![]() |
बुद्धिमान दुरा 'धम्पु', संरक्षक ठाडोभाका लाोककला प्रतिष्ठान, लमजुङ |
धम्पु- संस्कृति त मेरो जन्मको ११ दिनदेखि शुरु हुन्छ, घर भित्रबाट बाहिर निकाल्दा ‘हाम्रो बाबु आयो है हैट हैट’ गरेर नचाउने परम्परा छ । लोकगीतहरू भन्दा पहिला ७/८ वर्षदेखि सोरठी नाच्न थालियो । तत् पश्चात आफै मादले भएर बजाउन र गीत गाउन शुरु भयो । जब मेलापात जान सक्ने भयो, तब सामुहिक रुपमा गीत छोप्ने, कहिले काही आफै गाउने गरियो । हुँदाहुँदा पृथ्वी राजमार्ग बाटो खन्न आउने क्रममा र झण्डै जवानी चढेपछि रोधी जान शुरु भयो र गाँउघरको लोकसंस्कृति आफैमा टाँसियो ।
मैले २० बर्ष जागिर खाने क्रममा त्यो केही रोकियो । पेन्सनमा आए पश्चात २०४३/४४ सालबाट गुरु कल्याण शेरचानसँग सम्पर्क भएपछि उहाँबाट बढी प्रेरणा पाएँ । वाल्याकालदेखि १६ बर्षे जोवनको प्रत्येक पलहरू आगो खाएर नयाँ पालुवा पलाएझैं पलायो । ७ बर्षदेखि २० वर्षसम्मको जीवनले भोगेका कुरा रेकर्ड ल्पे गरेझैं नाँच, घाँटु, कौरा, चुड्का ब्यूझियो । त्यो प्रेरणा गुरु कल्याण शेरचनकै माया हो । उहाँको साथमा हाम्रो लोकसंस्कृति के हो ? भनेर बुझ्ने मौका दियो । २०४३/४४ सालबाट निरन्तर लागि परेको छु ।
गुरु कल्याण शेरचनको आशिर्वादमा मैले लगातार ३ बर्ष माध्यामिक विद्यालयमा अन्तरर्गत राष्ट्रिय लोकनृत्यमा र लोकसंस्कृत सम्वन्धी मध्यपश्चिमाञ्चलबाट सोरठी, घाँटु, कृष्ण चरित्र नाच सम्बन्धी सांस्कृतिक जाने बुझेसम्मको आफ्नो अनुभव प्रस्तुत गर्ने सौभाग्य पनि सहर्ष रुपमा पाएँ । त्यसले मलाई मनको ढोका खोल्यो आज देशमा कोरोनाको माहामारीले लकडाउन गर्दा आफूले जानेसम्मको कथा काहानी र लोकसंस्कृति किन आवश्यकता रहेछ भन्ने अनुभव गर्न पाएको छु । व्यक्तिगत रुपमा मलाई अझै समय पुगेको छैन । मन भित्रका कुराहरू सबै कागजमा राख्न पाए मेरो शेषपछि पनि चासो हुने व्यक्तिलाई काम लाग्छ भनेर विश्वास लिएको छु । कहाँबाट कसले सुरुवात गर्यो भन्दा पनि गुरुहरूबाट पाएको दन्ते कथा भनेर अहिलेको आधुनिक प्रविधिक DNA परीक्षणसंग संगै मनुष्यको विकासतिर लाग्दा प्रशोधन कति भए भन्ने समेत लेख्ने मौका पाएँ । लोकसंस्कृतिको लागि अरूलाई कस्तो प्रभाव छ । अहिले लोकसंस्कृतिको उत्थानका लागि तपाईहरूले म माथि जुन भार, विश्वास दिनु भयो । अति नै आभारी छु । तर संरक्षकको ताजको भार थेग्न सक्दिनँ कि भन्ने चिन्ता लाग्छ ।
अन्तरङ्ग : धम्पुको विचारमा कलासंस्कृति परिभाषा के होला ?
