हामीले युगौं युगको संघर्ष पछि जनतामुखी संविधान बनायौं । ऐन कानून र नियम बनायौं । बहुदलीय प्रणालीलाई अंगिकार गरी सोही अनुसारका राजनैतिक दलहरूले आफू र आफ्नो दल संचालन गर्ने विधिविधान र नीति नियमहरू पनि बनायौं । कानून र नैतिकतालाई एकै सिक्काका दुईपाटा हुन भनि व्याख्या र बिश्लेषण गर्दै आइरहेका छौं तर तिनैको कार्यान्वयन गर्न हामी हिच्किचाई रहेका छौं । अरुलाई भन्ने गरेका छौं संविधान अनुसार फलानाले यति काम गरेन । सरकारले यतिकाम गरेन । नैतिकताको पालना भएन । यसले यति गरेन, उसले त्यति गरेन तथा सांसद सरकार वा अन्य कसैले यति गरेन वा गर्दिएन भनेर चुटकी बदाउछौं तर आफूले के गरेको छु के गर्न पर्ने हो ? कति उत्तरदायित्व र जिम्वेदारी निभाएको छु अथवा नागरिकको नैतिकता के हो? कर्तव्य र दायित्व के हो ?‚त्यो भने भन्दैनौं । हामी सधंै आफैलाई मात्र बिचारवान, विवेकी, असल, सक्षम र स्वाभिमानी पनि ठान्छौं । अरुको आलोचना तथा टिप्पणी गर्न रुचाउछौं । हामी यता उति छर छिमेक पनि हेर्दौनौं । सधैं वरपर रहने पशु पंछी किट पतंग र बोट बिरुवा पनि देख्दैनौं । आखाँले नदेखिने व्याक्टेरिया र भाइरसको त कुरै छोडौं । उनीहरूको रहनसहन आचार विचार र व्यवहार पनि नियाल्दैनौं । त्यसैगरी प्रत्येक रात आकाशमा देखिने आकाशीय पिण्ड लगायत दिनमा देखिने सूर्यको पनि ख्याल गर्दैनौं । कस्तो बिधि र प्रक्रियाबाट उनीहरूको गति र जीवन चलेको छ । उनीहरूको गतिमा थोरैमात्र परिवर्तन भयो भने के हुन्छ । त्यसले हाम्रो वानी व्यवहारमा के असर र प्रभाव परेको छ, त्यो पनि बिचार गर्दैनौं । कुन मित्र र कुन शत्रु हो हामीलाई थाहै छैन । खाली अरुलाई उचाल्ने र पछार्ने कार्य गर्न पाए पुगी हाल्यो । हामीले अमूल्य निधिको रुपमा रहेका हाम्रा सामाजिक र सांस्कृतिक लगायत राजनैतिक संस्कारलाई चटक्कै बिर्सिसकेका छौं । अझ साच्चै भन्ने हो भने हामिले आफैंलाई बिर्सिसकेका छौं । यसको प्रमाण हो हामीले सनातन रुपमा चलिआएका र भोगी आएका संस्कार र नैतिकता नै बिर्सनु । दायित्व, जिम्वेवारी र कर्तब्य बिर्सनु । यसको प्रत्यक्ष प्रमाण त अझ हाल कोभिड– १९बाट उत्पन्न प्रभाव र यसको रोकावटको लागि गरिएको लकडाउनमा देखिएको छाडापन र सत्य तथ्य र इमान्दारितामा देखिएको प्रश्न चिन्ह । हामीले नैतिकताले मानव जातिको मुल्य र मान्यतालाई कायम राख्दछ । खराव आनी बानी र व्यवहारलाई सुधार गर्दछ । इमान्दारी पूर्वक अरु मानिससँगको सहयोग र सह अस्तित्वलाई स्विकार्दछ । मित्रता र विश्वासको आधार सृजना गर्दछ । अन्त्यमा, सुख शान्ति र आनन्द प्रदान गर्दछ भन्ने कुरा थाहा पाएकै छैनौं वा थाहा पाइपाइ पनि बुझ पचाएका छौं ।
