राइनास(लमजुङ) । यहाँका एक दम्पतीले आफ्नो छोराको स्मृतिमा एक लाख दान गर्नु भएको छ । समाजसेवी एवम् राइनास नगरपालिका- ३ का वडाध्यक्ष तथा सौभाग्योदय नमूना माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष स्वतन्त्र हमाल र उहाँकी श्रीमती सोही विद्यालयका शिक्षक कमलादेवी हमाल दम्पतीले आफ्नो छोराको स्मृतिमा विद्यालयलाई साउन १९ गते एकलाख दान गर्नु भएको हो ।
राइनास नगरपालिका- ४ स्थित सोही विद्यालय उपज हमाल दम्पतीका सुपुत्र ऋतु हमालको ११आंै स्मृति दिवसको सन्दर्भमा यसै विद्यालयमा आयोजित ११औं ऋतु हमाल स्मृति दिवस कार्यक्रममा सो रकम हस्तान्तरण गर्नु भएको हो । चालु शैक्षिक सत्रदेखि कक्षा- ९- १२ मा सञ्चालन गर्न लागिएको वाली विज्ञान (एबिलत क्अष्भलअभ०को सहयोगार्थ एक लाख पाँच हजार पाँच सय उनान्सय रुपैया पैसा उनानसय मात्र विद्यालयलाई प्रदान गर्नु भयो। हमाल दम्पतीले सो रकम विद्यालयका प्रधानाध्यापक दीननाथ त्रिपाठी, विद्यालय व्यवस्थापन समितिका भू.पू.अध्यक्षहरु सोमराज पन्थी, देउबहादुर पौडेल, गणेशबहादुर पराजुली र शि.अ.स. अध्यक्ष पद्मराज पन्थीलाई संयुक्त रुपमा हस्तान्तरण गर्नु भएको विद्यालयका प्रधानाध्यापक दीननाथ त्रिपाठीले बताउनु भयो । उहाँका अनुसार विद्यालय परिवारकोतर्फबाट हमाल दम्पतीलाई हार्दिक धन्यवाद व्यक्त गर्दै स्वः ऋतु हमालको आत्माको चिर शान्तीको कामना गरिएको छ ।
विद्यालयका पूर्वविद्यार्थी ऋतु हमालको २३ वर्षको उमेर वि सं २०६७ साउन १९ गते काठमाडौंको तिलगंगा आँखा अस्पताल नजिक मोटरसाइकल दुर्घटनामा निधन भएको हो ।
No comments:
Post a Comment