सडक बालकहरू बजारका गल्लिगल्लीमा बोरा बोकेर हिडिरहेका भेटिन्छन् । फाटेका कपडा, चप्पल विहीन खुट्टा भएका सडक बालकहरू यसरी हिड्दा पनि राज्यका स्थानीय निकाय भने उदासिनता भएको छ । सडक बालबालिका, जो गाँस वाँस र कपासको पहुँच भन्दा धेरै पर छन् । के खान्छन, कसरी खान्छन् ? के लगाउछन, के ओडछन र कहाँ सुत्छन् ? त्यस्को कुनै टुंगो छैन । सडक नै उनीहरूको सबैथोक हो भन्दा पनि हुन्छ । समाजले उनीहरूलाई खाते उपमाले चिन्ने गरेको छ । कहिले उनीहरू सडकमा निम्नस्तरको खाने कुराहरू खाएको अवस्थामा भेटिन्छन् त कहिले कुनै सटरको दलानमा सुतेर रात काटेको देख्न सकिन्छ । अधिकांस सडक बालवालिकाको घर भन्नु नै सडक पेटी र सत्तलहरू हुन् । आफूजस्तै मागेर खाने वा फोहोरको थुप्रो कोटयाउँदै हिडने उनीहरूका साथी हुन र आफन्त पनि ।
सडकमा भेटिने सडक बालवालिकाहरूको न बोलिमा लगाम छ ¤ छाडा मनपरी बोल्छन् । कतिपय शब्दहरू सुन्नै असहज हुन्छ । उनीहरूलाई नैतिक शिक्षा र अनुशासन कस्ले नै सिकाएको छ र त्यो अपेक्षा गर्नु ? सडकमा १२ वर्ष देखि १४ बर्ष उमेर समुहका एकै नासे बालकहरू बजार क्षेत्रमा भेटिन्छन । तर उनीहरू बिना उद्देश्य भौंतारिएका भने होइनन् । उनीहरूको उद्देश्य हो कवाड खोज्नु । शहर बजारका गल्लिगल्लीमा कवाड खोज्दै हिडेको अवस्थामा सडकबालकहरू भेटिन्छन । उमेरले उनीहरू विद्यालय जाने खालेका छन् । तर उनीहरूको हातमा किताब र कपी हैन फोहर बोक्ने बोराहरू छन् । बाँच्नका लागि संघर्ष । यो उनीहरूको बाध्यता हो । विद्यालय भर्ना अभियालने सायद यस्ता बालवालिका देख्दैन । सायद उस्ले देखेर पनि देख्न चाहँदैन । किनकी उसको अभियानमा यस्ता बालबालिका पर्दैनन् ।
कलिलै उमेरका सडक बालकहरू चुरोटको धुँवा उडाउँदै मुख्य सडकमै हिडिरहेका हुन्छन । उनीहरूको दिनचर्चा बेग्लै छ । उनीहरूलाई आफ्नो भविष्यको कुनै मतलव वा वास्ता छैन । उनीहरू मध्येको कहाँका हुन, कसरी उनीहरू संगठित भए, कहाँ बस्छन, के खान्छन, उनीहरूका अभिभावक को हुन यावत प्रश्नहरूको जवाफ खोतल्ने प्रयास गर्ने हो भने सचेत नागरिक जो कोहिलाई पनि नतमस्तक बनाउछ । तर सडक वालकलाई भझाएर डलरको खेतिगर्दै आएकाहरू र शिक्षालाई मौलिकहकको रुपमा संविधानमा उल्लेख गराउनेहरू समेत कहाँ छन् त्यो भने सोचनीय विषय बन्छ ।
सडकमा भेटिने सबै बालकका अभिभावक एउटै हैनन । उनीहरूको पारिवारिक पृष्ठभूमि पनि एउटै छैन । उनीहरू एकै गाउँ र एकै ठाउँका पनि होइनन । उनीहरूका जात वा थरपनि एउटै छैन । तर पनि उनीहरू संगठित छन् । उनीहरूलाई जोडने एउटा छुट्टै धातु भनेको आत्मसुरक्षाको लागि हो । संगठित भए धेरै कामहरू गर्न बल प्राप्त हुन्छ । कसैले हेप्न वा पिटन सक्दैन भन्ने भावना उनीहरूमा छ । बजारका गल्ली र नालाका कवाड