आदर्श बाल माविले कक्षा- ११ विज्ञानको कक्षा चलाउने - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Saturday, September 19, 2020

आदर्श बाल माविले कक्षा- ११ विज्ञानको कक्षा चलाउने

विष्णुकुमार श्रेष्ठ/अन्तरङ्ग

सुन्दरबजार(लमजुङ)- लमजुङको शैक्षिक एवम् व्यवसायिक केन्द्र सुन्दरबजारमा अवस्थित आदर्श बाल माध्यमिक विद्यालयले चालु शैक्षिक शत्रदेखि बिज्ञान संकायको कक्षा- ११ सञ्चालन गर्ने भएको छ । स्थानीय शिक्षासेवी एवम् जनप्रतिनिधिहरू तथा सरोकारवालाहरूको असोज ३ गते सम्पन्न संयुक्त भेलाले सो निणर्य गरेको हो । 

उक्त विद्यालयमा व्यवस्थापन, शिक्षा र कृषि बाली बिज्ञानको कक्षा सञ्चालन भइरहेको र अब विज्ञान संकायसमेत थप गर्दा यसले गर्दा विद्यालयको शैक्षिक गरिमा थप उच्च हुने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् सुन्दरबजार नगरपालिका- ६ का वडा अध्यक्ष रघुनाथ मिश्रले बताउनु भयो । 

सो भेलामा सुन्दरबजार नगरपालिका- ७ का वडाध्यक्ष जयराम रेग्मी, विद्यालय व्यवस्थापन समिति पूर्वव्यवस्थापन समिति, सुन्दरबजार चम्बर अफ कमर्शका अध्यक्ष विष्णुकुमार श्रेष्ठ, स्थानीय उद्योगी व्यवसायीका साथै सामाजिक, शैक्षिक व्यक्तित्वहरू सहभागी रहेको भेलाले उक्त निणर्य गरेको आदर्श बाल माविका प्रधानाध्यापक रामकृष्ण भण्डारीले बताउनु भयो । उहाँका अनुसार हाल उक्त विद्यालयमा नौ सयजना विद्यार्थीहरू अध्ययन गरिरहेका छन् । उहाँले भन्नुभयो, ‘विद्यालयले छिटै स्वास्थ मापदण्ड तथा भौतिक दुरी कायम गरी सुन्दरबजार नगरपालिकासँग समन्वय गरी विज्ञान  संकायकका सथै अन्य सबै कक्षाहरू सञ्चालन गर्ने तयारी गरेको छ । 

No comments:

Post a Comment