शुक्रबार ब्लास्ट हुँदै 'बी. एस. रिदम ब्लाष्ट' - अन्तरङ्ग
1620215557

Thursday, September 10, 2020

demo-image

शुक्रबार ब्लास्ट हुँदै 'बी. एस. रिदम ब्लाष्ट'

 पोखरा । बी. एस. इन्टरटेण्टमेन्ट, पोखराको सञ्चालनमा नयाँ साङ्गीतिक शृङ्खला 'बी. एस. रिदम ब्लाष्ट'को पहिलो‌ शृङ्खला भोलि शुक्रबार सार्वजनिक हुँदै छ । आफ्नै युट्युब च्यानल बी. एस. इन्टरटेण्टमेन्टद्वारा सार्वजनिक हुने पहिलो‌ शृङ्खला पछिल्लो समयमा निकै चर्चामा रहेको‌ पोखरेली ब्याण्ड डिमर्ज ब्याण्डको प्रस्तुति रहेको छ । 

118878177_851705105365411_5433810749082199582_n
विशेषतः नयाँ पुस्ताका स्रोता तथा दर्शकको साङ्गीतिक तृष्णा मेट्न र नयाँ प्रतिभाहरुलाई अवसर प्रदान गरी‌ समग्र नेपाली गीत सङ्गीतको उत्थानको‌ उद्देश्यले यो कार्यक्रम गर्न लागिएको‌  बी. एस. इन्टरटेण्टमेन्ट, पोखराका सञ्चालक सन्जु सुनारले जानकारी दिए ।

पोखरामा रहेका स्थापित एवम् नव ब्याण्डहरुको प्रस्तुति रहने यस शृङ्खलामा ब्याण्डका प्रायः बिलकुलै नयाँ गीतहरु सुन्न‌ सकिने छ । यस 'रिदम ब्लाष्ट'को पहिलो‌ सिजन १७औं शृङ्खलासम्मको‌ रहेको र प्रत्येक शुक्रबार शृङ्खलाबद्ध रुपले‌ अन्य‌ गीतहरु सार्वजनिक गरिने कुरा अर्का सञ्चालक विष्णु गुरुङले बताए ।‌

यस साङ्गीतिक शृङ्लामा डिमर्ज, आत्म सर्ग, अडियो फार्म, इनफ्लेम, निर्भिक, निष्कर्ष,ब्लाक सीप, वेभ, स्पर्श, विट्नेश, ब्लुमाइण्ड, ब्लाक रोज ब्यान्ड र युवराज पुर्जा, सुजन पुर्जा, संगम पहाडी, सब्बु र प्रज्वल जोजिजूको सहभागित रहेको छ ।

No comments:

Post a Comment

Pages