विपदको जोखिम
हाल विश्वभर बिपद निम्त्याउँदै आएको कोभिड- १९ ले आजसम्म नेपालमा पनि १७ हजार ६१ जनामा संक्रमण गरी ३८ जनाको ज्यान समेत लिइ सकेको छ । १० हजार २९४ निको भएर घर गएका र ६ हजार ६१३ सक्रिय संक्रमित रहेको नेपाल सरकारबाट जानकारी गराउदै गर्दा बाढी पैह्रोले पनि वितण्डा मच्चाउदै ८५ जनाको ज्यान लिइ सकेको छ । ४६ जना पैह्रोमा हराइरहेका तथा १४ जिल्लाका ११ हजार भन्दा पनि बढी घर बिस्थापित हुने अवस्थामा रहेका समाचारका माध्यमहरूले जानकारी गराइरहेका छन ।
यसबाट विपदले झन पंजा फैलाएको महशुस भएको छ । यसैलाई लिएर अनुसन्धानकर्ताहरूले पहिरो आउने पूर्वसूचना प्रणाली विकास भइ नसकेको र पानी पर्ने र बाढी आउने ३ दिन अघीसम्म सूचना दिन सक्ने प्रणालीको भने विकास भएको भन्दै आएका छन् । यसरी प्रकृतिमा घटने अनेक प्रकारका घटनाका कारण मानिसले गर्भासयमा बास गरेदेखि नै सुख र दुःख वा विपद भोगी आएका हुन्छन । जन्मको साथै ती पनि जन्मन्छन हुर्कन्छन र बढछन् । अनि रोग व्याध लगायतका अनेक किसिमका दुःख र कष्ट झेलिरहनु परेको हुन्छ । प्रत्येक पलपलमा यिनीहरूसँग पंखे जुरेली खेल्नु पर्दछ । यसैलाई आधार बनाएर हाम्रो परम्परागत धारणा छ जन्मको समयले नै मानिस भोलि सुखी हुने वा दुःखी हुने वा भाग्यमानी र अभागी हुने भन्ने पनि संकेत गर्दछ । अथवा उसको भाग्य निर्माण हुन्छ । यो कर्मको खेला हो । ढीलो चाडो यो भै हाल्दछ । हुने कुरा कसैले केही गरी टार्न सक्दैन । हामी त एउटा खेलौना पात्र मात्र हौं । खेल खेलाउने त अर्कै छ । यस्तो वास्तविकता बुझि बुझी हामी पाखुरा खैंचिएर तेरो र मेरो भनेर नाटक खेली रहेका छौं । कल झगडा रीस राग र एक आपसमा वैमनस्य बढाइरहेका छौं भन्ने भनाइहरू सुनिदै आएको छ । यसरी जसले जे भने भने मानिसले यस पृथ्वीमा स्थायित्व लिनको लागि प्रकृतिमा घटने भुकम्प बाढी पैह्रो, चट्याङ, हिम पहिरो, आगलागी, अनाबृष्टी, अतिबृष्टी र संक्रामक रोग लगायतका अनेकन समस्यासँग जुझेर बाझेर वा संघर्ष गरेर बाच्नु पर्ने कुरामा भने दुई मत छैन । प्रत्येक वर्ष कुनै न कुनै ठाउँका मानिसहरूमा कुनै न कुनै किसिमका यस्ता विपत्ति तथा संकटहरू आई परी रहेकै हुन्छन । यो प्रकृतिको नियमै देखिन्छ । यसलाई प्रकृति छनौंटको सिद्धान्त तथा बाच्नको लागि संघर्ष हो भनि बैज्ञानिकहरूले भन्ने गरेका छन । यस्ता विपद र संकटलाई सही रुपमा व्यवस्थापन गर्न नसक्दा दुःख र कष्ट हुने कुरा शास्वत देखिएको छ । त्यसैले समय र परिस्थितिको माग अनुसार बडो सुझबुझ र चलाकीका साथ जो सुकैले पनि विद्यमान विपद वा संकट कम गर्न अघी बढनु को विकल्प देखिदैन ।
