लमजुङमा कोरोना अपडेट एम्बुलेन्स चालक सहित १६ जना थपिए - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Sunday, September 6, 2020

लमजुङमा कोरोना अपडेट एम्बुलेन्स चालक सहित १६ जना थपिए

 अन्तरङ्ग संवाददाता

बेसीशहर– लमजुङमा कोरोनाका संक्रमितको कुल संख्या दुई सय ७६ पुगेको छ । भदौ २१ गते १६ जना थप पहिचान भएसँगै कुल संख्या बृद्धि भएको हो । जसमा २ जना कर्मचारी, एक एम्बुलेन्स चालकसहित कुल संख्या बढेर दुई सय ७६ पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । अघिल्लो दिन अर्थात भदौ २० गते ७ महिने बालिका सहित १७ जना थपिएका थिए । 

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयबाट भदौ २१ गते विहान जारी सूचना अनुसार २ जना र साँझ १४ थप भएका छन् । थप हुनेमा सबै कन्ट्याक्ट ट्ेसिङका व्यक्ति हुन् । जसमा बेसीशहर– ९ र सुन्दरबजार– ९ का एक एक जना महिला छन् । अन्य सबै पुरुष हुन् । आज थप भएकाहरूमा बेसीशहरका ८ जना, सुन्दरबजारका ४, राइनासका ३ र मस्र्याङ्दी गाउँपालिकाका एक जना छन् । 

यसअघि जिल्लामा संक्रमितको संख्या दुई सय ४३ थियो । ती मध्ये ९ जना महिला र ११३ जना पुरुष गरी एक सय २० जनाले कोरोना जितेर घरमा फर्किएका छन् । यसअघि नौ जना महिलासहित एक सय चार जना पुरुष निको भई घर फर्केको लामो समय पछि १८ गते सात जना पुरुष निको भएर त्यो संख्या एक सय २० पुगेको हो । 

लमजुङमा आजका मितिसम्म दुई हजार नौ सय ९५ जनाको पिसिआर गरिएको छ । तीमध्ये दुई हजार ६ सय २१ जनाको नेगेटिभ र दुई सय ७६ जनाको पोजेटिभ नतिजा आएको छ । 

यतिबेलासम्म सबैभन्दा बढी बेसीशहरमा ३८ जना महिला र ६२ जना पुरुष गरी एक सय जना संक्रमित भएका छन् । अन्य पालिकाको हकमा मध्यनेपालमा १ महिला र २४ जना पुरुष गरी २५ जना, राइनासमा ५ महिला र २३ पुरुषसमेत २८ जना, सुन्दरबजारमा ४ जना महिला र २१ पुरुष गरी २५ जना, मस्र्याङ्दीमा २ जना महिला र ९ जना पुरुषसमेत ११ जना, दोर्दीमा ९ जना पुरुष, दूधपोखरीमा ८ जना पुरुष र क्ब्होलासोंथरमा १ महिला र ६ जना पुरुष गरी ७ जना संक्रमित भएका छन् । त्यस्तै, जिल्ला बाहिरका ३ महिला र ६० जना पुरुषसमेत ६३ जना संक्रमित रहेको जानकारीमा आएको छ ।  

यसैबीच, जिल्लामा संक्रमितको संङख्या बढ्दै गएपछि जिल्ला कारागार शाखामा ४ बेडको आइसोलेसन निर्माण गरिएको छ ।


No comments:

Post a Comment