बैंकका कर्मचारी सहित एकै दिन २३ जनामा कोरोना संक्रमण पुष्टि - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Tuesday, August 25, 2020

बैंकका कर्मचारी सहित एकै दिन २३ जनामा कोरोना संक्रमण पुष्टि

अन्तरङ्ग संवाददाता
बेसीशहर– लमजुङमा एकै दिन २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ती व्यक्तिमा एक जना बैंक स्टाफ भएको भदौ १० गते बिहान खुलासा भएको हो । 
यसअघि तीन जना प्रहरी र एक जना सैनिक जवानमा देखिएको कोरोना आज भने २३ जनामा देखिएको छ ।  तीमध्ये २० जना नेपाली सेनामा कार्यरत सुरक्षाकर्मीहरू, एक जना आइएमई बैंकका कर्मचारी र अन्य २ जना  सर्वसाधारण भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
सो कार्यालयका अनुसार संक्रमित हुने २० जना नेपाली सेनाका संक्रमितमा २७ वर्षका २ जना, ३१, ३३, ३४, ३६ र ४० वर्षका एक एक जना, ३७ वर्षका ४ जना ३८ वर्षका ६ जना र ३९ वर्षका ३ जना रहेका छन् । ३२ वर्षका बैंक कर्मचारी र २५ तथा ५१ वर्षका समुदायका व्यक्ति हुन् । उनीहरूलाई सुन्दरबजारको नमूना सामुदायिक अस्पताल र बेसीशहरको सहजी आइसोलेसनमा ल्याउने काम हुँदै रहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी एवम् सहायक प्रमुख जिल्ला अधिकारी काजीमान सुनारले बताउनु भयो । उहाँका अनुसार संक्रमित व्यक्तिहरू सबै कन्ट्रयाक्ट ट्रेसिङका हुन् । 
यसअघि एक दिन १६ जनाको संक्रमण पुष्टि भएका थिए । जिल्लामा कोरोनाका कुल संक्रमित एक सय ३९ पुगेको छ । तीमध्ये ९ जना महिला हुन् । महिला सहित एक सय ११ जना निको भई घरमा फर्किएका छन् । यतिबेला आइसोलेसनमा रहने संख्या २८ रहेको छ । उनीहरू सबै पुरुष हुन् । 


No comments:

Post a Comment