धम्पु- धन्यवाद ! जब म २०४४ साल भाद्र महिनामा युरोप यात्रा शुरु गरे त्यस बखत मलाई विदेशी मित्रहरूबाट आफ्नो धर्मसंस्कार र लोकसंस्कृतिप्रति ठूलो प्रेरणा र महिमाको स्रोत केन्द्रमा बसेर पनि बाहिरी संस्कृतिमा हाकिनु, हिमालको कस्तुरीले बिना आफ्नो पास भएको थाहा नपाएर बिना कताबाट बसायो भनेर खोजे झैं लाग्यो । अर्को जति पनि मेरो मात्रामा विदेशी मित्रहरूले नेपाल र नेपालीको अस्तित्वसंग जोडिएका हाम्रो मैलिकता सम्वन्धी आख्यान छन् । संस्कृति सम्बन्धी रीति रिवाज चाडपर्व कर्मप्रतिको प्रश्नले आफैले आफैलाई मुल्यांकन गर्दा साथै पृथ्वीको नाभी भनौं वा शिर भनौं त्यस्तै लोभसंस्कृतिको धनी राष्ट्रमा जन्मिएको भाग्यमानी रहेछ भनेर थाहा हुन पायो । त्यसपछि, कहिले नेपाल फर्किएँ र हाम्रो साहित्य संस्कृति सम्वन्धी संरक्षणमा लागौं भन्ने भावनाले प्रेरित गर्यो ।
एक छिन आँखा वन्दा गरेर सन्सारलाई हेर्नुस जहाँ जहाँ लोक संस्कृति साहित्य छ त्या हिंसा अति कम छ ।
परिभाषा सम्बन्धी प्रश्नलाई मेरो विचारमा कला संस्कृति भने को त्यो वस्तु हो, जुन महाभारतको कणर्को शिरमा पहिरिएको हिराको ताज हो एक पटक गुमाए पछि फेरि खोजेर पाउन र बनाए पनि नक्कली हुन्छ । महत्त्व हुदैन । मेरो विदेश मात्रमा सबै जसोले सोचे रहेछन् धम्पुको मात्र भरपुर मनोरञ्जान हुनेछ । जब म वेलायत पुगे । २/४ दिनमा वेलायतको कुन ठाउँ भ्रमण गर्ने नयाँ र नौलो के हेर्ने भनेर छलफल भयो । मैले १ नम्वरमा शिक्षा क्षेत्र नर्सरी प्रा. विद्यालय, माध्यामिक, उच्च मावि र राजा महाराजाहरू विद्या आर्जन गर्न किन वेलायत आउँछ । कस्तो ठाँउ छ ? जस्तो मेरो हेर्ने ईच्छा हुदा सबैले मलाई अनौठो ठाने तर महारानी एलिजावेत द्वितीयको महिला काउन्सिल वकिल बमथ यिध (Lady lower Aunt Hannah) लेडी लयार्स अनि गर्व गर्दै भनिन् । Buddhima I yausana HonoSale Ambaosfous तिमी हाम्रो Bhatig भतिजको धर्म छोरा मात्रै होइन रहेछ । व्याक्तिगत भन्दा पनि राष्ट्रलाई सोच्ने व्याक्ति धन्यवाद (wall done) भन्नुभयो । अनि विशिष्ट प्रोफेसरहरू र उनको संस्थामा डुल्न दिए । बेलुका रात्रीभोज जस्तो मैत्री भोज भयो, दिनमा ठाँउ ठाँउको स्कूल कलेजमा Visiting plofessoz को जस्तो प्रोग्रम भयो । शेक्सपियारको जन्म स्थानदेखिThomas Hamdy Chmlge doavinaको बगैंचाchataolic cathetro देखि pzotistaml cathodil प्रोफेसर जस्तो सम्मानित भ्रमण कवि शेक्सपियारदेखि यमासखाडौ र चाल्ज डारविनको बगैंचा घुम्ने मौका मिल्यो । जुन ठाँउहरू म पुगें सबै ठाउँमा नेपाल र नेपालीको आख्यान लोक संस्कृतिलाई महत्व दिइयो । त्यसैले यस लोकसंस्कृतिहरू लोप हुनबाट बचाउने अभियानमा अग्रसर भएको हुँ । हाम्रो लोकसंस्कृति अब आउने दिनहरू साझा रुपमा अगाडि बढाउनु पर्छ । संस्कृतिलाई कसैको पेवाको रुपमा राख्नु हुँदैन । साझा हुनु पर्छ र संरक्षणमा परिणत गर्न पर्छ ।
अन्तरङ्ग : लमजुङको पहिचान र गौरवको रुपमा रहेको ठाडोभाकाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले स्थापित ठाडोभाका लोककला प्रतिष्ठानको संरक्षक समेत यहाँ हुनुहुन्छ, प्रतिष्ठानका गतिविधिहरू के कसरी अगाडि वढ्दैछन् ?
