जिल्लामा कोरोना अपडेट : ७ महिने बालिका सहित १७ जना थपिए - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Friday, September 4, 2020

जिल्लामा कोरोना अपडेट : ७ महिने बालिका सहित १७ जना थपिए

अन्तरङ्ग संवाददाता

लमजुङ । लमजुङमा कोरोनाका संक्रमित हुनेमा ७ महिने बालिका सहित १७ जना थपिएका छन् । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयबाट भदौ २० गते बिहान १० बजे जारी विज्ञप्तिमा सो विवरण उल्लेख छ । 

संक्रमितहरू सबै बेसीशहरका छन् । बेसीशहर– ७ की ७ महिने शिशु सहित ८ जना महिला छन् र अन्य पुरुष हुन् । महिलाहरू वडा नखुलेका २३, ३०, ३२, ४५ र ६५ वर्षका छन् । त्यस्तै, जिल्ला सामुदायिक अस्पतालमा उपचाररत २८ र ४५ वर्षका महिला हुन् । 

यसैगरी, पुरुष संक्रमितहरूमा वडानं– ९ का ३४ र ४१ वर्षका, वडा नखुलेका ३०, ३७ र ७५ वर्षका,  जिल्ला सामुदायिक अस्पतालमा उपचाररत २८ र ४५ वर्षका तथा वडानं ८ का २९ र ४८ वर्षका रहेको सो विज्ञप्तिमा उल्लेख छ । 

यस प्रकार जिल्लामा संक्रमितको कुला संख्या दुई सय ६० पुगेको छ । तीमध्ये एक सय २० जना डिस्चार्ज भएका छन् ।   

No comments:

Post a Comment