लमजुङको कोरोना अपडेट, आइसोलेन वेड १२५ - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Tuesday, September 1, 2020

लमजुङको कोरोना अपडेट, आइसोलेन वेड १२५

अन्तरङ्ग संवाददाता

बेसीशहर । लमजुङमा एक १४ दिनका शिशु, ३ जना पत्रकार सहित २ सय १५ जना संक्रमित भएका छन् । यो भदौ १६ गते विहान ११ बजेसम्म प्राप्त तथ्यांक अनुसारको हो । संक्रमित संख्या थपिएसँगै आइसोलेन वेड पनि थप गरी १२५ पुर्‍याइएको छ । 

आएसोलेसनमा एक १४ दिनका शिशुदेखि ३ पत्रकार समेत १०२ जना छन् । संक्रमित महिला ३२ जना त्यसमध्ये निको हुने ९ जना र आइसोलेसनमा बस्ने महिला संख्या २३, तीमध्ये एक महिला पत्रकार । आइसोलेसनमा बस्ने ७९ पुरुष, तीमध्ये २ जना पत्रकार । एक सय १३ जना निको भई घर फर्केका छन् । तीमध्ये ९ जना महिला हुन् । 

जिल्लामा आएसोलेसन सुन्दरबजारको नमूना अस्पताल, बेसीशहरको जिल्ला सामुदायिक अस्पताल र सहजी स्थित शहरी विकास कार्यालयको भवनमा रहेका छन् । संक्रमित सबैको अवस्था सामान्य रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यसअघि जिल्लामा आएसोलेसन वेड संख्या एक सय मात्र रहेकोमा संक्रमित संख्या बढेसँगै २५ बेड थप गरिएको सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले बताउनु भयो । उहाँका अनुसार सहजीमा १५ बेड थप गरी ४५ सुन्दरबजारको नमूना सामुदायिक अस्पतालमा १० वेड थप गरी ४० वेड बनाइएको छ । जिल्ला सामुदायिक अस्पतालमा यसअघि नै ४० वेड रहेका थिए । ती सबैको संख्या एक सय २५ पुग्ने भएको छ ।

No comments:

Post a Comment