खोज्दै जाँदा उनीहरू एकआपसमा चिरपरिचित भएका हुन । उनीहरूको संरक्षक वा अभिभावक यो संसारमा कोही छैन । तर बालबालिका क्षेत्रमा क्रियाशील सामाजिक संघसंस्था, बालकल्याण समिति, महिला तथा बालबालिका कार्यालय, विभिन्न एनजिओ, आइएनजिओ तथा सरकारी र गैरसरकारी गरी सयाँैंको संख्याले काम गर्दै आएका छन् । सरकारसँग खर्च गरेर नै नसकिने बजेट पनि छ । तर पनि यी कसैका आँखामा सडक बालबालिका परेका छैनन् । कसैको ध्यान पुगेको छैन । यिनीहरूको नाममा दिनहुँ जसो ठूला होटेलमा कार्यक्रम भइरहेका छन् । यिनीहरूकै नामबाट सयौंले महल ठडयाएका र चिल्ला गाडीसमेत चढेका छन् । तर सडक बालबालिकाको अवस्था दिनदिनै दयनीय बन्दै छ ।
आजका बालवालिका भविष्यका कर्णधार हुन् । तर कतै हामीले यो सर्वमान्य मान्यताको उपहास त गरिरहेका छैनौं । देशभरका अधिकांस सडकमा यत्रतत्र भेटिने र सानातिना पोका पन्तुरा बोकेर हिँड्ने सडक बालबालिकाले मुलुकको कस्तो भविश्य कोर्न सक्लान, सोचनीय विषय छ । सडक बालबालिकाको उद्धार, संरक्षण, सामाजिकीकरण, पारिवारिक र सामाजिक पुनरमिलन, पुनःस्थापना कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्नु अत्यावश्यक भइसकेको छ ।
के सही र के गलत भन्ने छुट्टयाउन नसक्ने अवस्थाका यी बालवालिकाको भविश्यप्रति राज्य नै संवेदनशील हुनुपर्ने देखिन्छ । शिक्षा, स्वास्थ्य, खानपान, र परिवारको मायाँ बालवालिकाका नैसर्गिक अधिकार हुन् । यस्ता सबैखाले अधिकारबाट बञ्चित यी सडक बालवालिकाको संख्या दिनहुँ बढ्दै गएको देखिन्छ ।
भनिन्छ, आजका बालवालिका भविष्यका कर्णधार हुन् । तर कतै हामीले यो सर्वमान्य मान्यताको उपहास त गरिरहेका छैनौं । देशभरका अधिकांस सडकमा यत्रतत्र भेटिने र सानातिना पोका पन्तुरा बोकेर हिँड्ने सडक बालबालिकाले मुलुकको कस्तो भविश्य कोर्न सक्लान, सोचनीय विषय छ । सडक बालबालिकाको उद्धार, संरक्षण, सामाजिकीकरण, पारिवारिक र सामाजिक पुनरमिलन, पुनःस्थापना कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्नु अत्यावश्यक भइसकेको छ । सडकलाई नै घर मानेर दिन बिताउँदै आएका सबै बालवालिका बेसहारा होइनन् । अरुको लहैलहैमा लागेर घर छोड्ने, बजारको रमझमतर्फ आकर्षीत हुने, पारिवारिक कलह, अविभावकको नराम्रो व्यवहार आदि कारणले पनि थुप्रै बालवालिका सडकमा पुगेका छन् । यिनीहरू सबै असल छैनन् । कति बालवालिका चोरी, लुटपाट, लागूऔषध दुव्र्यसनीमा संलग्न छन् भने कति विभिन्न असामाजिक क्रियाकलापमा लागेको देखिन्छ । के सही र के गलत भन्ने छुट्टयाउन नसक्ने अवस्थाका यी बालवालिकाको भविश्यप्रति राज्य नै संवेदनशील हुनुपर्ने देखिन्छ । शिक्षा, स्वास्थ्य, खानपान, र परिवारको मायाँ बालवालिकाका नैसर्गिक अधिकार हुन् । यस्ता सबैखाले अधिकारबाट बञ्चित यी सडक बालवालिकाको संख्या दिनहुँ बढ्दै गएको देखिन्छ ।
