शुभकामना ! अब २९ बर्ष लागेछ अन्तर·, हातमा सुम्सुम्याउँदै पढेको पनि धेरै भयो । यस्का हरेक अंकले मन मस्तिष्कलाई छुने गर्दथे । कुनै बेला यस्तो जमाना थियो, अन्तर·को लागि १५ दिन देखि एक हप्तासम्म कुर्ने जमात हुन्थ्यो भने कुनैबेला मानिसहरू हुलाकीको बाटो हेरेर अन्तर·लाई कुरेर बस्ने गर्दथे । ठूलै उतार चढावमा यो पत्रिका कहिले कताबाट छापियो, कहिले कताबाट छापियो, असिमित पाठकलाई सन्तुष्टि दिलाउँदै अन्तर· सबैको अन्तर· मात्र बनेन जिल्लाको समाचार, साहित्यमा तर· छाड्न सफल भयो । पाठकको मन जितेर आजसम्मको यो यात्रा तय गरेको यस पत्रिकालाई असिम शुभकामना ¤
सम्पादकको स्वास्थ– यो बर्ष अन्तर·लाई अलिक दुःखको बर्ष भयो, सम्पादकज्यू मोटरसाईकल दुर्घटनामा परेर ओछ्यान परेको धेरै भयो । घुमेर, डुलेर पत्रकारिता गर्नुपर्छ, समाजका सत्य, तथ्यलाई बाहिर ल्याउनुपर्छ भन्ने मान्यता राख्दा राख्दै पनि सम्पादकज्यूलाई कोठामा बसेर समाचार र लेख सम्पादन गर्नु पर्ने झन्झट आईलाग्यो । ढाडमा लागेको गहिरो चोटसँगै पनि अन्तर·को छपाई कतै रोकिने त हैन ¤ भन्ने शंकाको बीचमा पनि अन्तर·को नियमित छपाई भइ नै रह्यो । यसले आम पाठक र कर्मशील मानिसलाई के संकेत गर्दछ भने हामी कर्ममा विश्वास मात्र हैन निरन्तरता दिनु पर्दछ । पुनः सम्पादकज्यूको पूर्ण स्वास्थ्यलाभको कामना ¤
राज्यसँग केही नमागेका अन्तर·का सम्पादक जो विशुद्ध पत्रकारिताले आफ्नो जीवन गुजारे, उन्ले यो बेला अलिक संरक्षण पाउनु पर्ने हैन र ? उपचारको लागि सहयोग जुटाईदिनु पर्ने हैन र ? हुन त कांग्रेसले किन गथ्र्यो उन्को उपचार, जोसँग अजात शत्रु झै लिएर त्यो पार्टी अगाडि बढिरहेको छ । कम्युनिष्टले पनि उन्को उपचारमा कहिल्यै चासो देखाएनन्, कारण उनी कहिल्यै कम्युनिष्ट बनेनन्, बने त केबल जनयुद्धको बेला राज्यकोतर्फबाट माओवादी बनाईए । उन्लाई माया गर्ने कम्युनिष्ट र कांग्रेसले एक पटक बुझ्ने हो कि ? अनि कहिले झुक्न नजान्ने पहाडी अडानलाई पनि तिनै पार्टीका केही नेताले नियाले पनि किन माया दर्शाउन सक्दैनौ हँ ? म एक लेखक भएको नाताले पहाडीको उपचारको लागि भिख मागेको हैन तर पहाडीले पत्रकारिताको क्षेत्रमा गरेको योगदानलाई लमजुङका प्रतिष्ठित समाजसेवीले आँखा चिम्लेर बस्न मिल्छ ?
