कोरोना विरुद्ध खोप : रुसले बनाएकोमा उत्साहजनक नतिजा - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Saturday, September 5, 2020

कोरोना विरुद्ध खोप : रुसले बनाएकोमा उत्साहजनक नतिजा

 एजेन्सी । 
कोरोना भाइरस बिरुद्धको रुसले तयार गरेको ‘स्पुतनिक- ५’ नामक खोपले केही उत्साह जगाइदिएको छ । त्यसबारे विश्वमा चासो बढ्न गएको छ भने कतिपयले उक्त खोपको विश्वसनियताबारे पनि प्रश्न नउठाएका भने होइन । तथापि खोपबारे पछिल्लो खबरमा उत्साहजनक नतिजा निस्केको उल्लेख छ । सो खोपको उद्देश्य एन्टीबडी वा टी सेल विकसित गर्नु हो । 

पछिल्लो एक अध्ययन प्रतिवेदन चर्चित मेडिकल जर्नल द लासेन्टमा प्रकाशित भएको छ । सो प्रतिवेदन अनुसार रुसले बनाएको कोरोना भाइरस बिरुद्धको खोपले सकारात्मक संकेत देखाएको उल्लेख छ । रुसले तयार गरेको ‘स्पुतनिक- ५’ नामक उक्त खोप मान्छेमा परीक्षण गरिएको थियो, जसमा कुनैपनि गंभीर हानी देखिएन । जति व्यक्तिमा यो खोप परीक्षण गरिएको थियो उनीहरु सबैका एन्टीबडी विकसित भएको पाइयो समाचारमा भनिएको छ ।

कोरोना बिरुद्धको यस खोपलाई रुसले पछिल्लो महिना स्विकृति दिएको थियो । त्यसपछि यस खोपबारे विश्वभर चर्चा- परिचर्चा शुरु भएको हो । अध्ययनकर्ताका अनुसार दोस्रो चरणको परीक्षणबाट के थाहा भयो भने यस खोपले शरीरमा २८ दिनभित्र टि कोशिकार (किलर टि सेल्स) पनि बनायो । प्रतिवेदन अनुसार खोपको पहिलो चरणको परीक्षण कुल ७६ जनामाथि गरिएको थियो । त्यसले ४२ दिनमा यसले राम्रो नतिजा दिएको छ । यस परीक्षणमा सहभागी सबै व्यक्तिमा २१ दिनभित्र एन्टीबडी विकसित भएको पाइएको उल्लेख छ । 

रुस स्थित महामारी र सुक्ष्म जीव विज्ञान गामेलिया राष्ट्रिय अनुसन्धान केन्द्रका वैज्ञानिक र अध्ययनका प्रमुख लेखक डेनिस लोगुनोवले भनेका छन्, ‘जब एन्टिभाइरस खोप शरीरमा प्रवेश गर्छ, तब भाइरस नष्ट गर्ने प्रोटिन पैदा गर्छ ।’ ट्रायलमा खोपलाई दुई किसिमको फर्मुलेशन प्रयोग गरिएको थियो । यी दुबै फर्मुलेशन खोपलाई ठूलो स्तरमा उत्पादन गर्नका लागि प्रयोग हुन्छ । यसमा एक थियो, फ्रोजन भर्सन र अर्को दुरदराजका लागि फ्रीज ड्राइड भर्सन समाचारमा उल्लेख छ । 

रुसको गेमालेया नेशनल रिसर्च सेन्टर फर इपिडिमियोलोजी एन्ड माइक्रोबायोलोजीको अध्ययन प्रतिवेदनमा जब यो खोप शरीरमा लगाउने काम हुन्छ, तब स्पाइक प्रोटिन जेनेटिक कोड डेलिभरी गर्छ, स्पाइक प्रोटिन जेनेटिक कोडले नै भाइरसलाई पहिचान गरी हमला गर्नका लागि प्रतिरक्षा प्रणालीलाई प्रेरित गर्न मद्दत गर्छ भनिएको छ ।

No comments:

Post a Comment