अन्तरङ्ग संवाददाता
पोखरा– स्वतन्त्र पत्रकार संघ नेपालले प्रहरी ज्यादतिको भत्र्सना गरेको छ । सुनसरीको इटहरी स्थित संघका राष्ट्रिय कोषाध्यक्ष एवं पूर्वेली.कम दैनिकका सम्पादक शालिग्राम पाण्डेलाई समाचार संकलनका क्रममा इटहरी बजारमा प्रहरीले उहाँप्रति गरेको अभद्र व्यवहारको बारेमा विज्ञप्ति जारी गर्दै भत्र्सना गरेको हो ।
संघका राष्ट्रिय अध्यक्ष के. वि. मसालद्वारा हस्ताक्षरित विज्ञप्तिमा गम्भिर ध्यानाकर्षण भन्दै राष्ट्रिय कोषाध्यष पाण्डेलाई इटहरी नगरपाकिलाको बुधबारे हाटमा प्रहरीले अभद्र व्यवहार गरेको उल्लेख छ । कोभिड– १९ को संक्रमणको बेलामा आफ्नो समेत ज्यान जोखिममा राखेर समाजलाई सुसूचित गर्ने कार्यमा जुटेका पत्रकारलाई प्रोत्साहन गर्नुको सट्टा परिचयपत्र समेत खोसेर आधा घण्टा होल्ड गरिनु प्रहरीको अराजक हरकतको संघ भत्र्सना गर्दछ भन्ने उल्लेख छ ।
साथै, यस्तो कार्य स्वतन्त्र प्रेस काथिको हस्तक्षेप हो र पेशाप्रति हतोत्साहित गर्ने हरकत भन्दै त्यसको कडा शब्दमा भत्र्सना गर्दछ विज्ञप्तिमा भनिएको छ । घट्नामा संलग्न प्रहरीलाई कारवाही गरी प्रेस स्वतन्त्रताको सम्मान गर्न र आउँदा दिनमा यस्ता हरकत नगर्न संघले ध्यानाकर्षण गरेको छ ।
No comments:
Post a Comment