प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माद्वारा हस्ताक्षतिर विज्ञप्तिमा भनिएको छ । जिल्लाका बेसीशहर, सुन्दरबजार र मध्यनेपाल नगरपालिकाहरूमा समुदायस्तरमा समेत कोरोना फैलिएको विदितै छ । हाललाई स्कूल, क्याम्पस सहितका शैक्षिक संस्था तथा परीक्षा समेत अर्को सूचना जारी नभएसम्म सञ्चालन नगर्ने, नगराउने २०७७/०५/२९ गते निणर्य भएको अवस्था छ ।
यसैगरी सो विज्ञप्तिमा विद्यालय तथा क्याम्पसमा प्रत्यक्ष सिकाईका गतिविधिहरू नियन्त्रण गर्नुको उद्देश्य शिक्षक विद्यार्थीहरुमा हुन सक्ने संक्रमण नियन्त्रण नै हो । विद्यार्थीहरूको शिक्षण सिकाईका गतिविधि अवरुद्ध नहोस् भन्नका लागि नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थी सिकाई सहजिकरण निर्देशिका- २०७७ जारी भइसकेको र त्यसको कार्यान्वयनका लागि जिम्मेवार निकायका रुपमा पालिकालाई तोकेको विषया जानकारी नै छ भन्ने उल्लेख छ ।
उक्त विज्ञप्तिमा विभिन्न पालिकामा अवस्थित अतिपय सामुदायिक र संस्थागत विद्यालयहरुले सो निर्देशिका विपरित प्रत्यक्ष सिकाई विधि अवलम्बन गरी नेपाल सरकारको भदौ २९ गतेको निणर्य विपरितका गतिविधि सञ्चालनको प्रयास गरेको बुझिन आएको हुँदा त्यसतो नगर्न नगराउने व्यवस्था मिलाउन अनुरोध छ । यदि सो सूचनालाई बेवास्ता गरी स्कूल तथा क्याम्पसमा प्रत्यक्ष विधिबाट सिकाई गरिएर कोरोना फैलन गएमा त्यसको जिम्मेजार सम्बन्धित शिक्षण संस्था हुने जानकारी गर्दै उल्लेखित काम गरे गराएको पाइएको खण्डमा संक्रामण रोग २०२० बमोजिम कारवाही हुने बेहोरा समेत सम्बन्धित सबैका लागि जानकारी गरिन्छ जिल्ला प्रशासनबाट जारी विज्ञप्तिमा भनिएको छ ।
सो विज्ञप्तिाको अघि भनिएको छ कि जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या तीन सय ७३ पुगेको छ । जस मध्ये दुई सय ७१ जनाले कोरोना जितेर घर फर्की सकेका छन् र १ सय २ जना सक्रिय संक्रमित रहेका छन् ।
No comments:
Post a Comment