युवा क्लबद्वारा खाद्य बैंक सञ्चालन - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Friday, September 4, 2020

युवा क्लबद्वारा खाद्य बैंक सञ्चालन


अन्तरङ्ग संवाददाता

लमजुङ– लमजुङमा एक क्लबले खाद्य बैंक स्थापना गरेको छ । पूर्वी क्षेत्रमा रहेको राइनास नगरपालिका– ७ को गरमबेसी स्थित चेपे– मस्र्याङदी युवा क्लबले सो कार्य भदौ १९ गते गरेको हो । 

कोरोना भाइरस संक्रमणका कारण निषेधाज्ञा भएपछि समस्या भएका वपिन्न परिवार लक्षित गरेर फुड बैंक सञ्चालन गरिएको क्लबले जनाएको छ । स्थापनाकाल देखिनै विभिन्न सामाजिक कार्य गर्दै आएको चेपे– मस्र्याङदी युवा क्लबले आफ्नो गाउँमै खाद्य बैंक  अर्थात खाद्य सामग्री संकलन तथा वितरण केन्द्र तथा मास्क केन्द्र सञ्चालन गरेका हुन् । ‘हुनेले दिनुस् नहुनेले लैजानुस्’ भन्ने नाराका साथ उक्त बैंक सञ्चालनमा ल्याएको क्लबका अध्यक्ष मनबहादुर तामाङले बताए । उनका अनुसार विपन्न तथा गरबि नागरकिलाई मध्यनजर गरेर फुड बैंक तथा मास्क बैंक सञ्चालन गरिएको हो । उनले भने, ‘पहिलो चरणमा क्लबमा आवद्ध ४० जनाले आफ्नो खुशीले केही रकम र खाद्यन्न संकलन ग¥यौं र यो कार्यलाई अघि बढाएका छौं ।’ 

गाउँको चेपे– मस्र्याङदी युवा क्लबमा आवद्ध युवाले बैंक स्थापना गरेर नागरिकलाई बगरगाउँमा फुड बैंक स्थापना गरी सेवा दिन थालेको बैंकबबाट फुड तथा मास्क राखी वितरण कार्य थालिएको छ । मास्क स्थानीय क्षेत्रमा नै उत्पादन गरिएको हो । फुड बैंकमा क्लबका आवद्ध युवाले आआफ्नो खर्चमा दाल, चामल, आलु, तेल, नुन, मास्क र साबुन खरदि गरी राखेका छन् । 

सो बैंकमा आएर खरिद गर्न नसक्नेले निःशुल्क खाद्यान्न र मास्क लैजाने गरेका छन् । केहीले खरिद गरी लाने गरेका छन् । एक परिवारलाई पहिलो चरणमा ५ किलो चामल, १ किलो दाल, १ किलो आलु, एक पोका तेल, २ वटा साबुन, सोयाबिन, आधा किलो प्याज दिने गरिएको छ । मास्क परिवार सदस्य संख्याको आधारमा दिने गरिएको छ । 

कोरोना संक्रमणको समयमा खाद्यान्न अभाव भएका विपन्न परविारका लागि युवाले बैंक स्थापना गरेको फुड बैंक स्थापनामा सहजीकरण गर्दै आउनुभएका सुरज गिरीले बताए । उनका अनुसार कुनै पनि गाउँलेलाई भोकभोकै बस्न नपरोस् भनेर युवाहरू एकजुट भएका हुन् । उनले भने, ‘वडा कार्यालयले प्रत्येक नागरिकलाई मास्क नलगाई बाहरि नस्किन रोक लगाएकाले प्रत्येक नागरकिलाई मास्क लगाएर हिड्न अनुरोध गरेको र मास्कको व्यवस्था गरिएको हो ।’ 

युवा क्लबले वडाकै बगैंचा र घर्तीगाउँमा पनि बैंकको शाखा सञ्चालन गर्ने जनाएको छ । युवा क्लबका युवा आफैंले व्यवस्थापन गर्दै आएकोमा केही सहयोग समेत आएको गिरीले जानकारी दिए । 

चेपे– मस्र्याङदी युवा क्लबले यसअघि पनि लकडाउन सुरुवात भएको समयमा जनचेतनामूलक कार्यक्रम गरेको थियो । विपन्न, मजदुर ५२ घर परिवारलाई क्लबको आन्तरिक स्रोतबाट १ लाख ५० हजार बराबरको राहत समेत वितरण गरेको थियो ।


No comments:

Post a Comment