बेसीशहर- लमजुङमा कोरोना भाइरस (कोभिड- १९) संक्रमण पछि निको हुनेको सख्या दुई सय ५ पुगेको छ । जिल्लाका आइसोलेसनमा रहनु भएका ४ जना पत्रकार सहित ३३ जना संक्रमण मुक्त भई डिस्चार्ज भएसँगै जिल्लामा हालसम्म कोरोना निको हुनेको संख्या दुई सय ५ पुगेको हो ।
कोरोना जित्ने पत्रकारहरूमा ‘हाम्रो पनि कथा छ’ युट्युव च्यानलका सञ्चालक/सम्पादक निश्चल ढकाल, रेडियो चैतारीका प्रविधिक शाखाका प्रमुख सिताराम बस्येल सहित चार जना हुनुहुन्छ । संक्रमण मुक्त हुनेमा नमुना सामुदायिक अस्पताल, सुन्दरबजारको आईसोलेशनमा बसेकाहरू हुनुहुन्छ । सोही अस्पतालको आइसोलेशनमा बस्नु भएका १६ जना निको भई डिस्चार्ज भएको जिल्ला प्रशासन कार्यलयद्वारा जारी सूचनामा उल्लेख छ ।
सोही आइसोलेशनबाट डिस्चार्ज हुनेहरू सबै पुरूष रहेका छन् । ती पुरूषमा ४ जना ३८ बर्षका रहेका छन् र ३ जना ३९ बर्षका छन् र बाँकी ३, ३६, २७, २४ २८ ४८ ३१ २९ र ३० बर्षका छन् । बाँकी १७ जना कृषि क्याम्पस आइसोलेशन, ्सुन्दरबजारमा रहेका थिए । र उनी मध्ये २ जना ३१ बर्षका रहेका छन् र २२, २३ बर्षीय लगायतका पुरूषहरू हुनुहुन्छ ।
जिल्लामा कोरोना संक्रमितको कुल संख्या ३ सय ३७ छ । महिला ७३ र पुरुष २ सय ६४ जना छन् । हाल आइसोलेसनमा ४३ महिला र ८९ पुरुष गरी १ सय ३२ जना रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रशासनका अनुसार संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
No comments:
Post a Comment