धम्पु- जुन संरक्षकको पगारी गुथाउनु भएको छ यो पहिरिन जति सजिलो छ र आनन्द लाग्छ होला तर जिजस क्राईष्टले जस्तै मैले पनि पहिरिएरै स्वर्ग जान सक्छु कि सक्दिन भन्ने चिन्ता छ । यो अभिभारा लिएको छु र अगाडि बढाउने क्रममा प्रतिष्ठानको उद्देश्य भित्र रहेका सबै बुँदाहरूलाई परिचालत गर्न सर्वप्रथम गृह जिल्लाको प्रत्येक मेलामहोत्सवमा नाछुटाई ठाडोभाकाको प्रदर्शन गरी मनोरञ्जानका रुपमा परिचालित हुनु पर्छ ।
गत वर्षदेखि हाम्रो प्रतिष्ठानले आफ्नो स्थापना दिवसको अवसर परेर ठाडोभाका प्रतियोगिता एवम् प्रचास प्रसार निर्णय अनुसार राइनास नगरपालिकाको प्रवर्द्धनमा गरियो । जहाँ अधिकतम साथिभाइहरू र आमा समूहको सहभागिता रहेको थियो । त्यहाँ नवप्रतिभाको प्रस्तुति, अति रोचकपूर्ण रह्यो । अब प्रतेक वर्ष यो प्रतियोगिता सञ्चालन गर्ने योजना छ । यसरी प्रतियोगिता आयोजना गर्ने सुअवसर पाइरह्यो भने लमजुङको पहिचान बोकेको ठाडोभाका अबका दिनहरूमा पूर्ण सफलता प्राप्त गर्न सक्छ भन्ने हेक्का भयो । लमजुङका प्रतेक नगर र गाउँपालिकाले अलिकति मात्रै टेवा दिएमा ठाडोभाका मात्र होइन यो प्रतिष्ठानले समग्र जिल्ला भोरी रहेका बालुन, रोईला र प्रचिन संस्कृति सोरठी, कष्ण चरीत्र, घाँटु जस्ता अर्मुत संस्कृतिलाई संरक्षण गर्ने संस्थाको रुपमा अगाडि बढाउन सकिन्छ । त्यसैले ठाडोभाका महान भनि लमजुङको लोककला साहित्य संस्कृतिको जगेर्ना गर्ने गरी भनी सकेका छौं । नाफा कमाउने होइन । त्यसैले प्रतिष्ठानको स्थायित्वका लागि अक्षयकोष समेत स्थापित गराई सकेका छौँ ।
अन्तरङ्ग : यहाँ संरक्षक रहनु भएको प्रतिष्ठान स्थापनाको पाँचौ वर्षमा चढ्दै छ । यसले अबका दिनमा ठाडोभाकालाई संरक्षण गर्ने मात्र नभै हिजो देउवहादुर दुरा, पञ्चसुव्बा गुरुङ, भैरव रानाभाट, ठाडोभाका सिरोमणी भेडीखर्के साइँला, ठाडोभाका साम्राज्ञी नन्दमाया दुराका पालामा जस्तै अब लमजुङ र छीमेकी जिल्लाका डाँडाकाडाँहरूमा घन्काउने स्थिति सृजना हुँदैछ । त्यसलाई थप प्रभावकारी बनाउनका लागि भोलिका दिनहरूमा प्रतिष्ठानबाट के कस्ता कार्यक्रमहरू हुनेछन् ?
