सुन्दरबजार(लमजुङ)- सुन्दरबजार नगरपालिका- २ का वडा अध्यक्ष नवीनकुमार श्रेष्ठले स्तन क्यान्सर पीडित महिलालाई साढे २५ हजार रुपैयाँ सहयोग गर्नु भएको छ । लमजुङको सुन्दरबजार नगरपालिका- ६ एसेलुचौर, लामागाउँ निवासी बर्ष ३७ कि स्तन क्यान्सरबाट पीडित आइतिमाया तामाङलाई उहाँ कै घरमा गई श्रेष्ठले आर्थिक सहयोग गर्नु भएको हो ।
हरितालिका तीजको पावन अवसरमा थोरै भए पनि आर्थिक सहयोग गर्दा आफूलाई आत्म सन्तुष्टि प्राप्त भएको र आवश्यक भएमा आफू अझै सहयोग गर्न तयार रहेको वडा अध्यक्ष नवीनकुमार श्रेष्ठले बताउनु भएको छ । आर्थिक सहयोग प्राप्त गरेपछि सहयोगी दातालाई धन्यवाद दिदै आइतिमाया तामाले आफूलाई अझै आफ्नो बाच्ने इच्छा भएको तर आर्थिक अभावका कारण उपचारमा समस्या भएकोले भन्दै खुल्ला दिलले सहयोग गरिदिन आशु बगाउँदै बताउनु भयो ।
आइतिमाया तामाङलाई सहयोग गर्न चाहानु हुने दाताहरूले प्राइम बैक सुन्दरबजार शाखामा खोलिएको अन्तरङ राष्ट्रिय साप्ताहिकका ब्यूरो प्रमुख एवम् सारङीकर्मी बिष्णुकुमार श्रेष्ठ र आइतिमायाका पति चन्द्रबहादुर तामाङको संयुक्त खाता नम्बर 20620600336 PD Chandra bahadur Tamang / Bishnu kumar Shrestha, prime commercial bank, sundar bazar, Lamjung का साथै चन्द्रबहादुर तामाङको मोबाइल नम्बर ढडद्धटढज्ञढढद्दठ मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

No comments:
Post a Comment