मानिस एक विवेकशील र सामाजिक प्राणी भएकोले उसका जन्मदेखि मृत्युसम्मका सबै आवश्यकताहरू समाजबाटै पुरा हुन्छन् । यसैले अब हामीले थाहा पाउनु प¥यो मानव जीवन र समाजलाई स्थायित्व प्रदान गर्दै सबैको सुख शान्ति र समृद्धिका लागि सबैभन्दा असल वस्तु के हो ? त्यो कहाँ र कसरी प्राप्त गर्न सकिन्छ ?‚त्यो केमा आधारित छ भन्ने कुराको ज्ञान थाहा पाउने प्रयास गर्नु पर्दछ । भावनामा मात्र हो की शारीरिक रुपमा पनि प्राप्त गर्न सकिन्छ । विवेकपूर्ण रुपमा सचेत भै रहन सक्नु पर्दछ । यसरी मानवको दायित्व जिम्वेबारी र कर्तव्यको बोध गराउँदै विश्वासी र इमान्दार बन्ने मार्ग देखाउने परम्परागत रुपबाट चल्दै वा मान्दै आएका लिखित हुन वा मौखिक हुन क्रमबद्ध प्रस्तुत भएका धर्म संस्कार वा संस्कृति तथा चालचलन र आचरण तथा व्यवहारलाई हामीले सामान्य रुपमा नैतिकता (ःयचबष्तिथ) भन्ने गरेका छौं । यहि विवेकमा आधारित नैतिकताको आडमा जसरी भमराले रस लिने बेलामा फूलको रंग वा सुगन्धलाई बिगार्दैन त्यसैगरी हामीले पनि आफ्नो जीवन र मुलुकलाइ नविगारी संसारमा विचरण गर्न सक्नु पर्दछ ।
नैतिकताले आफ्नो र अर्काको भन्दैन, सत्य र तथ्य तथा आधार र कारण भन्दा बाहिर जादैन, अरुप्रति अहंकार, रीस राग र घमण्ड गर्दैन सधंै न्यायको मात्र पक्ष लिन्छ । विवेकपूर्ण निर्णयको पक्षपाति रहन्छ । यसैकारण कानूनविद काशिराज दहालले आफ्नो एउटा लेखमा लेख्नु भएको छ ‘कानून भन्दा माथि न्याय हुन्छ र त्यो भन्दा पनि माथि नैतिकता हुन्छ”।’ भनिन्छ, अहंकारी मानिस कहिल्यै पनि नैतिकतामा रहदैन । त्यसैगरी, नैतिकता नभएको मानिसले उत्तरदायित्व पनि पुरा गर्दैन । अझ अल्पज्ञानी त कहिल्यै पनि नैतिकवान बन्नै सक्दैन । हामी सबैलाई थाहा छ जसरी प्रकृति कसैको पनि बिना रोकतोक स्वतन्त्र रुपमा चलिरहेको छ, त्यसैगरी मानिस पनि स्वतन्त्र छ तर स्वच्छन्द होइन । त्यसैगरी नैतिकता पनि सबै मानवको भलाइको लागि निरन्तर रुपमा सनातनदेखि चलि आएकै छ । यो कहिल्यै पनि रोकिदैन । केही स्थान र समयमा केही बिचार र भावनामा बहकाउ आए पनि नैतिकताले विश्राम लिएको छैन । समुदाय समाज र राजनीतिलाई सही मार्ग देखाएकै छ । अनुशासित बनाएकै छ । अराजकतामा जानबाट मानिसलाई बचाएकै छ । राज्यलाई उत्तरदायित्व बहन गर्न होस वा इमान्दारिता र विश्वास दिलाउन होश यसले मद्धत गरेकै छ । बिश्वबन्धुत्वको भावना विकास गरी मानव मानवका बीच सदाचार सहयोग र सद्भाव बिस्तार गर्न तथा व्यक्तिलाई जीवन सफल गराउन पनि होस्तेमा हैसे गरेकै छ । बिस्तृत रुपमा भन्दा विश्व नै नैतिकतामा अडेको छ वा नैतिकताले नै विश्व ब्रमाण्ड चलाएको छ ।
