बेसीशहर- लमजुङमा कोरोना जित्नेको संख्या एक सय ७२ पुगेको छ । असोज २ गते १९ जना कोरोनामुक्त भएसँगै जिल्लामा कोरोना जितेर घर फर्कनेको संख्या एक सय ७२ पुगेको हो । जिल्लामा अब पिसिआरका लागि स्वाव संकलन गर्न डा.को सिफारिस चाहिने भएको छ ।
संक्रमितमध्ये ३० जना महिला र एक सय ४२ पुरुष गरी एक सय ७२ जना निको भएर घर फर्किएका छन् । लमजुङ जिल्ला सामुदायिक अस्पतालको आइसोलेसन र शहरी विकासको भवन सहजीको आइसोलेसनमा रहेका संक्रमितहरू डिस्चार्ज गरिएको सहायक प्रमुख जिल्ला अधिकारी काजी सुनारले बताउनु भयो । उहाँका अनुसार कोरोना जित्नेमा बेसीशहर नगरपालिकाका १३ जना, सुन्दरबजार, राइनास नगरपालिका र मस्र्याङ्दी गाउँपालिकाका एक-एक जना छन् । यसैगरी, गोरखा पालुङटार नगरपालिका- ४ का एक पुरुष र सिरानचोक गाउँपालिका- २ का एक महिला पनि कोरोनामुक्त भएका छन् भने नवलपरासी कावासोती नगरपालिका- ४ सुस्तापूर्वका एक पुरुषले पनि कोरोनालाई जितेका छन् ।
जिल्लामा समुदायस्तरमा तथा कन्ट्रयाक्ट ट्रेसिङका क्रममा १४ दिने शिशुदेखि ७५ वर्षीय बृद्ध उमेरका व्यक्तिमा समेत कोरोना संक्रमण पुष्टि भएको थियो । जिल्लामा हालसम्म ६५ महिला र दुई सय ५६ पुरुष गरी तीन सय २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
हाल जिल्लाका आइसोलेसनमा एक सय ४९ संक्रमित रहेका छन् । तीमध्ये ३५ जना महिला र ११४ जना पुरुष रहेका छन् ।
यसैबीच, अब सर्वसाधारणले पिसिआर गराउनका लागि डाक्टरको सिफारिस चाहिने भएको छ । बेसीशहर नगरपालिका- ८ सेराका ज्यालामज्दुरी गरी खाने २७ वर्षीय आरएन लामा जसलाई पाँच दिने देखि ज्वरो आएको छ र आज विहान केही क्षण वान्ता समेत गरेका थिए- को पिसिआरका लागि नगरपालिकाको स्वास्थ्य शाखामा नाम टिपाउन अनुरोध गर्दा त्यहाँबाट डाक्टरको सिफारिस चाहिने जवाफ दिइएको उनको परिवार स्रोतले बताएको छ ।
No comments:
Post a Comment