अन्तरङ्ग संवाददाता
बेसीशहर- लमजुङमा १५ जना नयाँ संक्रमित थपिएका छन् । तीसँगै जिल्लामा कुल संक्रमितको संख्या असोज ४ गते ३ सय ३७ पुगेको छ । त्यस्तै, कोरोना जित्नेको संख्या १ सय ७२ पुगेको छ । जिल्लामा कोरोना संक्रमितको कुल संख्या ३ सय ३७ छ । तीमध्ये महिला ७५ र पुरुष २ सय ६२ जना छन् । हाल आइसोलेसनमा ४५ महिला र १ सय २० पुरुष गरी १ सय ६५ जना रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रशासनका अनुसार उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । कोरोना भाइरस संक्रमण भएर आइसोलेसमा रहेका ११ महिला र ८ जना पुरुषले कोरोना जितेका हुन् । केहीको दोस्रो पटकमा र केहीको तेस्रो पटक कोरोना जाँच गर्दा नेगेटिभ आएको हो । कोरोना जित्नेहरूमा लमजुङ जिल्ला सामुदायिक अस्पतालको आइसोलेसनमा रहनु भएका बेसीशहर नगरपालिका- २, ७, ८ र ९ का ४५ बर्षीया, २३ बर्षीया, ६५ बर्षीया, ३२ बर्षीया महिला, १० बर्षीया बालिका, ४५ बर्षीया महिला, ३० बर्षीया महिला, ३१ बर्षीया महिला, ४१ बर्षीय पुरुष र ७५ बर्षीय बृद्ध हुनुहुन्छ । यस्तै, सुन्दरबजार नगरपालिका- ९ का २४ बर्षीया महिला, राइनास नगरपालिका- ९ का ३१ बर्षीया महिला, मस्र्याङदी गाउँपालिका २ का ५८ बर्षीय पुरुष, सिरानचोक गाउँपालिका- २ गोरखाका २८ बर्षीया महिला छन् । यसैगरी, शहरी विकास कार्यालयको भवन सहजीको आइसोलेसनमा रहेका बेसीशहर नगरपालिका- ७ र ८ का २७ बर्षीय पुरुष, ३२ बर्षीय पुरुष, ५२ बर्षीय पुरुष, कावासोती नगरपालिका- ४ नवलपरासी सुस्तापूर्वका ३२ बर्षीय पुरुष रहेको र उहाँहरू सबै घर फर्किएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताउनुभयो । उहाँका अनुसार उनीहरुलाई केही दिन होम क्वारेन्टाइनमा सुरक्षितका साथ बस्न सुझाव दिइएको छ । असोज २ गते १९ जनालाई कोरोना निको भएसंगै लमजुङमा कोरोना निको हुनेको संख्या १ सय ७२ पुगेको हो । जसमा महिला ३० जना र १ सय ४२ पुरुष छन् ।
No comments:
Post a Comment