धम्पु- अहिले मानिसहरू सुविधा पुस्ता जिन्दगी गुजारेको हिसावले पुरानो वस्तीबाट नयाँ वस्तीको खोजीमा गाउँघरबाट शहरमुखी भएका छन् भाग्यमानी भनौं कतिपय हाम्रो नेपाली दाजुभाइहरू संसारका कुना कुनामा बसाई पुगेका छन् । बसाई सराईको साथ हाम्रो लोक संस्कृति पनि उनीहरूको साथमा सरेर गएको छ । हालमा झण्डै लोप हुने अवस्था पुग्दा तपाई हाम्रो भाग्यले भनौं संसार भरी सञ्चारले ठाडोभाका शिरोमणी भेडीखर्के साइँला, ठाडोभाका साम्राज्ञी नन्दामाया दुरा, उत्तम गुरुङ, सीता दुरा, शिवा दुरा, ज्ञानु माया जस्ता सर्जकहरूको स्वरले नवप्रतिभाहरूलाई सजिलो बनाई दिएको छ । अब संचारले यस्तो पूर्ण संरक्षण दिइसकेको छ अग्रजहरू समयमा जस्तै ७ दिन ७ रात मेला महोत्सव मेलामा गएर नाचेर मनोरञ्जन गर्ने दिनहरू अब परिर्वतन भयो । प्रतिष्ठानले सम्भावित हुन सक्ने मात्र होईन लोक संस्कृति बचाऊँ है भनेर अग्रसरता हुने व्यक्तिलाई सम्मान दिएर व्याक्तिको हैसला बढाई दिने व्यार्महरु ल्याएर प्रोत्साहन दिए स्वात ठाडोभाका मुर्त लोकसंस्कृतिको विधा भएर रहन्छ ।
अन्तरङ्ग : संस्थाहरूको स्थायित्वको लागि अक्षयकोषको विशेष ठाडोभाका प्रतिष्ठानको अक्षयकोष अवस्था के छ ?
धम्पु- जुनकुनै संस्था सर्वोपरी हितको स्थापना भएको हुन्छ त्यस संस्थाको आयु भनेकै अक्षयकोष हो । नेपालको धार्मीक लोकसंस्कृतिहरू जस्तै रातो मच्छिन्द्रनाथ, सेतो मच्छिन्द्रनाथ, भैरवनाथको गुठी नभएको भए लोप भै सक्दथ्यो । त्यहीबाट सञ्चालित हुँदा नेपाली संस्कृति सम्पदा बनेको छ । यसरी सम्पदाको रुपमा हामीले देख्न पाउनु नै गुठीको देन हो ।
यस प्रतिष्ठानको कार्य समिति, सल्लाकार, संरक्षक, सबैले लोककला साहित्यका मनका धनी लोककला संस्कृति प्रेमीहरुलाई मन जित्ने काम गर्न सक्यौं भने मच्छिन्द्रनाथको गुठी झैं अक्षयकोष स्थापित हुन सक्छ जसको लागि ठाडोभाका लोक कला प्रतिष्ठानले सुरुवात गरी सकेको छ ।
अक्षयकोषका लागि नीतिगत प्रवन्ध गरिएको छ । प्रतिष्ठानका आजीवन र वरिष्ठ आजीवन सदस्यबाट प्राप्त शुल्कलाई अनिवार्य अक्षयकोषमा राखिने विधानमा नै उल्लेख गरिएको छ । त्यसमा म र मेरो संगीत यात्राको साथी सीता दुराले प्रतिष्ठानको दोस्रो अधिवेशनका अवसरमा एक लाख रुपैयाँ थप गरेका छौं । साथै, हामी जहाँ जुन जुन ठाउँमा गाउन जान्छौं, हाम्रो शिरमा आएको शिरफूलको रकमहरू पनि अक्षयकोषमा जान्छ । स्वदेश विदेश जहाँ गएर पनि ठाडोभाका लोककला प्रत्तिष्ठान हाम्रो धड्कन र आँखाको नानी बनेको छ । प्रतिष्ठान अहिले वामे सरेको अवस्थामा पनि प्रतिष्ठानको ३,५०,०००।- (अक्षरुपि तीन लाख पचास हजार रुपैया रहेको छ ।
अन्तरङ्ग : ठाडोभाकाको प्रचार प्रसारका लागि यहाँको टिम भारतको असम क्षेत्रमा पनि गएको थियो के कस्तो रह्यो त्यो भ्रमण ?
