बेसीशहर– बसीशहर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत पुष्पराज पौडेल आउनु भएको छ । उहाँलाई कार्यालयमा भदौ ८ गते स्वागत गरिएको हो ।
पौडेल यसअघि मनाङमा प्रमुख जिल्ला अधिकारी हुनुहुन्थ्यो । नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत पदको जिम्मेवारी ग्रहण गर्दै पौडेलले नगरपालिकाले गरेको स्वागतले थप उत्साहित बनाएको भन्दै उच्च मनोवलकासाथ विकास र परिवर्तनका लागि इमान्दार प्रयास गर्ने बताउनु भयो । उहाँले भूमिका र जिम्मेवारी फरक भएपनि सबैले आ–आफ्नो क्षेत्रमा कर्तव्यनिष्ट र उत्प्रेरित भएर काम गर्नुपर्ने उल्लेख गर्नु भयो ।
२०५७ बाट सरकारी सेवा शुरु गर्नु भएका पौडेल २०६३ मा शाखा अधिकृत हुँदै उपसचिव हुनु भएको हो । स्वच्छ छविका रुपमा परिचित पौडेल कास्की निवासी हुनुहुन्छ ।
पौडेललाई स्वागत गर्दै मेयर गुमानसिंह अर्यालले सबै जना पद्दतिमा रहेर परिवर्तनको मानसिकतमा काम गर्नुपर्ने भन्दै जालझेल र अनियमितता गर्ने जो सुकैलाई पनि पनि आफूले नसहने दोहो¥याउनु भयो । उहाँले जनप्रतिनिधि र कर्मचारी मिलेर नगरबासीको सेवामा जुट्नु पर्ने बताउनु भयो । जनप्रतिनिधि र कर्मचारी फरक÷फरक पृष्ठभूमिबाट आएको भएपनि उद्देश्य नागरिकको सेवा गर्नु रहको भन्दै मिलेर काम गर्दा मात्र परिवर्तनको सन्देश नागरिकसम्म पु¥याउन सकिने उल्लेख गर्दै मेयर अर्यालले व्यवस्था परिवर्तन भएपनि अझै मानसिकता परिवर्तन हुन नसकेको भन्दै परिवर्तनका लागि खुट्टा उचालेको तर नटेकि सकेको अवस्था रहेको बताउनु भयो । उहाँले नागरिकलाई उच्च स्थानमा राखेर मात्र काम गर्न कर्मचारीहरूलाई निर्देशन दिनुभयो ।
No comments:
Post a Comment