– रामकुमार फुच्चे
सूर्यपाल, लमजुङ ।
प्रेम गर्नेहरू किन यता उता मन डुलाऊछन
न त फक्राउछन नै न त फूल झै फुलाऊछन
बेला आउदा बिरालो पनि बाघ जस्तै लाग्ने,
को आफ्नो कोबिरानो अनि संसार भुलाऊछन
मुखले त जीवन भर सगै हुन्छु भन्छन र पो,
क्षण भरमै गिर्ने गरि शिखर चुलाऊ छन्
रुप हेरि नजीक हुने पनि अचम्मका हुन्छन,
थाहा छैन बास्तवीकता खै कैले खुलाऊछन
रातो गुलाव थमाएर भट्टि छिर्दै गर्दा भनियो,
जमाना फेरियो प्यारा सबै यसैगरी झुलाऊछन
No comments:
Post a Comment