लेखकको मृत्यु– प्रसिद्ध फ्रेन्च लेखक, समालोचक रोलाँ बार्थका अनुसार कुनै पनि लेख र त्यसको पढाई र समालोचनालाई अलिक फरक ढंगको बिश्लेषण पाईन्छ । जहाँ रोलाँ बार्थले भनेका छन्– कुनै लेख लेखिसकेपछि त्यहाँ लेखकको जन्म त हुन्छ नै जब लेख प्रकाशन भएर पाठकको हातमा पुग्छ, त्यति बेला लेखकको मृत्यु भै सकेको हुन्छ । अर्थात, पाठकको हातमा लेख पर्नासाथा त्यो लेखलाई पाठकले आफ्नो ढंगले व्याख्या र बिश्लेषण गर्छन् न कि त्यो लेखलाई व्याख्या गर्नको लागि लेखक हरेक घरमा पुग्दछ । यसरी हरेक घरमा, हरेक पाठकको हातमा लेख पुगे पछि लेखक स्वयम त्यो लेखलाई स्पष्ट पार्न पाठक समक्ष जान नसक्ने हुँदा लेखकको मृत्यु भएको ठानिन्छ । यो बर्ष अन्तर·मा मेरै लेखलाई पनि आलोचना आलोचनात्मक लेख नै एक अंकमा छापिएको थियो । पछि पहाडीसरले हजुरको बिरुद्धमा लेख आएको छ, हजुरकोे बिचार के छ, प्रत्युत्तर लेख्ने कि नाई भनेर सोध्नु भयो । मैले सोझै उहाँलाई जवाफ दिएँ– त्यो मेरो लेख सबैलाई मन पर्छ भन्ने हैन, म पनि रोलाँ बार्थको अवधारणा अनुसार पाठकले नै व्याख्या गर्न छुट छ र पाठकले नै धारणा बनाउन सक्छन् भनेर मैले प्रत्युत्तरको कुनै भूमिका देखिन किनकी पाठकले सकारात्मक, नकारात्मक टिप्पणी नगरिदिने हो भने लेखनीलाई तिखार्न कसरी सकिन्छ र ? अझै पनि आलोचनात्मक प्रतिबादको लागि मेरो बिचार हाजिर नै छ ।
लकडाउन र यसको छापामा प्रभाव– पत्रिकाहरू प्रेस काउन्सिलमा दर्ता भएर बर्गीकृत भएका हुन्छन् । यसवापत राज्यले पत्रिकाको लागि केही बिज्ञापन दिने गर्दछ तर बर्ष भरिमा निश्चित अंक भने छापेको हुनु पर्दछ । मलाई जब लकडाउन बढ्न थाल्यो, तब अन्तर· नछापिने त हैन ¤ भन्ने संशय थियो तर अंग्रेजी कवि टि एस ईलियटले आफू दृष्टि बिहीन हुँदा प्याराडाईज लस्ट नामक कृति लेख्नको लागि आफ्नो छोरीको सहयोग लिएँ झैं गरी सम्पादकज्यू आफैं बिरामी भैकन पनि सानो उमेरको छोरालाई टाइप गर्न लगाएर पत्रिकाको निरन्तरता दिनुभयो, त्यो आफैमा उत्कृष्ट कार्य हो ।
अन्त्यमा, सबै पत्रिका डिजिटलमाध्यममा जाँदै गरेको हुँदा अन्तर·ले केही परिवर्तन आफ्नो र पाठकको लागि गर्नु पर्नेछ । अन्तर·लाई बेवसाईटमा राख्ने र नियमित समाचार अपडेट गर्नु पर्ने देखिन्छ । यसले गर्दा पत्रिकालाई नियमित बिज्ञापन आउने र सबको हात हातमा मोबाईल र ईन्टरनेट भएको यो बेला पाठक मैत्री बन्न सघाउ पुग्ने छ ।
बेलायतमा पनि लामो इतिहास बोकेका पत्रिकाहरू इन्टरनेटको माध्यमबाट प्रकाशित हुने गरेको हुँदा अन्तर·को आधुनिकीकरणमा लाग्नु अपरिहार्य हो । अन्तर·को बार्षिकोत्सवको यो बेला पत्रिकालाई उत्तोरत्तर प्रगतिको शुभकामना
तारेमाम् !


No comments:
Post a Comment