हङकङ् सेवा समितिको सेवा - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Saturday, September 19, 2020

हङकङ् सेवा समितिको सेवा

अन्तरङ्ग संवाददाता
बेसीशहर- लमजुङ हङकङ् सेवा समिति, लमजुङ सम्पर्क समितिले जिल्लाका सञ्चार गृहलाई स्वास्थ्य सामग्रीको सेवा प्रदान गरेको छ । यहाँ स्थित रेडियो मस्र्याङ्दीको सभाकक्षमा समितिका संरक्षक एवम् संविधान सभाका सदस्य जमिन्द्रमान घलेको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम असोज ३ गते गरिएको हो ।
        रडियो मस्र्याङ्दीको स्टेशन मैनेजर समेत रहनु भएकी हङकङ सेवा समिति, लमजुङ सम्पर्क समितिका अध्यक्ष मीना गुरुङको अध्यक्षतामा सो कार्यक्रम भएको थियो । उहाँले विपदको यो बेलामा सञ्चारकर्मीहरूको स्वास्थ्य जोखिमको स्थितिलाई ध्यानमा राखेर केही सहयोग होस् भन्ने उद्देश्यले यी स्वास्थ्य सामग्री वितरण कार्यक्रमको तय गरिएको बताउनु भयो । उहाँले जिल्लाका सात जना सञ्चारकर्मी कोरोना संक्रमित भइसकेको र जोखिमको अवस्था कायमै रहेको र सञ्चारकर्मीले स्वास्थ्य सामग्रीको सहयोग पाएको खासै अनुभव नभएको बेलामा यो सहयोगको आवश्यकता अनुभव गरी वितरण गर्न लागिएको हो भन्नुभयो । उहाँले रेडियोहरू, दैनिक पत्रिका र टेलिभिजन, साप्ताहिक र अनलाइन गरी तीन स्तरमा सञ्चारगृहलाई विभाजन गरी सोही हिसावले सामग्री पनि वितरणको निर्धरण गरेको जानकारी दिनुभयो । उहाँका अनुसार वितरित सामग्रीमा स्यानीटाइजर, मास्क र फेससिल गरी तीन प्रकारका छन् । 

    उक्त समितिका कोषाध्यक्ष मनमाया गुरुङले कार्यक्रमको सञ्चालन गर्र्दै ३८ हजार बराबरका सामग्री सञ्चार गृह र सञ्चारकर्मीलाई वितरणका लागि तयार गरेको बताउनुभयो ।
         समितिको हङ्कङ् कार्यालयले मृगौला फेल भएका र क्यान्सर पीडितहरूलाई प्रत्यक्ष डेढ लाखदेखि सात लाख रुपैयासम्म प्रति व्यक्ति सहयोग गर्दै आएको छ । जिल्ला समितिले जिल्लानमा सञ्चालन गरिने निःशुल्क स्वास्थ्य शिविरलाई पनि सहयोग गर्ने गरेको छ ।

No comments:

Post a Comment