सदरमुकाममै बट्टाई चराको व्यावसायिक पालन शुरु, जोडीको पाँच सय - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Wednesday, September 23, 2020

सदरमुकाममै बट्टाई चराको व्यावसायिक पालन शुरु, जोडीको पाँच सय

अन्तरङ्ग  संवाददाता 

बेसीशहर– लकडाउन र निषेधाज्ञाको समयको उपयोग गर्दै बेसीशहर नगरपालिका– ७  

को शान्तिटोल निवासी खेमजंग गुरुङले व्यवसायिक बट्टाई पालन शुरु गर्नु भएको छ । कौशी खेतीको रुपमा यसको पालन गर्न सकिने उहाँको भनाई छ । 

बट्टाई पालनका लागि ठूलो ठाउँको जरुरी नहुने र लगानी पनि धेरै गर्नु नपर्ने र छोटो समयमै उत्पादन लिन सक्ने भएको हुँदा यो खेती ठीक लागेको उहाँको भनाई छ । उहाँले भन्नुभयो, ‘यो त कोशी खेती हो नि ¤ त्यो रुपमा गर्न सकिन्छ । बट्टाई चराले ४० दिनदेखि ४४ दिनभित्र अण्डा दिन थाल्ने रहेछ । अण्डा दिन शुरु गरेको छ ।’ 

बट्टाई चरा पालनका लागि करिब सात सय वटा अट्ने गरी सात फिट लम्बाई र तीन फिट चौडाई भएको तीन तले खोर तयार गरेको उहाँले बताउनु भयो । उहाँका अनुसार त्यो खोर निर्माणका लागि २२ हजार नगद  आफ्नो रुम बाहेक खर्च भयो । सानो चल्ला बचाउन कठिन हुने हुँदा दुई हप्ता र तीन हप्ता उमेरका चल्ला आफूले ल्याएको बट्टै पालक किसान खेमजंग गुरुङले बताउनु भयो । उहाँका अनुसार ऐले लकडाउनको कारणले गर्दा चल्ला धेरै ल्याउन सकेन मेरो आफन्तजनमार्फत नै चल्ला ल्याएको हुँ । उहाँले भन्नुभयो, ‘दुई हप्ताको चल्लालाई प्रति गोटा ७० रुपैयाँ र तीन हप्ताको चल्लालाई प्रतिगोटा एक सय रुपैयाँका दरले दुई सय ७५ वटा चल्ला १५ हजारमा ल्याएको हुँ ।’ उहाँका अनुसार तत्काल यसका लागि ३७ हजार खर्च भएको छ । दानाको लागि ऐलेसम्म ३ हजार खर्च भयो होला उहाँले भन्नुभयो । 

बजारको बारेको जिज्ञासामा उनले भने, ‘बजारको खासै समस्या हुन्छ जस्तो लाग्दैन । बट्टाईको अण्डा बेसीशहरमा एक गोटाको १० रुपैयाँदेखि १५ रुपैयाँमा विक्री हुने गरेको सुनेको छु । उहाँका अनुसार मासुको हकमा सानो बट्टै चराको तौल एक सय ९० ग्रामदेखि ठूलोको दुई सय १० ग्रामसम्म हुने रहेछ । यो त तौलको हिसावले भन्दा पनि परेवाको जस्तो जोडी विक्री हुने रहेछ । उहाँले भन्नुभयो, ‘‘एक जोडी बट्टैको पाँच सय रुपैयाँ मूल्य पर्दछ ।’

भारतीय सेनामा सेवारत रहेर सुवेदार मेजर पदबाट निबृत्त भएका गुरुङले बट्टै चराको ह्याचरी बनाउने सोचमा आफू रहेको बताउनु भयो उहाँले भन्नुभयो, ‘‘अब कोरोनाको कहर हटेर परिस्थिति सहज हुनासाथ ह्याचरी सञ्चालन गर्ने तिर लाग्ने सोच छ ।’ केहीलाई लेयर्सको रुपमा पाल्ने हो उहाँले बताउनु भयो । स्याहार पु¥याउन सक्दा एउटा वट्टै चराले एक वर्षमा तीन सयसम्म अण्डा दिन्छ भन्ने छ गुरुङले उल्लेख गर्नुभयो ।

दानाका बारेको जिज्ञासामा उनले भने ‘मैले त कुखुरालाई दिने दाना दिएको छु । ३७औं दिनदेखि लेयर्सको दाना दिन शुरु गरेको छु उहाँले जानकारी दिनुभयो ।  

No comments:

Post a Comment