बालबालिकाको नैसर्गिक अधिकारमा पर्ने थुप्रै कुराहरू जस्तै आमाबुबाको अधिकार खानपानको अधिकार शिक्षाको अधिकार स्वास्थ्यको अधिकार आदिबाटनै उनीहरू बन्चित छन । बर्षेनी बाल्बालिकाका लागि भनेर बिदेशी एजेन्सीहरूले लाखौं डलर पठाउदछ्न तर ती डलरले यहा रातारात करोडपति बन्ने खेल खेलिरहेका छन बालबालिकाको वास्ता नै नगरी । बालअधिकार संरक्षण गर्ने नाउँमा यसरी बालबालिकाको अधिकार हनन गरिरहेछन । सामान्यतया बालबालिकाले प्राप्त गर्ने जन्मसिद्ध अधिकारलाई बाल अधिकार भनिन्छ । बाल अधिकार भनेको बालबालिकाले आफ्नो व्यक्तित्व विकास गर्नको लागि आवश्यक पर्ने अधिकारलाई बाल अधिकार हो । प्रत्येक बालबालिकाहरूलाई उचित शिक्षा दिनु, माया र स्नेह पाउनु, शान्ति र सुरक्षा दिनु उसको नैसर्गिंक अधिकार हो । बालबालिकाहरूलाई कुनै किसिमको भेदभाव, शोषण, तिरस्कार र अवहेलना गर्नुहुँदैन । बरू उनीहरूका लागि आवश्यक पर्ने वातावरण सिर्जना गर्नुपर्छ । यी कुराले सडक बालवालिकाहरूलाई छुदैन ।
नेपालमा हाल हजारौं सडक बालबालिका रहेको सरकारी तथांक रहेको छ । तर उनीहरू कसरी सडकमा पुगे अनि सडकमा उनीहरूको कस्तो अवस्था छ भन्ने बारे भरपर्दो कुनै तथांक छैन । यसरी सडक बालबालिका दिनप्रतिदिन कुलत र दुव्र्यसनमा लगिरहेने हो भने, हाम्रो समाजको अवस्था कस्तो होला ? यो सबैले सोच्न जरुरी छ । बालबालिका हकअधिकारबाट टाढिएका छन् । बाल हकअधिकारका बारे कागजी प्रक्रिया राम्रो बनाइ रकम आर्जन गर्ने गराउने सघसंस्थाहरू धेरै छन् । विभिन्न गैरसरकारी सघसंस्थाहरूले सडक बालवालिकालाई संरक्षण र पुनःस्थापन गर्ने काम गर्दै आएपनि त्यसले अधिकाशं सडक बालवालिकाहरू पुनःस्थापन हुन सकेका छैनन । यसका लागि केन्द्र देखि स्थानीय तहसम्मका यसक्षेत्रमा क्रियाशील बालअधिकारकर्मी गैरसरकारी संस्थाहरू, सरकारका विभिन्न निकायहरू, मन्त्रालय केन्द्रीय बाल कल्याण समिति लगायतका निकायहरू बीचमा पनि सडक बालवालिकाको बारेमा छलफल हुनु जरुरी छ । सडक बालबालिका जुन सुकै जात, रंग, लिंगको भए पनि तिनले जुन भाषाबोले पनि वा जुन धर्म माने पनि अपांग वा सांग अंगको भए पनि उनीहरूलाई संरक्षण गर्नु पर्दछ । राज्यले यो कुराको जिम्मा लिनु पर्छ । बाच्न पाउनु प्रत्येक बालबालिकाको अधिकार हो । सडक बालबालिकाको जीवन रक्षा र विकासको लागि राज्यले बढीभन्दा बढी सम्भव भएका सबै उपाय लागू गर्नु पर्छ ।
