४ जना सञ्चारकर्मी सहित २५ जना संक्रमित थपिए कुल २४० - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Wednesday, September 2, 2020

४ जना सञ्चारकर्मी सहित २५ जना संक्रमित थपिए कुल २४०

अन्तरङ्ग संवाददाता

लमजुङ । लमजुङमा बुधबार ४ जना पत्रकारसहित २५ जना कोरोना संक्रमित थपिएका छन् । दिउँसो एक सञ्चारकर्मी सहित १८ जनामा कोरोना संक्रमणको पुुष्टि भएको थियो । साँझको प्रतिवेदन अनुसार थप ३ जना सञ्चारकर्मी सहित ७ जना संक्रमित थप भएसँगै २५ जना भएको हो । आजसम्म जिल्लामा कुल संक्रमित २४० भएका छन् । योसँगै आज सम्मका लागि भनिएको लकडाउन २४ गतेसम्मका थप भएको प्रशासनले जनाएको छ । 

संक्रमित भएकाहरू सबै कन्ट्रयाक्ट टे«सिङका आधारमा स्वाव संकलन गरिएकाहरू हुन् । आज साँझ प्राप्त प्रतिवेदन अनुसार ५ जना बेसीशहरका र २ जना क्रमशः क्ब्होलासोथर र मर्स्याङ्दी गाउँपालिकाका छन् । बेसीशहर– ११ की २२ वर्षीया महिला पत्रकार, ३ का पनि ४१ र ५८ वर्षका महिला, सोही वडाका २४ वर्षका एक पुरुष र ५ नंबरका २३ वर्षका पुरुष छन् । यसैगरी, क्ब्होलासोथर– ३ का २१ वर्षका पुरुष छन् भने मर्स्याङ्दी  गाउँपालिका– ६ का २१ वर्षका पुरुष रहेको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयबाट आज जारी पाँचौं वक्तव्यमा उल्लेख छ । 

आज दिउँसो संक्रमण पुष्टि भएकाहरूमा बेसीशहर नगरपालिका– १० मा स्थायी बसोबास भएको २७ वर्षीय पुरुष सञ्चारकर्मी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सो कार्यालयबाट जारी विज्ञप्ति अनुसार संक्रमितहरूमा महिला ६ जना छन् । उनीहरुको उमेर बेसीशहर– ३ का १३, २३ र ३७ वर्षका छन् । यसैगरी, वडानं ७ का ४४ वर्षीय र सुन्दरबजार– ९ का ४५ र ४९ वर्षीया रहेका छन् ।

पुरुष संक्रमितहरूमा बेसीशहर– २ का ४०, ३ का ३७, ७ नंवडाका २३ वर्ष तथा बेसीशहर– का १८, २२, ३१, ३१, ३६ र ४० वर्षका, सुन्दरबजार– २ का ५० वर्षका र ९ का ४८ वर्षीय पुरुष रहेका छन् । यसप्रकार आइसोलेसनमा बस्ने पुरुष ९१ जना र २९ महिला समेत १२० जना रहेका छन् । त्यसैगरी, निको भएर घर फर्कनेहरूमा ९ जना महिला र १ सय ४ जना पुरुष समेत ११३ जना छन् । 

आज संक्रमित भएकासहित जिल्लाका संक्रमित सञ्चारकर्मीको संख्या ७ पुगेको छ । तीमध्ये दुई जना पत्रकार महिला हुन् । 

No comments:

Post a Comment