धम्पु- हामी असम जाने भन्दा पनि असम राज्यको नेपाली संस्कृति संरक्षण राष्ट्रिय परिषदका अध्यक्ष वीरेन्द्र राणाले हाम्रो ठाडोभाका लोककला प्रतिष्ठानलाई आमन्त्रण गरेर आत्मियताका साथ ठाडोभाका गीत सुन्न र आफ्नो संस्थाका सम्पूर्ण सदस्यहरू नेपाली समाजलाई दशैंको शुभअवसर पारेर सुनाई दिन जुन आग्रह गर्नु भयो, त्यो नै सबै भन्दा ठूलो गर्वको बिषय थियो ।
यस कार्यमा नेपाल आमा र ठाडोभाका सर्जक पितृदेवहरू पनि उहाँहरूको नाम लिएर गीत गाउँदा खुशी भयो होला जस्तो लाग्छ । हामीलाई फुलमालाले मात्र होइन हामी असम पुग्दा, असमको माटोले पनि स्वागत गरेको थियो । हामीले गुप्तकाशीको कमलिया, गोलिया, गुहाटी तथा तीनखुट्टी जहाँ जहाँ गयौं, त्यहाँ त्यहाँ दशैंको मेलामा जम्मा हुनुभएका सबैबाट पाएको माया भुल्नै सकिदैन । यस्ता निमन्त्रणाहरू आइरहोस भन्छु र हामी भन्दा अब नयाँ प्रतिभाहरू संसारभर पुग्न सकुन भन्न चाहन्छु ।
अन्तरङ्ग : यहाँ घाँटु, सोरढी र कौराको पनि गुरु हुनु हुन्छ, यस्ता लोकसंस्कृतिलाई समाजमा जीवन्त राख्नको लागि सरकारीस्तरबाट के व्यस्ता कार्यक्रम तथा योजना तर्जुमा गर्नु पर्छ भनि ठान्नु हुन्छ ?