हरेक बालबालिकालाई आफ्ना आमाबाबुसग बस्ने अधिकार छ । हरेक बालबालिकाको आफ्नो विचार व्यक्त गर्न पाउने अधिकार छ । बालबालिकाले व्यक्त गरेको विचारले उनको जीवनलाई प्रभाव पार्छ भने त्यो विचारलाई संबंधित पक्षले सुन्नै पर्छ । आफ्ना बालबालिकाको लालन–पालन गर्नु र हुर्काउनु आमा बाबु दुबैको जिम्मेवारी हो । यो काममा राज्यले उनीहरूलाई सघाउनु पर्छ । सडक बालबालिकाका लागि राज्यले विशेष संरक्षण दिनुपर्छ र बालगृह जस्ता कुनै संस्थामा वैकल्पिक पारिवारिक स्याहारको व्यवस्था गर्नु पर्छ । मानसिक वा शारीरिक रुपले अपांग बालबालिकाले सकेसम्म आत्मनिर्भर बन्न, अरुको बोझ नबन्न तथा सामान्य जीवन यापन गर्नका लागि विशेष स्याहार, शिक्षा र तालिम पाउनु उनीहरूको अधिकार हो । हरेक बालबालिकाको यथासम्भव उच्चतम स्तरमा निरोगी हुने अधिकार छ । हरेक बालबालिकाले स्वास्थ्योपचार र औषधीको सेवासुविधा पाउनु पर्छ ।
आफ्नो विकासका लागि पर्याप्त र उचित जीवनस्तर यापन गर्न पाउनु हरेक बालबालिकाको अधिकार हो । सिद्धाततः यो व्यवस्था आमाबाबुले गर्नु पर्छ । यसका लागि राज्यले आमाबाबुलाई सघाउनु पर्छ । साथै आवश्यक भएमा पोसिलो आहार, लुगा र आवासजस्ता भौतिक सहयोग पनि उपलब्ध गराउनु पर्छ । शिक्षा प्राप्त गर्नु हरेक बालबालिकाको अधिकार हो । राज्यले कम्तिमा सबै बालबालिकाका लागि प्राथमिक शिक्षा अनिवार्य र निःशुल्क रुपमा दिलाउनै पर्छ । राजनीतिक दलका प्रतिनिधिहरूले वालवालिका सडकमा आउने मूख्य कारणको पहिचान गरी त्यस्ता कारणहरूको निराकरण गरी वालबालिका सडकमा नआउने वातावरण वनाउन पर्दछ । विभिन्न कारण र वाध्यतावश सडकमा पुगेका वालवालिकाको उद्धार गरी उनीहरूको आधारभूत अधिकार प्रत्याभूत गर्ने, काम राज्यको हो । वालवालिकाको मनोसामामाजिक र व्यवहारगत पक्ष बुझ्नको लागि सडक बालबालिकाको भेला गरेर उनीहरूको विचार बुझ्ने र सोही अनुसारका कार्यक्रमहरू तय गरिएमा यस किसिमको कार्य बढी प्रभावकारी हुन सक्दछ ।
सडक बालबालिका भोक, निद्रा, प्यास मेटाउनका लागि गमलगायत अन्य लठ्याउने लागु औषधिको विभिन्न खालका कुलत र अपराधमा समेत सहभागी हुने गरेका छन् । दिनप्रतिदिन असुरक्षित र अव्यवस्थित हुँदैगएका सडक बालबालिका चुरोट खाने, गम सुँघ्नेजस्ता कुलतमा फसेका छन् भने बाँच्नकै लागि पाकेट मार्ने, चोरी गर्नेजस्ता गलत काममा सहभागी हुँदैआएका छन् । पहिले पहिले धेरैजसो सडक बालबालिकालाई बालसुधार गृहमा राखिन्थ्यो । त्यसले गर्दा केही सुरक्षित हुन्थे तर आजभोलि बस्ने ठाउँ र दातृ निकायको सहयोग नपाउँदा सडकमै रात बिताउन बाध्य छन् । यसले गर्दा उनीहरू जाडो महिनाभरि तातोका लागि दिनभरि ड्रक्स खाने, गम सुँघ्नेजस्ता काममा लागेका छन् । लागु पदार्थ दुब्यसनमा लागेकाहरूबाट सन् १९७० को दशकमा युरोपबाट शुरु भएको गम सुँघ्ने प्रचलन भारतमा हुदै नेपालमा भित्रिएको पाइन्छ । सडक बालबालिकालाई भोक लाग्यो र पैसा भयो भने पनि खानाका सट्टामा गम किन्ने गरेको पाइएको छ । घरेलुहिंसा, गरिबी र द्वन्द्वजस्ता कारणले गर्दा बालबालिका सडक बालवालिका बन्दछन । बालअधिकारका संरक्षणका लागि काम गर्ने दातृ निकायले समेत आजभोलि यो क्षेत्रमा लगानी गर्न छाडेका छन् । यसले गर्दा उनीहरूको अवस्था झन् जटिल बन्दै गएको छ ।
