आइसोलेसनमा रहनु भएका ३७ जनालाई आवश्यकता अनुसार सामग्री सहयोग गर्नुभएको हो । सुन्दरबजार नगरपालिका– ७ निवासी श्रेष्ठ दम्पती तथा उहाँहरूका दुई सुपुत्री सहितका परिवारजनले आइसोलेसनमा केही असहज स्थितिमा रहनु भएका व्यक्तिलाई सहजताका लागि व्यक्तिगत स्वास्थ्य सामग्री, फलफूल सहयोग गरेको श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार आइसोलेसनमा रहदाको न्यास्रोपनलाई केही हदसम्म भए पनि चिर्न सहज होस् भन्ने हेतुले फलफूल, अण्डा, ब्रस, मञ्जन, साबुन, स्याम्पुलगायतको सामान सहयोग गरिएको हो ।
सो कार्यमा न्यू श्रेष्ठ इन्टरप्राइजेज सुन्दरबजारकी प्रोपाइटर एवं श्रेष्ठकी श्रीमती मेनुका श्रेष्ठका साथै छोरीद्वय मल्लबी र मेविका श्रेष्ठले सहयोग गर्नुभएको हो । सुन्दरबजार च्याम्बर अफ कमर्सका अध्यक्ष समेत रहनुु भएका श्रेष्ठ शैक्षिक एवम् सामाजिक व्यक्तित्वका रुपमा समेत सुपरिचित हुनुहुन्छ ।
उक्त सहयोग पाएपछि आफूह½रू अत्यन्तै खुशी भएको आइसोलेसनमा रहनु भएका पत्रकार सीताराम बसेलले बताउनु भयो । उहाँका अनुसार यहाँ पहिलो पटक स्याउँ खान पाउँदा सबै साथीह½रूले खुशी हुँदै उहाँको परिवारलाई धन्यवाद दिनु भएको छ ।
श्रेष्ठको परिवारले यसअघि कोरोना संक्रमणबाट छरछिमेकमा मास्क, ग्लोव आदि वितरण गर्नु भएको थियो भने पाउँदी पारी रहेको शिवधाममा रहेको सर्वोदय सेवाश्रमका आश्रित जेष्ठ नागरिकलाई समेत सहयोग गर्दै आउनु भएको छ ।
No comments:
Post a Comment