सहकारी बैंकद्वारा एक अर्ब मुनाफा आर्जनको घोषणा - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Friday, September 4, 2020

सहकारी बैंकद्वारा एक अर्ब मुनाफा आर्जनको घोषणा

ललितपुर– राष्ट्रिय सहकारी बैंक लिमिटेडले चालु आवमा एक अर्ब ७ करोड मुनाफा आर्जन गर्न लक्ष्य लिएको छ । बैंकको वार्षिक समिक्षा तथा आगामी योजना सम्बन्धी हालै सम्पन्न दुई दिने समिक्षा वैठकमा सो घोषणा गरिएको हो ।

भर्चुअल वार्षिक समिक्षा वैठकले आर्थिक वर्ष २०७६÷७७ को वार्षिक समिक्षा गर्नुका साथै चालु आर्थिक वर्षका योजना तथा बजेट निर्माण गरिएको थियो । आर्थिक वर्ष २०७६÷७७ का लागि प्रस्तावित योजना पूर्ण रुपमा कार्यान्वयन गर्दै बैंकमा १२ हजार भन्दा बढी शेयर सदस्य २ अर्व २२ करोड शेयर पुँजि, ४७ अर्ब निक्षेप, २७ अर्ब कर्जा लगानी ८४ करोड मुनाफा आर्जन गर्न सफल भएको थियो । 

बैंकले चालु आर्थिक वर्ष २०७७÷७८ को अन्त्यसम्म १४ हजार ५ शेयर सदस्य, २ अर्ब ५० करोड शेयर पूँजी, ६० अर्ब निक्षेप ४२ अर्ब कर्जा लगानी गरी एक अर्ब ७ करोड मुनाफा आर्जन गर्न लक्ष्य लिएको घोषणा बैंकका अध्यक्ष के.बी. उप्रेतीले गर्नु भयो । उहाँका अनुसार समिक्षा वैठकबाट चालु आर्थिक वर्षको लक्ष्य पुरा गर्नका लागि शाखाहरुलाई थप प्रभावकारी रुपमा सञ्चालन गर्ने लगायतका विषयमा योजना निर्माण भएको छ । उहाँले भन्नुभयो, ‘सहकारी अभियानलाई व्यवस्थित र प्रभावकारी रुपमा अगाडि बढाउनक लागि जिल्ला तथा प्रदेश स्तरीय संघहरुको संस्थागत विकासमा समन्वय गर्ने, सहकारी संस्थाहरुको एकीकरणलाई प्रवद्र्धन गर्ने लगायतका कार्यक्रम वैठकले तय गरेको छ ।’

बैंकले प्रदान गरेको कर्जा सदुपयोगिता अनुगमन तथा निरीक्षणलाई व्यवस्थित गर्ने, असल ऋणि कार्ड (ग्रिन कार्ड) वितरण गर्ने, व्यवसाय योजना तयार गरी परामर्श दिने लगायतका काम गर्ने योजना बैंकले बनाएको छ । बैंकको लक्ष्य प्राप्तिका लागि सदस्य संघ संस्थाहरूको आवश्यकताका आधारमा सेवा प्रवाह गर्ने, सहकारी संघ संस्थाहरुको संस्थागत विकासका लागि वित्तीय लगायतका सेवाहरूलाई थप प्रभावकारी बनाइने भएको छ ।

समिक्षा कार्यक्रमको समापनका क्रममा बैंकका अध्यक्ष के.बी. उप्रेतीले बैंकले दिने सेवा सुविधामा कमी आउन नदिन तथा थप प्रभावकारी बनाउनका लागि वित्तीय तथा सेवाका बारेमा सचेत रहन व्यवस्थापन र शाखा प्रमुखहरूलाई आव्हान गर्नुभयो ।

समिक्षा वैठकको पहिलो दिन ४४ वटा शाखा प्रमुखहरुले गत आर्थिक वर्षको यथार्थ अवस्था र चालु आर्थिक वर्षको वार्षिक लक्ष्य तथा लक्ष्य प्राप्तिका योजना प्रस्तुत गर्नु भएको थियो । दोस्रो दिन शाखा प्रमुखहरूले प्रस्तुत गरेका योजना तथा कार्यक्रममाथि छलफल गरी वार्षिक लक्ष्य तय गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले बताउनुभयो । उहाँका अनुसार बैंकले लिएको लक्ष्य पुरा गर्नका लागि सञ्चालक समितिले नीतिगत निर्णय गर्ने, व्यवस्थापनले योजना निर्माण गर्ने र शाखाहरूमार्फत कार्यान्वयन गरिने छ । 

No comments:

Post a Comment