लमजुङ । लमजुङमा एक सञ्चारकर्मी सहित १८ जनामा कोरोना संक्रमणको थप पुुष्टि भएको छ । योसँगै आज भदौ १७ गतेसम्मका लागि भनिएको लकडाउन २४ गतेसम्मका थप भएको प्रशासनले जनाएको छ ।
संक्रमित भएकाहरू सबै कन्ट्रयाक्ट टे्रसिङका आधारमा स्वाव संकलन गरिएकाहरू हुन् । उनीहरूको स्वाव भदौ १४ गते संकलन गरिएको थियो । संक्रमित सञ्चारकर्मीमा बेसीशहर नगरपालिका- १० मा स्थायी बसोबास भएको २७ वर्षीय पुरुष रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सो दिन स्वाव संकलन गरिएका अन्य झण्डै डेढ दर्जन सञ्चारकर्मीहरूमा अन्तरङ्गका सम्पादक नवराज पहाडी, लमजुङ दर्पण दैनिकका प्रकाशक कृष्ण केसी, रेडियो चौतारीका स्टेसन मैनेजर बेलिना थापा सहितका अन्य सञ्चारकमीहरूको रिपोर्ट नेगेटिभ आएको छ । आज संक्रमित भएकासहित जिल्लाका संक्रमित सञ्चारकर्मीको संख्या ४ पुगेको छ । तीमध्ये एक पत्रकार महिला छन् ।
सो कार्यालयबाट जारी विज्ञप्ति अनुसार संक्रमितहरूमा महिला ६ जना छन् । उनीहरुको उमेर बेसीशहर- ३ का १३, २३ र ३७ वर्षका छन् । यसैगरी, वडानं ७ का ४४ वर्षीय र सुन्दरबजार- ९ का ४५ र ४९ वर्षीया रहेका छन् ।
पुरुष संक्रमितहरूमा बेसीशहर- २ का ४०, ३ का ३७, ७ नंवडाका २३ वर्ष तथा बेसीशहर- का १८, २२, ३१, ३१, ३६ र ४० वर्षका, सुन्दरबजार- २ का ५० वर्षका र ९ का ४८ वर्षीय पुरुष रहेका छन् । यसप्रकार आइसोलेसनमा बस्ने पुरुष ९१ जना र २९ महिला समेत १२० जना रहेका छन् । त्यसैगरी, निको भएर घर फर्कनेहरूमा ९ जना महिला र १ सय ४ जना पुरुष समेत ११३ जना छन् ।
यसैबीच, जिल्ला प्रशासन कार्यालयले भदौ १७ गते साँझ ६ बजेसम्मका लागि जारी गरेको निषेधाज्ञा(बन्दाबन्दी) भदौ २४ गते साँझ ६ बजेसम्मका लागि थप थरीएको आज जारी सूचनामा उल्लेख छ । सो सूचना अनुसार महामारीको अवस्थालाई नियन्त्रण गरी जिल्लाबासीलाई संक्रमण हुनबाट जोगाउने उद्देश्यले जिल्ला कोभिड- १९ संकट व्यवस्थापन केन्द्रको आजै बसेको निणर्य अनुसार २४ गतेसाँझ ६ बजेसम्मका लागि निषेधित कार्यहरू गर्न गराउन रोक लगाउने गरी निषेधाज्ञा राजी गरिएको छ । यो आदेशको कर्खिलाप भए गरेको पाइएमा प्रचलित कानून बमोजिम कारवाही हुने व्यहोरा समेत जानकारी गराइन्छ सूचनामा भनिएको छ ।
निषेधाज्ञा जारी भएको क्षेत्रमा बेसीशहर नगरपालिका- १,२,३, ७ र ८ का सम्पूर्ण बजार क्षेत्र, सुन्दरबजार नगरपालिका- २, ५, ६, ७, ८ र ९ का सम्पूणर् बजार क्षेत्र, राइनास नगरपालिकाको सम्पूर्ण बजार क्षेत्र, मध्यनेपाल नगरपालिका- २,३, ४, ६ र ७ का सम्पूणर् बजार क्षेत्र तथा क्ब्होलासोंथर गाउँपालिका- १,२,३ र ४ का सम्पूर्ण क्षेत्र रहेको उक्त सूचनामा जनाइएको छ ।
निषेधीत क्षेत्रमा रहेका विभिन्न कार्यलयहरू जो बिगतको अवधिमा बन्द थिए, ति सेवाहरू पनि २४ गते सम्म बन्द रहने छन् ।


No comments:
Post a Comment