राष्ट्रकवि घिमिरेको शोकमा गाउँपालिकामा विदा - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Friday, August 21, 2020

राष्ट्रकवि घिमिरेको शोकमा गाउँपालिकामा विदा

 अन्तरङ्ग संवाददाता

लमजुङ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनमा उहाँको जन्मस्थान मस्र्याङ्दी गाउँपालिकाले पालिकामा एक दिन विदा दिएर शोक मनाएको छ । मस्र्याङ्दी गाउँपालिकाले बुधबार शोक मनाउँदै गाउँपालिकाका अत्यावश्यक सेवाबाहेक सवै सरकारी तथा गैरसरकारी कार्यालयमा बिदा दिएको हो । 

राष्ट्रकवि घिमिरेको मस्र्याङ्दी गाउँपालिका– ६, बाहुनडाँडाको भिरपुस्तुनमा जन्म भएको हो । गाउँपालिका कार्यालयमा एक कार्यक्रमको आयोजना गरि राष्ट्रकविको तस्विरमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै गाउँपालिकाले शोक सन्तप्त परिवार एवं आफन्तजनहरु समवेदना प्रकट गरेको छ । गाउँ कार्यपालिकाको आकस्मिक बैठकले बुधबार गाउँपालिका र मातहतका शाखा कार्यालय, वडा कार्यालय, विद्यालयमा सार्वजनिक विदा दिएको गाउँपालिकाका प्रमुख प्रशाकीय अधिकृत खेमराज देवकोटाले बताउनुभयो । उनका अनुसार स्वास्थ्य चौकी तथा स्वास्थ्य संस्था लगायत आकस्मिक सेवाहरू चालु छन् ।

गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले यस्तो विकट गाउँमा जन्मिएर राष्ट्रिकविको गरिमामय उपाधी पाउनुभएका स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैलीका कुशल नेपाली साहित्यकार कवि तथा गीतकार माधवप्रसाद घिमिरेको निधनले सिंगो गाउँपालिका स्तब्ध भएको भन्दै सार्वजनिक विदा दिएको बताए । उनले एक शोक बक्तव्य प्रकाशित गरी राष्ट्रपतिको निधनले असल र कुशल अभिभावक गुमाएको उल्लेख गरेका छन् । शोक वक्तव्यमा अनुसार बहुमुखी प्रतिभाको धनी राष्ट्रकविको निधनले यस गाउँपालिकाले एउटा असल र कुशल अभिभावक गुमाएको महसुस भएको उल्लेख छ । गुरुङले भौतिक रुपमा हामीबाट टाढा भएपनि राष्ट्रकविले कला, साहित्यमार्फत उजार गर्नुभएको राष्ट्रप्रेम र प्रकृतिप्रेमको भावना हामी माझ सधैं जीवित रहने बताएका छन् । राष्ट्रकविले नेपाली साहित्यिक क्षेत्रमा पु¥याएको अतुलनीय योगदानको कदर गर्दै उच्च सम्मानसहित भावपूर्ण श्रद्धाञ्जली अर्पणका साथ शोक सन्तप्त परिवार, आफन्तजन एवं सम्पूर्ण मस्र्याङ्दी गाउँपालिका तथा जनताप्रति गहिरो समवेदना प्रकट गर्दछ शोक वक्तव्यमा भनिएको छ ।


No comments:

Post a Comment