लमजुङमा करोना अपडेट कुल संक्रमित तीन सय ४९ - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Wednesday, September 23, 2020

लमजुङमा करोना अपडेट कुल संक्रमित तीन सय ४९


अपूर्वराज पहाडी

बेसीशहर– लमजुङमा कोरोना संक्रमणको कुल संख्या तीन सय ४९ पुगेको छ । असोज ७ गतेका दिन ५ जनामा कोरोना संक्रमणको थप पहिचान भएसँगै कुल संख्या बुद्धि भइ तीन सय ४९ पुगेको हो । 

संक्रमित हुनेमा मध्यनेपाल– ६ का एक व्यक्ति छन । उनी १० बर्षीया बालिका छिन । कन्ट्याक ट्रेसिङबाट पहिचान भएका उनलाई बेसीशहर जिल्ला सामुदायिक अस्पातालमा रहेको आइसोलेसनमा लौजाने तयारी भइरहेको जिल्ला प्रशासन कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । संक्रमितको अवस्था सामान्य रहेको जिल्ला प्रशासन कार्यलयले जनाएको छ । 

सेही नगरपालिकाका ३ जना पुरूष छन् । उनीहरू क्रमशः १६, ३० र ५८ बर्षीय रहेका जल्ला जिल्ला प्रशासन कार्यलयले जनाएको छ । साथै, मध्यनेपाल नगरपालिकाका– १० का ३५ बर्षीया महिला रहेकी छिन् । 

यसैबीच, जिल्लामा आइसोलेसनमा रहनेहरूमा ३५ महिला र ८२ पुरुष गरी १ सय १७ जना रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । त्यस्तै, कोरोना जितेर निको भइ घर जानेको संख्या २ सय ३२ जना छ । तीमध्ये ४१ जना महिला छन् ।  

No comments:

Post a Comment