तीन बालिका बलात्कार गर्ने एक ४३ वर्षका पुरुष पक्राउ - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Friday, September 4, 2020

तीन बालिका बलात्कार गर्ने एक ४३ वर्षका पुरुष पक्राउ

अन्तरङ्ग संवाददाता

लमजुङ । लमजुङमा तीन बालिका बलात्कार गर्ने ४३ वर्षको एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमजुङको क्व्होलासोथर गाउँपालिका– ३ बगुम गाउँ बस्ने ४३ वर्षीय नन्दमान गुरुङ भएको प्रहरीले जनाएको छ । 

गुरुङका विरुद्धमा ९ र ११ वर्षका दुई गरी तीन बालिकालाई बलात्कार गरेको अभियोग छ । यही भदौ ६ गतेका दिन नन्दमान गुरुङले बर्ष– ९ की एक जना बालिका र बर्ष ११ की २ जना बालिकासमेत तीन जना बालिकाहरुलाई कोही नबस्ने खाली घरमा ललाई फकाई लगी जवरजस्ति करणी गरेको भदौ १९ गते शुक्रबारका दिन जाहेरी दरखास्त पेश गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सो निवेदन प्राप्त हुना साथ यस कार्यालयबाट एक प्रहरी टोली खटाई गुरुङलाई पक्राउ गरी ल्याएको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायव निरीक्षक गंगाबहादुर थापाले बताए । उनका अनुसार अभियुक्त गुरुङलाई लमजुङ जिल्ला अदालतमा पेश गरी २० दिनको म्याद थप गरी जवरजस्ति करणी सम्बन्धि कसुरमा अनुसन्धान भइरहेको छ ।

No comments:

Post a Comment