बेसीशहर– लमजुङमा एकैदिन ३० जना कोरोना भाइरस (कोभिड १९)लाई जित्न सफल भएका छन् । असोज ९ गते ३ महिला र २७ पुरुषले कोरोना जितेको प्रशासनले जनाएको छ ।
कोरोना मुक्त हुनेमा नेपाली सेनाको आइसोलेसनमा रहेका ४१ बर्षीय, ३९ बर्षीय, ३६ बर्षीय, ३७ बर्षीय, ३८ बर्षीय, ३९ बर्षीय, ३६ बर्षीय र ३७ बर्षीय गरी आठ जना पुरुष छन् । त्यस्तै, लमजुङ कृषि क्याम्पस सुन्दरबजारको आइसोलेसनमा रहेका २३ बर्षीय, ४८ बर्षीय, ३० बर्षीय, ३९ बर्षीय, ४१ बर्षीय, ४४ बर्षीय, ४३ बर्षीय, ५२ बर्षीय, ५१ बर्षीय, २५ बर्षीय, २६ बर्षीय, २० बर्षीय, ३१ बर्षीय, ३४ बर्षीय, २४ बर्षीय, २२ बर्षीय र २७ बर्षीय समेत १७ जना पुरुष रहेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताउनु भयो । उहाँका अनुसार लमजुङ जिल्ला सामुदायिक अस्पतालको आइसोलेसनमा रहेका ४५ बर्षीय पुरुष, ५९ बर्षीया महिला, १३ बर्षीया बालिका, २७ बर्षीया महिलाले पनि कोरोना जितेका छन् । त्यस्तै, शहरी विकास कार्यालय भवन सहजीमा १९ बर्षीय पुरुष कोरोना मुक्त भएका छन् । उनीहरु सबैलाई कोरोना मुक्त भएसंगै घर पठाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
आज कोरोना मुक्त हुनेसंख्या समेत लमजुङमा कोरोना जित्नेको संख्या ३ सय ६२ पुगेको छ । जसमा महिला ४४ र पुरुष २ सय १८ जना पुरुष रहेका छन् । जिल्लामा कुल संक्रमित संख्या ३ सय ५३ हो । तीमध्ये आइसोलेनसमा ३२ महिला र ५९ पुरुष गरी ९१ जना मात्र बाँकी छन् । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
यस्तै, लमजुङमा शुक्रबार ४ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।
No comments:
Post a Comment