लमजुङमा कोरोना संक्रमण अपडेट - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Tuesday, September 15, 2020

लमजुङमा कोरोना संक्रमण अपडेट

अपूर्वराज पहाडी

बेसीशहर– लमजुङमा कोरोना संक्रमणको कुल संख्या तीन सय १६ पुगेको छ । भदौ ३० गते १ जना थप पहिचान भएसँगै कुल संख्या बुद्धि तीन सय १६ पुगेको हो । 

संक्रमित हुनेमा बेसीशहर नगरापलिका– ८का एक व्यक्ति हुन । उनी ७० बर्षीय पुरूष रहेका छन् । कन्ट्याक टे«सिङबाट पहिचान भएका उनलाई बेसीशहर जिल्ला सामूदायिक अस्पातालमा लौजाने तयारी भइरहेको छ । संक्रमितको अवस्था सामान्य रहेको जिल्ला प्रशासन कार्यलयले जनाएको छ । 

यसैबीच, हिजो भदौ २९ गतेका दिन तीन जना थपिएका थिए । जसमा मध्यनेपाल नगरपालिका– ६ का दम्पती र सोही नगरपालिका– ३ का एक जना थिए । उनीहरूको उमेर वडा.नं. ६का दम्पतीमा २७ बर्षीय पुरूष र २६ बर्षीया महिला हुन र  सोही नगरपालिका– ३का एक जना २१ बर्षीय पुरूष रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । उनी इशानेश्वर क्याम्पस क्वारेन्टाइनमा बसेका हुन भने दम्पतीहरू होम क्वारेन्टाइनमा बस्दै आएको व्यक्ति हुन् । 

यो बीचमा लमजुङमा एक सय ४९ जना निको भइ सकेका छन् । 

निको भएर घर जाने महिला १७ जना र पुरूष एक सय ४९  जना रहेका छन् भने आइसोलेसनमा रहेका महिला ४६ र पुरूष एक सय २१ जना रहेका छन् । 

 




No comments:

Post a Comment