कविता वाचन, खुल्ला कविता वाचन तथा प्रतियोगिता, राष्ट्रव्यापी खुल्ला मुक्तक प्रतियोगिता आदिले देशभरीकै साहित्य अनुरागीहरूको भावना र नेपाली समाजको ठोस आवाजहरूलाई जिवन्त बनाएको पाइन्छ ।

भनिन्छ स्रष्टा साधकहरूले आफ्नो र्सिजना मार्फत देश, काल, परिस्थितिको सदृष्य चित्रण गरिरहेका हुन्छन । उनीहरूको सिर्जनाले राष्ट्रिय भावनाको विजारोपण र विस्तारण गर्न प्रभावकारी भूमिका खेलिरहेको हुन्छ । तिनै सष्टा–साधकहरूकोे  सम्मानमा पनि वार्षिकोत्सवका अवसरमा अन्तर·ले देशका विभिन्न क्षेत्रहरूमा रहेको सहित्यकारहरूलाई सम्र्वधना तथा अभ्र्यथनमा कार्यक्रमको आयोजना गर्दै आएको कुरा पनि सर्वविदित नै छ ।

आफ्नै माटोका दुर दराजमा पर्दा पछाडी लुकेर वसेका खुम्चेर बसेका र लजाएर वसेका सहित्यको साधक तथा रसहरूको खोजी गरी साहित्यमा तिनीहरूको पहिचान बनाउन अनवरत  संघर्षशील रहेको पाइन्छ–अन्तर· । अझ यो भन्दा पनि माथि उठेर प्रवासीहरूको पनि नेपाली मनको आवाज बनेको छ– अन्तर· । साहित्यमार्फत प्रवासी मनको पिडा, व्यथा,भावना, सुख, दुःख, पोख्न पाउने माध्यमको रूपमा यसले गरेको मानवीय कार्यलाई म मेरो व्यक्तिगत तर्फवाट भावविभोरका साथ कृतज्ञता व्यक्त नगरी रहन सक्दिन ।

आज अन्तर·ले आफ्नो पाइला २९औं वर्षमा टेक्दै गरेको सन्दर्भ तथा शुभ अवसरमा अन्तर·लाई शुभकामनाका दुई शब्द कोर्दै गर्दा म अन्तर·ले आगामी दिनहरूमा अझै समाचार, साहित्य र विचारका साथ पत्रकारिताको मर्म र भावना अनुसार लमजुङ जिल्लामा सबैको प्रिय पत्रिकाका रूपमा रहिरहनसकोस् । लोकसंस्कृति र साहित्यको क्षेत्रमा अझ वढी विद्याहरूको संरक्षण र सम्वद्र्धनमा काम गर्न  सकोस । जसले थप अझ जिवन्त बन्नेछ अन्तर· भन्दै शुभकामनाका शव्द सुमन अर्पण गर्दै यो लेखनी यही बिट मार्दछु ।


No comments:

Post a Comment