सामुहिक बाख्रा पालन, आर्थिक क्रान्तिमा नयाँ आयाम - अन्तरङ्ग
1620215557

Friday, September 18, 2020

demo-image

सामुहिक बाख्रा पालन, आर्थिक क्रान्तिमा नयाँ आयाम

sampadakiya

मुलुक समृद्धितर्फ कोल्टे फेर्ने प्रशव वेदनामा छ । आम सर्वसाधारण समेत आम्दानीका स्रोतहरू खोज्ने कार्यमा व्यस्त छन् । यसै सिलसिलामा क्ब्होलासोंथर गाउँपालिका– ८ को घाम्राङ गाउँमा केही गाउँले मिलेर सामुहिक बाख्रा पालन व्यवसाय शुरु गरेका छन् । त्यसका लागि साढे १२ लाख रुपैयाँ खर्चेर गाउँलेहरूले गोठ समेत बनाई सकेका छन् ।

गाउँलेको संयुक्त प्रयासमा सडक छेउमा रहेको सार्वजनिक जग्गामा सामुहिक बाख्रा पालन खोर निर्माण गरिएको छ । गाउँलेको उक्त कार्यमा हौसला प्रदान गर्नका लागि खोर निर्माणका लागि गत आर्थिक वर्षको बजेटबाट वडा समितिले पाँच लाख रुपैयाँ अनुदान दिएको थियो । यसैगरी, प्रधानमन्त्री रोजगार कार्यक्रमबाट समेत डेढ लाख रुपैयाँ उक्त खोर निर्माण कार्यका लागि प्रदान गरिएको सोही वडाको समितिले जानकारी दिएको छ । 

त्यसैगरी, उक्त गोठ निर्माणका लागि गाउँलेले ६ लाख बराबरको श्रमदान समेत गरेका छन् । ढुंगा खोज्ने, बोक्ने, जंगलदेखि काठ बोक्ने आदिमा रुमदान गरिएको समूहको भनाई छ । 

घाम्राङका गाउँबासीले गाउँले मिलेर सामुदायिक बाख्रा पालन कार्यलाई व्यवस्थित बनाउनका लागि समूह समेत गठन गरी समूहका नाउँमा बाख्राको खोर निर्माण गरी बाख्रा पालन कार्य                    थालिएको समूहले जनाएको छ । उक्त खोरमा गाउँलेका घर          घरमा पालिएका बाख्राहरूलाई एकीकृत गरी सामुहिक रुपमा पालन गर्न थालिएको छ । बाख्राको हेरचाहका लागि समूहले नीति नियम निर्माण गरी प्रत्येक घरबाट पालोपालो गोठालो जाने र राती कुर्न बस्ने गरिएको छ । 

नवनिर्मित ‘खोरको एक कोठामा बढीमा १० वटासम्म माउ बाख्रा अट्ने गरी २० वटा कोठा बनाइएको समूहको भनाई छ । एक कोठा एक परिवार गाउँलेको हुने बताइएको छ । 

यसप्रकार सामूहिक बाख्रा पालन कार्य गर्दा घरै पिच्छे गोठालो जानु पर्ने बाध्यता हटेको छ । यसरी, आलोपालो गरेर गोठालो जाँदा गाउँलेको समय बचत हुने गरेको कारण समूहबाट त्यस्तो नीति नियम निर्माण गरिएको हो । यस प्रकारको कार्य गर्दा प्रत्यक्ष रुपमा २० दिनमा १९ दिन गाउँलेको बचत हुने भएको छ । 

यतिबेला पालिएका बाख्रा सिनाल जातको भएको त्यसमा क्रस गराउनका लागि बयर जातको एक व्याड बोका ल्याइसकेको र त्यसबाट क्रस गराई विकसित बाख्रा उत्पादनको लक्ष्य राखिएको समूहकाले जनाएको छ । 

यस प्रकार व्यवस्थित तरिकाले बाख्रा पाल्ने योजना गाउँलेहरूले बनाएको बताएका छन् । अब रातमा गोठालो बस्ने एक घर बनाउने काम बाँकी छ । बाख्राको रेखदेख कोही रातमा व्याउने, स– साना पाठा पाठीको रेखदेख आदिका लागि आवश्यक देखिएको समूहको भनाई छ । 

सामुहिक बाख्रा पालन एक अनुकरणीय कार्य हो । यस्तो कार्यका अन्यत्रका गाउँलेहरूले पनि सिक्न जरुरी छ । 

No comments:

Post a Comment

Pages