नगरपालिकाले बनायो समयमै काम सक्ने योजना - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Thursday, August 6, 2020

नगरपालिकाले बनायो समयमै काम सक्ने योजना

 

बेसीशहर- बेसीशहर नगरपालिकाले चालु आर्थिक बर्ष २०७७/७८ मा सम्पन्न गर्नु पर्ने योजनाहरूको काम तत्कालै शुरु गर्ने निणर्य    गरेको छ । नगर कार्यपालिकाको बैठकले चालु बर्षमा समयमै काम सक्न समय सीमा तोकेर योजनाको काम अघि बढाउने निणर्य साउन ८ गते गरेको हो । 

बैठकले आगामी भदौ मसान्तभित्र उपभोक्ता समिति गठन गर्ने, कार्यपालिका, प्राविधिक, लेखा र योजना शाखाहरू बीच भदौ १५ गते भित्र अन्तरक्रिया गर्ने, सोही समय अवधीसम्म टेण्डर मार्फतका योजनाको लागत इस्टमेट तयार गर्ने, योजनाहरूको लागत स्टमेट असोज १५ भित्र गरिसक्ने, कार्तिक मसान्तसम्म उपभोक्ता समितिलाई तालिम दिने भएको छ । यसैगरी, पुस मसान्तसम्म योजना सम्झौंता गर्ने र बैशाख मसान्तसम्म योजनाको काम सम्पन्न गर्ने निणर्य गरेको बेसीशहर नगरपालिकाका प्रेस सल्लाहकार कृष्ण के.सी.ले जानकारी दिनुभयो । 

उहाँका अनुसार बेसीशहर नगरपालिकाको चालु बर्षका लागि नगरस्तरीय २ सय ५ र वडास्तरीय २ सय ३ वटागरी कूल ४ सय ८ वटा योजना रहेका छन् । बेसीशहर नगरपालिकाको चालु बर्षका लागि ७६ करोड १९ लाख ५७ हजार रहेकोमा चालु तर्फ ४७   करोड ७५ लाख ४४ हजार र पुँजीगत तर्फ २८ करोड ४४ लाख १३ हजार १ सय ८० रुपैया रहेको छ । कुल बजेट मध्ये आर्थिक विकासतर्फ ५ करोड ७६ लाख ९ हजार, सामाजिक विकास तर्फ ४० करोड ५३ लाख ९३ हजार, पूर्वाधार विकास तर्फ १८ करोड १६ लाख ९   हजार, वातावरण तथा विपद व्यवस्थापन तर्फ १ करोड ७० लाख र संस्थागत विकास, सेवा प्रवाह र सुशासनमा ११ करोड ३५ लाख ७६ हजार रहेको छ ।

समयमै काम सम्पन्न गर्न कार्यतालिका बनाएर अघि बढेको र अब तत्कालै योजना अघि बढाउने बाटो खुलेको मेयर गुमानसिंह अर्यालले बताउनु भयो । उहाँका अनुसार बैठकले बाढी पहिरो पीडितहरुलाई राहत उपललब्ध गराउने सम्बन्धमा स्थगलगत         निरीक्षण गरी घरको क्षतिको आधारमा १० हजार देखि ५० हजारसम्म राहत उपलब्ध गराउने निणर्य गरेको छ । घर पुरै ध्वस्त भएमा ५० हजार,  नभत्किए पनि बसोबास गर्न नमिल्ने भएमा ३०         हजार, मर्मतगरी बस्न सक्ने अवस्थामा भएमा २० हजार र सामन्य क्षति भएमा १० हजार उपलब्ध गराउने निणर्य गरिएको छ ।


No comments:

Post a Comment