अर्कोतिर सबैलाई थाहा छ संकट वा विपत्ति जानकारी दिएर आउदैन । यसले गर्दा जतिसुकै तयारी हुन्छु भने पनि तयारी हुन सकिदैन । अनि मानवजातिले धेरै नोक्सानी बेहोर्नु परी रहेको हुन्छ । यी सबै कुरालाई ध्यानमा राखेर केही न केही पूर्वाधारहरू तयार गरी सजग र सतर्क रहनु नै पर्ने हुन्छ । उपलब्ध साधन र स्रोतको सही उपयोग गरी जनताको सहयोग र सल्लाहमा यस्ता पुर्वाधारहरू तयार गर्ने जिम्मा भनेको सरकारको हो तर नेपालमा भने यतिबेलै कोरोनाको महामारी बाढी पैह्रो र डुवानको महामारी भएको अवस्थामा अत्यन्त सुझबुझ र संयमी भै काम गर्नु पर्ने बेलामा छ । तर सरकार भित्र नै पनि पद प्रतिष्ठाको महामारी पसेको देखिन्छ । त्यसैगरी, छिमेकी मुलुकसँग बिग्रिएको सम्बन्धको कारण उब्जिएको महामारी ले के के गर्नी हो र क-कस्लाई कहाँ कहाँ पुर्याउला भन्ने पनि थाहा छैन । त्यसैगरी, आर्थिक संकटको पनि कुरै नगरौं । यी सबै कुराको गहन किसिमले चिन्तनमनन र अध्ययन गर्दा नेपाली जनताको लागि यो वर्ष शुभ देखिएको छैन । साच्चै भन्नु पर्दा शान्त भएर निदाउने अवस्था पनि छैन ।
हुनत विपद व्यवस्थापनका सबै क्रियाकलापको समन्वयात्मक र प्रभावकारी रुपमा व्यवस्थापन गरी प्राकृतिक तथा गैर प्राकृतिक विपदबाट सर्वसाधारणको जिउज्यान र सार्वजनिक नीति तथा व्यक्तिगत सम्पत्ति प्राकृतिक एवं सांस्कृतिक संपदा र भौतिक संरचनाको संरक्षण गर्न बिपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनसँग सम्बन्धित प्रचलित कानूनलाई संशोधन र एकीकरण गर्न बाञ्छनीय भएकोले भनि २०७४ सालमा नेपालको संविधानको धारा २९६को उपधारा १ बमोजिम व्यवस्थापकीय संसदले पास गरी संशोधित ऐन २०७४/०७/५ गते प्रमाणित गरी विपद तथा जोखिमी न्यूनीकरणको लागि भनी लागु गरिएको पाइन्छ ।
यस सम्बन्धी नीति निर्माणको लागि केन्द्रीयस्तरमा प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय परिषद रहने र कार्यान्वयनको लागि गृहमन्त्रीको अध्यक्षतामा कार्यकारी समितिको गठन हुने व्यवस्था छ । आवश्यक परेमा मन्त्रालयले नै ५ जनासम्म रहने बिषेश समिति गठन गर्न सक्ने पनि व्यवस्था छ । यसलाई अझ प्रभावकारी बनाउन विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन नियमावली २०७६ पनि जारी भएको छ । यसभन्दा अगाडि दैविक प्रकोप उद्धार ऐन २०३९ थियो जुन दक्षिण एशिया कै पहिलो विपद सम्बन्धि ऐन थियो ।