धम्पु- निवेदन गर्न चाहे, मलाई गुरु भन्नुभयो, मैले जानी नजानी गाउँघरमा परम्परादेखि नाच्दै गाउँदै आएको परम्परालाई आफ्नो मनैबाट चासो राखेर गुरुहरूका ती नाँच नाँचे गाएँ र बजाएँ । त्यस क्रममा आशिक रुपमा मात्रै हो । म सर्वेसर्वा गुरुबाउ होइन । किनकी एक सय जिब्रा भएका शेष नागले त परिपाठ लगाउन सक्दैन भने म ता साधारण व्यक्ति नै हुँ सर्वेसर्वा होइन ।
तपाईले मलाई गुरुबाउ भन्नुभयो र तपाईको टिम मेरो घरमा आएर ठाडोभाकाको संरक्षकको ताज पनि पहिराई दिनु भयो । त्यो ताज लाएर उठ्नसम्म सकेको होइन । तै पनि भगावन बुद्धले (Gal lrallha)भन्नु भएको छ । यो जन्ममा बढी मुस्किल हुन्छ, एक मात्रै भए पनि राम्रो काममा मन दिनु त्यही अनुसरण गर्दा पुरानो लोक संस्कृतिको गुरु भनिदिएको हो । केवल सुनेर देखेर मन भित्र अटाएका कुराहरू मात्रै हुन । जुनसुकै पनि अब हाम्रो लोक संस्कृति हो । धार्मिक भजान किर्तन वालुन सोरठी घाँटु रोईला जस्ता अमुर्त संस्कृतिहरूको उत्थानको लागि बजेट विनियोजन हुन पर्छ । संरक्षणको लागि संस्कृति आफ्नै महिमा महिनाहरूमा तिनै समयमा परीक्षण र हौसाला प्रदान गर्नपर्छ । साथै ठाडोभाका स्मारिकामा मैलै भनि सकेको छु । मानिसहरू आफनो बात्सल्य वस्ती छोडेर अन्य जाति वर्ग धर्मसंग साझेदारी भएर बस्नु पर्छ । तसर्थ लोक संस्कृति पेवा होईन अब साझा हुनु पर्छ । मानिस मनको वस्ती खोज्दै चन्द्रमा मगल ग्रहमा गुकेको छ । त्यसैलै संस्कृतिहरू अब साझा हुनु पर्दछ ।
अन्तरङ्ग : सरकारले आफ्नो वजेटमा निश्चित प्रतिशत रकम वजेट तर्जुमा गर्दा कला संस्कृति साहित्यको श्रीवृद्धिको छुट्याउने नीतिगत व्यवस्था हुन पर्छ भन्ने पनि उठिरह्यो, यसमा यहाँको धारणा ?
धम्पु- कला साहित्यमा लोकसंस्कृति भनेको श्रीपेजको मणि हुन । संस्कृति कला साहित्य र अमुर्त लोक संस्कृति माध्यमबाट मानिसको वस्ती वस्तीमा मनका पिडाहरूलाई शान्त पर्दै देशको उन्नती टेवा पुर्याउने एउटा अदृष्य मनोवैज्ञानिक शक्ति हो । एक छिन आँखा वन्दा गरेर संसारलाई हेर्नुस जहाँ जहाँ लोकसंस्कृति साहित्य छ त्या हिंसा अति कम छ । जहाँ जहाँ छैनन । त्यहाँ त्यहाँँ हत्या हिँसा पछि त्येसैले सरकारको संरक्षण र विकास शिर्षकमा छुट्यै र निश्चित वजेट तर्जुमा हुदा पर्छ लोकसंस्कृति भनेको समाजको लागि नैतिक शिक्षा पनि हो देशलाई बाहिरी राष्ट्रहरूले हेर्ने ऐना पनि हो ।
अन्तरङ्ग : नेपाली समाज जे जति कला मैत्री छ, सरकार त्यति संवेदनशील भएको देखिन्न किन होला ?
धम्पु- सरकार भनेको ‘गारो त गारो घरको मुठारो’ भनेको जस्तै नभै हुन्न भएर पनि सम्वेदनशील नहुनु भनेको कला मैत्रीले वाँच्ने होइन अहिलेको चरित्र हेर्यो भने नोट र भोट मात्रै भए पुग्छ । नेपाल वैदिक सनातन धर्ममा निर्मित समाज हो । ढुंगे युग हेर्नुहोस् त काठ माटोमा कुँदिए मानव सभ्यतामा गर्व गर्ने शक्ति कम हुँदै गयो । संस्कार र संस्कृति नै थाहा नभएकाहरूले कसरी संरक्षण गर्ने र सम्वेदनशील हुने ?