यति हुँदाहुँदै पनि ऐले हाम्रो जस्तो मुलुकका केही मानिसहरूले नैतिकतालाई धरापमा राखी संघीय लोकतान्त्रिक गणतन्त्रलाई हात्तीको देखाउने दाँत मात्र बनाई सत्य र तथ्यलाई मारी दिएका छन् भने इमान्दारिता र विश्वासलाई बेचिदिएका छन् । जसरी पनि पद र प्रतिष्ठा हत्याउने चेष्ठाका साथ अलल्य वा मनग्य रुपमा भौतिक सम्पत्ति जम्मा गरी सुःख शान्तीसँग सफल जीवन यापन गर्ने होडबाजी गरेको पाइन्छ । यति हँुदाहुँदै पनि उनीहरू सन्तुष्ट भने हुन सकेका छैनन् किनकी त्यससँगै त्यसैलाई कसरी अरुसँग जानबाट जोगाइ राख्ने वा व्यवस्थापन गर्ने भन्ने चिन्ताले दुःखी बनाइरहेको छ । यसैका कारण प्रतिदिन बिरोधीहरू बढी रहेका छन् । धेरै मानिसले मन पराउन छोडी सकेका छन् । बढी आलोचना हुने गरेका छन् । सहयोग कम हुन गइ अल्पमतमा समेत परिसकेका छन् । अझ हिजो जनताबाटै पालिएका र संरक्षित भनिएका नेताहरू आज जनता समक्ष जानै डराइ रहेका छन् । यस्तो किन र कसरी हुन गयो भनि तै पनि चेत खुल्न सके जस्तो छैन । एक आपसको मिलन सद्भाव प्रेम र मित्रताबाट मात्र सफल हुन सकिन्छ भन्ने कुरा बिर्सी सके । नैतिकताको त कुरै छोडौं । त्यसैले नैतिकताका पारखीहरूले भन्दै आएका छन् । मानिसको जीवन त्यति बेला मात्र सफल हुन्छ जतिबेला धेरै भन्दा धेरै मित्रहरू हुन्छन र नजिकिएका हुन्छन् । संविधान ऐन कानून र विधि विधानलाई सजिलैसँग कार्यान्वयन गर्न सकिन्छ । राजनीति नैतिकताको बलमा इमान्दारी पूर्वक गरिन्छ र संस्कारयुक्त हुन्छ । सत्ताधारी वा शक्तिवालहरू इमान्दार, जिम्मेवार र कर्तव्यनिष्ट देखिन्छन् । जनताले राज्यबाट शोषण हँुदैन भन्ने विश्वास गर्दछन् । ढाँट, छल र कपट तथा झुट हुँदैन । हत्या, हिंसा र यौन दुराचार हुँदैन सत्य र तथ्यको मात्र खेति गरिन्छ । सेवाकर्मीहरूलाई भ्रष्टाचार र सम्पत्तिको लोभ लालचामा नलाग्न जहिलेसम्म नैतिक शिक्षाले मार्ग निर्देश गरिरहेको हुन्छ र एक आपसमा भावनात्मक सम्बन्धको विकास भएको हुन्छ तथा वैयक्तिक नैतिकता गएर राज्यसँग जोडिन्छ अनि मात्र मानवको जीवन वा राज्य सफल भएको मानिन्छ । त्यसैले जो जससँग नैतिकताको गुण रहेको छ उ मात्र सफल नेता कार्यकर्ता, सेवा कर्मी, शासक वा मानिस बन्न सक्छ नत्र उ कु–मान्छे वा अराजक तथा अनैतिक नै रहन्छ । अब हामी आफै बिचार गरौं नैतिकतामा रही हामी मान्छे बन्ने कि कु– मान्छे” ? अस्तु ... ... ¤
No comments:
Post a Comment