लमजुङमा कोरोना निको हुने संख्या ५० प्रतिशत, आइसोलेशन बेड सत प्रतिशत थपियो - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Thursday, September 3, 2020

लमजुङमा कोरोना निको हुने संख्या ५० प्रतिशत, आइसोलेशन बेड सत प्रतिशत थपियो

अन्तरङ्ग संवाददाता                                                                                                                
बेसीशहर- लमजुङमा कोरोना जित्ने र आइसोलेसनमा रहनेको संख्या बराबर भए

को छ अर्थात ५० प्रतिशत निको भएर घर फर्किएका छन् । भदौ १८ गतेका दिन ७ जना डिस्चार्ज भएसँगै निको हुनेको संख्या ५० प्रतिशत पुगेको हो । संक्रमित संख्या बढेसँगै आइसोलेशन बेड सत प्रतिशत थपिएको छ । 
यसअघि नौ जना महिलासहित एक सय चार जना पुरुष निको भई घर फर्केको लामो समय पछि १८ गते सात जना निको भएर त्यो संख्या एक सय २० पुगेको हो । जिल्लामा कुल दुई हजार सात सय २८ जनाको पिसिआर गरिएकोमा दुई सय ४० जनाको पोजेटिभ र दुई हजार तीन सय ६८ जनाको नेगेटिभ नतिजा आएको र एक सय २० जनाको रिपोर्ट आउन बाँकी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सो कार्यालयका अनुसार एक सय ८८ संक्रमितको फलोअप गरिएको छ । 
उपचाररतहरूमा जिल्ला सामुदायिक अस्पतालमा ३२ जना महिला र ५ पुरुष गरी ३७ जना, सुन्दरबजारको नमूना सामुदायिक अस्पतालमा २४ जना, बेसीशहरको सहजीमा ४६ जना र लमजुङ क्याम्पसमा निर्माण गरिएको आइसोलेसनमा १३ जना समेत एक सय २० रहेको सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले बताउनु भयो । 
यसैबीच, जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या बढेसँगैे आइसोलेशन बेड थप गरिएको छ । जिल्लामा संक्रमितको संङख्या बढ्दै गएपछि १ सय बेड क्षमताको आइसोलेशसनलाई सतप्रतिशत बृद्धि गरी दुई सयको बनाइएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताउनु भयो । उहाँका अनुसार थप भएका बेड संख्यामा लमजुङ क्याम्पसमा ७०, बेसीशहर स्थित शहरी विकास कार्यालयको भवनमा र सुन्दरबजारकै नमूना सामुदायिक अस्पतालमा १५/१५ बेड थप गरिएको छ । 

जिल्लामा भदौ १८ गते यो समाचार तयार गर्दासम्म कुल संक्रमितको संङख्या दुई सय ४० पुगेको छ । संक्रमितमध्ये एक सय २० जनाले कोरोनालाई जितेर घर फर्किएका छन् ।

यसैबिच, आईसोलेसनमा बस्नेहरूले व्यबस्थापान पक्ष कमजोर भएको भन्दै गुनासो गरेका छन् ।

No comments:

Post a Comment