नेपालमा जम्मा दुईवटा सरकारी बालसुधार गृह छन । ती बालसुधार गृह एउटा काठमाडौँ र अर्को विराटनगरमा छन् । ती गृहको क्षमता ७०÷७५ जनाको मात्र छ । सडक बालबालिकालाई सामाजीकीकरण गरेर मात्र बाल सुधार गृहमा लैजाने रणनीतिका कारणले गर्दा झन् सडक बालबालिकाको उद्धारमा कठिन बनेको छ । अर्कोतर्फ खाने–बस्नेको चिन्ता र जीवनकै कुनै उद्देश्य नलिई अस्तव्यस्त जीवन बिताउँदै आएका सडक बालबालिका दिनमा अन्य मानिसलाई निकै दुःख दिने गर्छन् भने रातको समयमा उनीहरूकै जीवन सुरक्षित रहेको पाइँदैन । चोरीको घटनामा तिनै सडक बालवालिका पहिले प्रहरीको निसानीमा पर्दछन । यौन दुव्र्यवहारमा पनि सडक बालवालिका पर्न थालेका छन । सडक बालबालिकाको जीवन कहाली लाग्दो छ । आमाबुबाको दायित्व बच्चालाई जन्म दिनु मात्र होइन । उचित पालनपोषण र शिक्षा समेत दिन सक्नु पर्दछ । बिपन्न परिवारलाई राज्यले सहयोग दिनु पर्दछ । बालबालिकाको जन्मदर्ता गरेर उसलाई नागरिकता प्रदान गर्दैमा बालवालिकाप्रति राज्यको कर्तव्य सकिदैन । शहर वा ग्रामीण क्षेत्रकाका सडक बालबालिकाको अवस्था बुझेर उनीहरूलाई आवश्यक पर्ने सहयोग प्रदान गरि बालअधिकार संरक्षण गर्नु राज्यको कर्तव्य मात्र होइन दायित्व पनि हो ।
बालबालिकाका क्षेत्रमा काम गर्ने सघसंस्था धेरै भए पनि बालबालिका अवस्थामा देखिने रुपमा सुधार आउन सकेको छैन । सडक बालबालिकाहरुको दुःख, पीडा र यातनामा कम हुन सकेको देखिदैन । बालबालिका भनेका अत्यन्तै निर्दोष र कमलो प्रकृतिका मानिसहरू हुन । यस उमेरमा बालबाकिाका शारीरिक, मानसिक, सामाजिक र भावानात्मक स्वरुपहरू तीब्र गतिमा विकास भै राखेको हुन्छ । उनीहरूको जीवनमा सानो भन्दा सानो घटनाले पनि गम्भीर असर पार्दछ । जुन कारणले बर्तमान मात्रै होइन सम्पुर्ण भविश्यलार्ई नै अन्धकारितर धकेल्ने गर्दछ । बालअधिकार प्रतिको प्रतिवद्धता अन्तर्राष्ट्रिय जगतमा जाहेर गर्ने क्रममा नेपालले बालअधिकार लगायतका थुप्रै महासन्धिलार्ई अनुमोदन गरिसकेको छ । मानव अधिकार सम्वन्धि महासन्धिहरुका पक्षराष्ट्रको हैसियतले नेपाल सरकारले महासन्धिका प्रावधानहरुलार्ई लागु गर्न प्रशासनिक, ब्यवस्थापकीय, न्यायिक, कानूनी लगायतका सबै उपायहरूको अवलम्बन गर्नु पर्नेहुन्छ । तर बिडम्बना अन्तर्राष्ट्रिय स्तरमा राम्रो देखिन महासन्धीको अनुमोदन गर्ने तर कार्यान्वयन नगर्ने परिपाटी नेपालमा रहेको छ ।
(लेखक– स्वतन्त्र पत्रकार संघ नेपालको राष्ट्रिय अध्यक्ष हुनुहुन्छ । – सं.)
No comments:
Post a Comment