चुलिदो छ, मिटर व्याज, तर मौन प्रशासन - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Thursday, August 6, 2020

चुलिदो छ, मिटर व्याज, तर मौन प्रशासन

चन्द्रकान्त पौडेल 

बेसीशहर- लमजुङको जिल्ला सदरमुकाममा मिटर ब्याजले आकाश छुने अवस्था सिर्जित भएको छ । छोटो समयमा धेरै कमाउने लोभले मिटर ब्याजमा लगानी गर्ने धन्दा मौलाउँदै जाँदा सामाजिक र आर्थिक अपराधको जोखिम उच्च भएको छ । तर प्रशासनको मौनताले भने जानकारहरू आश्चर्य चकित हुन थालेका छन् । 

मिटरब्याज बिना धितो र कागजात नगरीकनै कर्जा लेनदेन भने फष्टाएको अवैध धन्दा हो । अर्को शब्दमा भन्ने हो भने मिटर ब्याज भन्नाले छोटो म्यादमा धेरै ब्याज उपलब्ध गराउने प्रक्रिया हो । यो प्रक्रिया अन्तर्गत कर्जा लिनेले कर्जा दिनेलाई लाख रुपैयाँको पन्ध्र दिनको सातदेखि दशहजार ब्याज बुझाउने प्रचलन देखिन्छ । यसो हुदाँ लाख रुपैयाँको मासिक ब्याज १४ देखि २० हजार आउने हुन्छ । मिटर व्याजमा मासिक न्यूनत्तम मासिक ३ रुपैयाँ, ४ र ५ रुपैयाँ प्रायः चल्दछ । परिस्थिति हेरी त्यो रकम ७, ८ देखि १० रुपैयाँसम्म असुल्ने गरेको देखिन आएको छ । एक सय रुपैयाँको मासिक ३ रुपैयाँ व्याज असुल्ने भनेको ३६ प्रतिशत हुन्छ भने मासिक १० रुपैयाँ भनेको १२० रुपैयाँ हो । 

मिटर ब्याज र साधारण ब्याजको यो दुरीले एउटा सानो सानो परिवारको घरखर्च नै चल्ने देखिन्छ । यस्तो मुनाफा हुने भएपछि केही पैसा हुनेहरू वा अरु कतैबाट कर्जा लिएर भए पनि मिटरब्याज खान मानिसहरू हौसिएर फसेको पाइन्छ । 

केही समय अगाडि पूर्वको इलामदेखि नेपालको पश्चिम महेन्द्रनगरसम्म बिना धितो मिटरव्याजको कर्जा लिने मान्छेहरू घरपरिवार छोडेर हिड्ने देखि लिएर आत्माहत्यासम्म गरेको       समाचारहरू प्रकाशमा आएका थिए ।

मिटरब्याजमा पैसा लिदा कागज गर्ने नपर्ने, सहज रुपले साहु माहाजनको मन जित्न सकिने हुदाँ कर्जा लिनेलाई सजिलो देखिन्छ । 

ऋण दिएपछि आर्थिक अवस्था कमजोर भएका गाउँलेसँग दिन दुई गुना रात चौगुना ब्याज असुल्दै तिर्नै नसक्ने अवस्थामा पुर्‍याएर अनेकन दुःख दिँदै आएका थिए । 

मिटर व्याजमा लगाउनेहरूले ऋणीसँग सोझा मानिस पाएमा उनीहरूको जग्गासमेत आफ्नो नाउँमा पास गराउने नभए ऋण लिएको तमसुक गराउने र चेक समेत माग्ने काम गरेर ऋणीलाई मानसिक दबाब दिने गरेको समेत पाइन्छ । त्यसैले पनि त्यस्ता ऋणीहरूले कमाई नभएमा ऋण खोजेर ल्याएर पनि मिटरव्याज तिर्न बाध्य भएको अवस्था मध्यान्हको घाम जस्तै छर्ल· छ । त्यसबाहेक वर्ष दिनको १२ महिनालाई १३, १४ महिना बनाएर व्याज असुल्ने, कहिलेकाहिँ क्लोजिङको महिना भएको हुँदा थप व्याज चाहिन्छ भन्ने गरेको समेत पाइएको छ । त्यस्तै, उनीहरूले ३/३ महिनामा व्याज माग्ने र तीर्न नसकेमा त्यो व्याज रकमलाई पनि साँवा रकममा जोडेर अर्को महिनादेखि व्याज असुल्ने       गरेको पाइएको छ । 

त्यसैगरी, सुनको धितो पनि मिटरव्याजकै अर्को रुप हो । त्यसरी राखिएको सुनको प्रमाण साहुवालाले प्रमाण समेत नदिने हुँदा सुन फिर्ता गर्नका लागि ऋणीहरू साहुले जे जति भन्छ, त्यति तिर्न तयार हुनुपर्ने बाध्यात्मक स्थिति रहेको पीडितहरूको भनाई छ । यस्तै नियतसँग एउटा मुद्दा लमजुङ जिल्ला अदालतमा विचाराधिन छ । 

यस्तै, नेपाल सरकारले अवैध घोषित गरेको ढुकुटीको धन्दा पनि बेसीशहरको अर्को कलंक       हो । बेसीशहरमा रहेका टोलै पिच्छे २,३ वटा ढुकुटीका धन्दा चलिरहेका छन् ।

ढुकुटीको यस धन्दा कार्यमा आफूलाई समाजसेवी हुँ भन्नेहरूको ठूलो समूह संलग्न छ भने शिक्षकहरू, आफूलाई ठूलो साहित्यकार दावी गर्ने समेतले यो धन्दामा सञ्चालन रकेको पाइएको छ । कुनै व्यक्तिले त आठ दश दिनको फरकमा ३, ४ वटा सम्म पनि ढुकुटी सञ्चालन गरेको पाइएको छ । त्यस्तो रकम प्रति किस्ता ४० हजारदेखि ५, ७ लाख सम्मको हुने गरेको र पैसा आवश्यक पर्नेले ६० प्रतिशतसम्म न्यूनमूल्यमा खाने गरेका कारण धन्दावाला फस्टाउने ढुकुटीको विशेषता पाइन्छ ।

यस सम्बन्धमा जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्दा ॅउजुरी दिन लगाउनु होला, के रहेछ म बुझ्छु ।’ प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताउनु भयो ।

No comments:

Post a Comment