अपूर्वराज पहाडी
बेसीशहर- लमजुङमा कोरोना संक्रमणको कुल संख्या दुई सय ८४ पुगेको छ । भदौ २६ गते ६ जनामा कोरोना संक्रमण थप भएर कुल संख्यामा बृद्धि भएको हो । यी समेत जिल्लाका कोरोना संक्रमितको कुल संख्या दुई सय ८४ पुगेको छ ।
आज थप भएका संक्रमितहरूमा बेसीशहर नगरपालिका- ८ का २ वर्षकी बालिका सहित ५ जना छन् । उनीहरू दुई जना महिना र पुरुष हुन् । महिलाको उमेर २१ र २९ वर्ष रहेको छ भने दुई पुरूष ५१ र ६० बर्षका हुन ।
त्यस्तै, बेसीशहर नगरपालिका- ७ का १ जना पुरुष छन् । उनको उमेर २३ बर्षको छ । बेसीशहर नगरपालिका- ८का ३ जना महिला र एक जना पुरूष कन्ट्याक्ट टे्रसिङका हुन् भने सोही वडाका एक जना पु्रूष काठमाडौंबाट आएका हुन । बेसीशहर नगरपालिका- ७ का पुरूष होटल क्वारेन्टाइानमा बसेका हुन ।
उनीहरूलाई जिल्ला सामुदायिक अस्पताल र लमजुङ क्याम्पस सुन्दरबजारमा लगिएको छ । संक्रमित सबैको अवस्था सामान्य रहेको जिल्ला प्रशासनले जनाएको छ ।
लमजुङमा एक सय २१ जना निको भई घर फर्किएका छन् ।
No comments:
Post a Comment