अन्तरङ्ग : लमजुङ राष्ट्रियस्तरका कलाकारहरूको उदगम स्थल पनि हो, भोलिका दिनमा पनि त्यस्ता वा त्यो भन्दा पनि माथिल्यो व्याक्तित्व जन्माने सम्भावना पनि उत्तिकै छ तर प्रतिभाहरू मौका दिने के गर्नु पर्छ भनि ठान्नु हुन्छ ?
धम्पु- लमजुङ जिल्लाको ऐतिहासिक पृष्टभूमिदेखि हरेक विधामा धर्म संस्कार संस्कृति राजनैतिक परिवर्तनमा अग्रणी भूमिका निर्वह गरेको जिल्ला हो यो । नेपालको एकीकरण गर्ने शाहवंशको स्थापना दुराडाँडाका दुराहरू, घिमिरेहरूले गरे । ब्राह्मण क्षत्री नेवारले हलो जोत्न हुन्छ भन्ने क्रान्तीहरू, यहाँका राष्ट्रकवि माधव घिमीरे, डिल्लीजङ सुव्वा गुरुङहरू ठाडोभाका लोककलालाई जिल्लाको गर्व बनाउने देउवहादुर दुरा, पञ्चसुव्वा गुरुङ, भैरव रानाभाट, भेडीखर्के साईला, नेटाकी मैरानी, कुन्छाकी भक्ति दुरा, नयाँ पुस्तामा युक्त गुरुङ, माया, उमा गुरुङ, कृष्ण गुरुङ, राजु परियार, मन्जु विक जस्ता व्याक्तिहरूको जमातले लमजुङवासीलाई गर्व लागेको छ तर उनीहरूलाई लमजुङको जिल्लाले लमजुङका कला साहित्यकार, संगीतकार, कलाकारहरूको स्मारिका निकालेर सम्मान गर्न पनि सकेको छैन । सबै खालका अग्रज व्याक्तिहरूको लागि मुर्ति बनाएर सम्मान टोल विकासको नामाकरण गरे झैं लमजुङले प्रत्येक गाउँठाउँमा राम्रोसंग गृहकार्य गरी अग्रजहरूको पार्क निर्माण गरी भभ्य तथा आन्तरिक पर्यटक भ्रमण स्थल बनाउनु पर्छ ।
अन्तरङ्ग : अव प्रशङ्ग वदलौ, तपाई कतिको डरपोक हुनु हुन्छ ?
धम्पु- म सबैभन्दा डरपोक छु । रात अर्काको भन्छ रातमा पनि हिँडन डराउँछु दिनमा पनि टोपी खसे टिप्न सकिन्छ । तर वचन खसे टिप्न सकिदैन कतै वचन खसिहाल्छ कि भनेर डराउछु ।
अन्तरङ्ग : यहाँ जीवनमा यश, मृत्यु, आलोचना, सिर्जना, यौवन, तरुनी, पैसा, जुवा, मदिरा मध्ये ककस्को डर मान्नु हुन्छ ?
धम्पु- डर भन्ने कुरा कसैले म डराउँदिना भन्छ भने त्यो मुर्ख हो । तिनमा आफ्नो स्वार्थ लुटने रहर बाहेक अरू केही हुँदैन । मनुष्य चोला घुमी घुमी आउनु पर्छ । नेपोलियान बोनापार्ट जस्तो शक्तिशाली जस्ले आफ्नो हत्केला आफै चिरेर भाग्य रेखा बनाए । चाणाक्य जस्तो चतुर व्यक्तिले समेत डर लाग्नु पर्छ । त्यस्तै आफ्नो शत्रुको पनि संरक्षण गर भनेको छ । म एउटा सामान्य व्यक्ति हुँ, मलाई न सरकारले न त तरुनीले पत्याए अरुबाट डर छैन मृत्यू र मदिरादेखि डर लाग्छ, मृत्यू भै हाल्यो भने कतै म भित्र रहेको राम्रो अरुले देख्न नपाई नराम्रो कुराहरू मात्रै पो रहने हो कि ! भनेर अर्को मदिरा भनेको पिएपछि दिन पनि रातै हो भन्छन् । मदिरा युद्धमा होम्न सिपाहीहरूलाई खुवाउँछन् । घोडालाई मदिरा खुवाएर युद्धमा वम बोकेर पठाउँछन् । विशेष पर्वमा दौडाउन मदिरा सेवन गराउँछन । मदिरा आफ्नो स्वार्थको लागि प्रयोग हुन्छ । जसलाई होलीवाईन पनि भनिन्छ । सिटोमा तिर हामी देख्छौं, मदिरामा थाहा नपाउने गरी जहर (विष) मिसाएर मान्छेको यौवन लुट्ने धन सम्पत्ति लुट्ने देखेकै छु । त्यसैले ती कुराहरूमा डर लाग्छ ।
अन्तरङ्ग : यहाँलाई कुन प्यासले बढी सताउँछ ?
