सुन्दरबजार(लमजुङ) । लमजुङको सुन्दरबजार नगरपालिका- ६ बारेटार टोलकी १९ बर्षीया सरु बरदेवा एक महिनादेखि वेपत्ता छन् । सरु गत साउन ९ गतेदेखि वेपत्ता भएको उनकी आमा फुलमाया बरदेवाले बताउनु भयो ।
सरु सोही नगरपालिका- ९ मा रहेको भूपू सैनिक आमाविमा कक्षा- ११ मा पढ्ने विद्यार्थी हुन् । उनलाई खोजी गरी दिन उनकी आमाले मानवअधिकारकर्मी, प्रहरी तथा पत्रकारलाई आमा फुलमाया बरदेवाले अनुरोध गर्नु भएको छ । उहाँका अनुसार सो दिन बिहादर ११.३० बजेतिरको समयमा सोही नगरपालिका- ८ को फेदीकुनाकी प्रमिला तामाङको घरमा जान्छु भनेर गएकी छोरी आजसम्म फकेर्की छैनन् । उहाँले भन्नुभयो, ‘सोधखोजे गर्ने तथा आफन्तहरू सबैकोमा बुझिसके तर छोरीको कही पत्तो भएन ।’
सरुका बुवा नेपाली सेनाबाट शान्ति सेनाको सेवामा कंगोमा सेवारत छन् । घरमा सरुका साना एक एक जना भाइ र बहिनी र आमा मात्र छन् । त्यो दिनमा प्रमिलालाई नभेटी सोही नगरपाकिला- ९ को भोटेओडारकी उसको साथी निशा भुजेललाई मोवाइल छाडेर हिडेकी रहिछन् उनकी आमाले जानकारी दिनु भयो ।
फुलमायाले आँखाभरी आँसु पार्दै भन्नुहुन्छ, ‘प्रहरीकोमा पनि उजुरी गरेँ । तर, अहिलेसम्म अत्तोपत्तो छैन । यदि कोही कसैले कहीँकतै देख्नु भएमा खबर गरिदिनुहोला ।’
यसबारेमा जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्दा ती नानीसँगै उनको छिमेकको अर्को एक केटा पनि हराएको खबर छ । त्यो केटा विवाहित रहेछ जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले बताउनु भयो । उहाँका अनुसार त्यो केटोले पनि मोवाइल छाडेर गएको हुँदा समस्या परेको हो, उनीहरु सँगै हिडेको त्यसदिन हाम्रो प्रहरीले पनि देखेको रहेछ । हामी उनीहरुको नजिक पुगेका छौं, एक दुई दिनमा फेला पर्छन प्रनाउ थापाले बताउनु भयो ।

No comments:
Post a Comment