दुई भाइद्वारा सर्वोदय सेवाश्रमलाई खाद्यान्न सहयोग - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Wednesday, August 5, 2020

दुई भाइद्वारा सर्वोदय सेवाश्रमलाई खाद्यान्न सहयोग

 
अन्तरङ्ग संवाददाता
पाउँदी(लमजुङ)– दुई भाइ समाजसेवीद्वारा सर्वोदय सेवाश्रमलाई खाद्यान्न सहयोग गर्नु भएको छ । सर्वोदय सेवाश्रममा एक समारोहका बीच उहाँहरूले ती सामग्री साउन २० गते हस्तान्तरण गर्नु भएको हो । 
समाजसेवी दाताहरूमा लोटस निर्माण सेवका प्रोपराइटर भानु नगरपालिका– १० चोक, तनहूँ निवासी सन्तोष घले र बन्दिपुर– ४ निवासी शुकबहादुर गुरुङ दुई भाइ हुनुहुन्छ । ती सामग्रीमा चामल १२ बोरा, तेल २ कार्टुन, आलु २० केजी, दाल ५ केजी, चिनी २० केजी, बिस्कुट १ प्याक, साबुन १ प्याक, प्याज १ बोरा, नुन २० पोका, हर्लिक्स १२ पिस, प्राथमिक उपचारका औषधि, मसला र चियापत्ती रहेका छन् । साथै, आश्रमका आश्रित १५ जनालाई जनही एक हजार रुपैयांँका दरले नगद प्रदान गर्नु भएको छ । 
शुकबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस बन्दिपुरका सभापति कर्ण खत्री, भानु नगरपालिकाका इन्जिनियर लक्ष्मण पौडेल, शुकबहादुर गुरुङ र सन्तोष घलेले मन्तव्य राख्नु भएको थियो । लोटस निर्माण सेवाका प्रोपराइटर शुकबहादुर गुरुङले आफ्नो बार्षिक कमाईको केही अंशबाट सर्वोदय सेवाश्रमलाई खाद्यान्न सहयोग गरेको बताउनु भयो । 
सो कार्यक्रममा सर्वोदय सेवाश्रमका अध्यक्ष कृष्णराज ओलियाले स्वागत सहित संस्थाको गतिविधिबारे जानकारी गराउनु भएको थियो । ओलियाले सो अवसरमा बन्दाबन्दीको अवस्थामा खाद्यान्न अभाव भएको महसुस गरी यो अति नै उपयोगी मानवीय सहयोग गर्नु हुने र सन्तोष घले दुई दाजुभाइहरूको दानपारमिता बढिररहोस भन्दै धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

No comments:

Post a Comment