लमजुङमा २४ दिनको शिशु र पत्रकार महासंघका जिल्ला अध्यक्ष सहित १६ जनाले कोरोना जिते - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Saturday, September 12, 2020

लमजुङमा २४ दिनको शिशु र पत्रकार महासंघका जिल्ला अध्यक्ष सहित १६ जनाले कोरोना जिते

अन्तरङ्ग संवाददाता
बेसीशहर– लमजुङमा कोरोना जित्नेको कुल संख्या एक सय ३९ पुगेको छ । भदौ २७ गतेका दिन पत्रकार महासंघका जिल्ला अध्यक्ष आश गुरुङ, २४ दिनको शिशुसहित १६ जना निको भएसँगै जिल्लामा कोरोना जित्नेको संख्या एक सय ३९ पुगेको हो । 
आज निको हुनेमा २४ दिनेको शिशु, पत्रकार महासंघका जिल्ला अध्यक्ष आश गुरुङ, पत्रकार महिला खुशीमाया गुरुङ सहित शहरी विकास भवन सहजीबाट ९ जना, जिल्ला सामुदायिक अस्पतालबाट ७ जना निको भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सो कार्यालयद्वारा जारी विज्ञप्ति अनुसार १२ जना पुरुष र चार जना महिलाले कोरोना जित्न सफल भएका छन् । कोरोना जित्नेमा सबैभन्दा बढी ५१ वर्ष उमेरकी बेसीशहर नगरपालिका– ७ की महिला हुनुहुन्छ । यसैगरी, कोरोना जित्नेका जिल्लामा कार्यरत ३ जना पुरुष र एक महिला भएको विज्ञप्तिमा उल्लेख छ । आजका मितिसम्म जिल्लामा कोरोना जितेर निको हुनेमा १४ जना महिला र एक सय २५ जना पुरुष हुनुहुन्छ भने आइसोलेसनमा ४५ जना महिला र एक सय एकजना पुरुषहरु रहनुभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सो कार्यालयका अनुसार कुल संक्रमित संख्या दुई सय ८५ पुगेको छ । 
संक्रमितहरु सबैको अवस्था सामान्य रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सो कार्यालयका अनुसार पिसिआर रिपोर्ट आउन बाँकी एक सय १४ जना छन् ।

No comments:

Post a Comment