धम्पु- वाँच्नको लागि पानी हो । तर पानीको भन्दा पनि आफूले भन्न नसकिने देखाउन नसकिने प्यास, जुन छ न भन्दा भेटिन्छ न त खाँदा प्यास मेटिन्छ । मात्र माया थरी थरीका हुन्छन् । कसैलाई कला, कसैलाई कौसल्य कसैलाई लोकसंस्कृतिमा रम्ने कसैलाई मदिरामा झुम्ने कसैलाई प्रेमिकासंग घुम्ने तर मलाई हाम्रो मातृभूमिमा अमूर्त रुपमा रहेको संस्कृतिहरू प्रतिको मोह मधुले पनि मेटिन्न ।
अन्तरङ्ग : जीवनमा खुशी लागेको क्षण ?
धम्पु- तपाई(ठाडोभाका लोककला प्रतिष्ठान नेपालको अध्यक्ष)को हातबाट लोकसंस्कृतिको संरक्षणका लागि विश्वासको अभिभारा संरक्षक(ठाडोभाका लोककला प्रतिष्ठान नेपाल)को ताज दिनु भएको दिन म साँच्चै संरक्षक बन्न लायक भएको रहेछु भन्ने लाग्यो, त्यो दिन अति खुशी भएको थिएँ ।
अन्तरङ्ग : जीवनको दुःखको क्षण ?
धम्पु- जीवनको दुःखको क्षण जुन दिन मैले आफ्नो आमाबाबालाई दागबत्ती दिएर छोडे, जसले मलाई हुर्कायो बढायो संस्कारबाट पढायो, आफ्नो मुखको गास काटेर खुवायो उसैबाट टाढा हुन पर्दा अति दुःख लाग्यो । मैले सबैकुरा बनाउन सक्छ, पाइन्छ, किन्न पाईन्छ तर संसारमा कतै गल्ती गरेकी भनेर क्षमा माग्नसम्म पाइन आमाबाबासँग त्यही दुःखको क्षण हो ।
अन्तरङ्ग : यहाँको विचारमा जीवन के हो ?
धम्पु- म कुनै दार्शनिक त होइन तैपनि जीवन एउटा अभिनय गर्ने मात्र हो । जीवन पाएर सुखमा मोज लाग्ने दुःखमा आमा-बाउ सराप्ने त्यो होइन कला हो र· भोग्नु पर्छ । जीवनमा राम्रो गर्न सके रामकृष्ण बुद्ध बन्न सकिन्छ । पृथ्वीमा जति भगवान भनेका छन् तिनीहरू सवै मान्छे नै हुन राम्रो काम गरे पछि मात्रै सयौं वर्षपछि उनका बारेमा लेखे त्यसैले जीवनलाई आफैले आफैलाई स्यावासी दिएर राम्रो सोच र कर्म गर्नु पर्छ । देश र समाजका लागि बाँच्न सामर्थ राख्नु पर्छ भन्ने लाग्छ ।
No comments:
Post a Comment