त्यसैगरी प्रदेशस्तरमा पनि मुख्यमन्त्रीको अध्यक्षतामा प्रदेशस्तरीय विपद व्यवस्थापन समिति बन्ने प्रावधान छ भने प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला समन्वय समितिको प्रतिनिधि जिल्ला भित्रका स्थानीय तहका अध्यक्ष र प्रमुख जिल्लास्तरीय स्वास्थ्य प्रमुख सुरक्षा निकायका प्रमुखहरू जिल्ला स्थित पूर्वाधार तथा सामाजिक विकाससँग सम्बन्धित कार्यालयका प्रमुखहरू, राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका प्रमुख वा प्रतिनिधि, नेपाल रेडक्रश सोसाइटीका जिल्ला प्रमुख, गैह्रसरकाररी संस्था महासंघको जिल्लास्थित प्रमुख, जिल्ला उद्योग बाणिज्य संघ अध्यक्ष सदस्य र प्र.जि.अ.ले तोकेको एक जना सदस्य सचिव रहने गरी जिल्ला तथा स्थानीय विपद व्यवस्थापन समिति र गाउँपालिका अध्यक्ष वा नगरपालिकाका प्रमुखको अध्यक्षतामा तोकिए बमोजिमका सदस्यहरू रहने गरी स्थानीय विपद व्यवस्थापन समिति रहने व्यवस्था छ । त्यसैगरी, विपद व्यवस्थापन गर्न तथा खोज र उद्धारको लागि आवश्यक पर्दा नेपाली सेना तथा प्रहरीहरू समेत परिचालिन गर्न सक्ने कानूनी प्रावधान रहे ता पनि कानून आफै घटना स्थलमा पुग्ने नसक्ने र प्रक्रियामा भर पर्ने परम्परा हुँदा सबैले समयमै आ-आफ्नो जिम्वेवारीलाई पुरा नगरी दिनाले तथा सबैमा त्यो किसिमको ज्ञान र सीप पनि नहुने हुँदा व्यवस्थापनमा जटिलता थपिन गइ विपदका पिडितहरू अझ पिडित बन्ने गरेका धेरै उदाहरणहरू देखिएका छन । अझै आधुनिक यन्त्र तथा साधन स्रोतको कमी हुन गई त्यसमा पनि प्रयोग गर्न नजान्दा झन मर्का परिरहेको छ ।
माथि जे जस्ता कुराहरू उल्लेख गरिएता पनि र समितिको व्यवस्था गरिए पनि नेपाल जोखिमको दृष्टिकोणले व्श्विमा सोँह्रौ स्थानमा रहि भौगोलिक विकटताले परिपूणर् भएको, नेपालीमा संस्थागत रुपमा विकास हँुदै आएको अराजक चिन्तन, अनुशासन हिन कार्य र काम भन्दा कुरो बढी गर्ने र विकास र निर्माणको लागि भुस्खलन बढी गर्ने प्रचलनले बाढी पैह्रो र संक्रामक रोग जस्ताबाट हुने विपद तथा जोखिमलाई नियन्त्रण र व्यवस्थान गर्नु जटिल कार्य बनेको छ । हाम्रै अगाडि वि.सं १९९० सालमा गएको ८.४ रेक्टर स्केलको भुकम्पबाट ८६९० जनाको मृत्यु र १९ हजार घर ध्वस्त भएका थिए भने वि.सं. २०७२ सालमा गएको ७.६ रेक्टर स्केलको भुकम्पबाट ८ हजार ९ सयको मृत्यु ४ हजार जना अंगभंग तथा ६ लाख घरको पूणर् क्षति भयो । यो देख्दा मानिसले विपद व्यवस्थापनमा जतिसुकै बल गरे पनि कम नै हुन्छ । त्यसैले यस बिषयमा समय मै सजकता अपनाई समुदाय वा जनतालाई यस सम्बन्धि पूर्व ज्ञान र जानकारी दिएर विपत्तिको लेखाजोखा गरेमा केही राहत होला । होला नत्र विपदको जोखिमलाई नियन्त्रण र रोकथाम गर्न कठिन हुने देखिन्छ । यो दीर्घकालीन रोग हो ।
अस्तु ...
No comments:
Post a Comment