अन्तरङ्ग संवाददाता
लमजुङ । लमजुङमा सञ्चारकर्मी र स्वास्थ्यकर्मी सहित १८ जनालाई शुक्रबार कोरोना संक्रमण पुष्टि भएको छ । त्योसँगै समुदायमा कोरोना भाइरस (कोभिड- १९) संक्रमण फैलिएको आशंका गरिएको छ । जिल्लामा शुक्रबारसम्म संक्रमितको संख्या एक सय ६१ पुगेको छ ।
फ्रन्टलाईनमा बसेर काम गर्ने सञ्चारकर्मी र स्वास्थ्यकर्मी २ जनासहित १८ जनामा संक्रमण पुष्टि भएसँगै सदरमुकाम रहेको बेसीशहर नगरपालिकाका- ४ वडामा भदौ १७ गतेसम्मका लागि लकडाउन घोषणा गरिएको छ । समुदायमा कोरोनाको संक्रमण पुष्टि भएसँगै लकडाउन घोषणा गरिएको लमजुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताउनु भयो । उहाँका अनुसार लकडाउन गरिएका वडाहरूमा २, ३, ७ र ८ को बजार क्षेत्र हो । कोरोना भाइरस परीक्षणका लागि थ्रोट स्वाब पोखरा पठाइएकाहरूको रिपोर्ट शुक्रबार पोजेटिभ आएको हो । उहाँले भन्नुभयो, ‘संक्रमण पुष्टि हुनेमा स्थानीय एक रेडियोमा काम गर्ने सञ्चारकर्मी सहित २ जना छन् ।’ संक्रमित हुनेमा बेसीशहर नगरपालिका- ८ का २१ वर्षीय सञ्चारकर्मी र बेसीशहर नगरपालिका- ७ को त्रिवेणी टोलस्थित लमजुङ मोडल हस्पिटल प्रालिमा कार्यरत २४ बर्षीया महिला स्वास्थ्यकर्मी भएको प्रशासनको भनाई छ । दुईजना नेपाली सेनामा जवानसहित ४ जनामा कोरोना पुष्टि भएको थियो । त्यस्तै, बुधबारका दिन २० जना नेपाली सेनामा कार्यरतसहित २३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यसअघि क्वारेन्टाइनमा बस्नेहरूमा मात्र पोजेटिभ देखिएपनि पछिल्ला दिनमा समुदायस्तरमै कोरोना देखिन थालेको छ । समुदायमै कोरोना संक्रमण फैलिएपछि उच्च सतकर्ता अपनाउन नागरिकलाई प्रशासनले अनुरोध गरेको छ । कोरोना संक्रमण झन् बढ्दै गएपछि सदरमुकाम समेत रहेको बेसीशहर नगरपालिकाको ४ वटा वडा भदौ १७ गते बेलुका ६ बजेसम्मका लागि जिल्ला प्रशासन कार्यालय लमजुङले निषेधाज्ञा(लकडाउन) गरेको हो । लकडाउन गरिएको २, ३, ७ र ८ का बजार क्षेत्र हुन् ।
नेपाली सेनाको कन्ट्रयाक टे्रसिङको आधारमा स्वाब संकलन गरिएको थियो । उनीहरू १२ जनालाई शुक्रबार संक्रमण देखिएको छ । यसअघि सेनाका १७ जना र त्योभन्दा २ दिन अघि एक जनामा संक्रमण देखिएको थियो ।
स्वास्थ्यकर्मी संक्रमित भेटिएको हस्पिटलमा नयाँ विरामी भर्नामा रोक लगाएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताउनु भयो । उहाँका अनुसार समुदायस्तरमा कोरोना संक्रमण भए/नभएको बारे जानकारी लिन नमुना थ्रोट स्वाब संकलन गरिएकोमा कर्मचारी, सञ्चारकर्मी र स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको हो ।
लमजुङमा महिला ९ र १ सय २ पुरुष गरी १ सय ११ जना निको भएर घर फर्किएका छन् । महिला ४ र पुरुष ४४ जना गरी ४८ जना आइसोलेसनमा उपचाररत छन् । कोरोना संक्रमति हुनेमा १३ महिला र १ सय ४८ पुरुष छन् । उनीहरूलाई बेसीशहरको सहजी स्थित शहरी विकास कार्यालयको भवन र सुन्दरबजारको नमूना सामुदायिक अस्पतालको आइसोलेसनमा राखिएको छ । जिल्ला प्रशासन कार्यालयले उनीहरू सबैको अवस्था सामान्य रहेको जनाएको छ ।
स्मारणीय छ, आजका दिनसम्म लमजुङ जिल्लाबाट स्वाव संकलन गरिएका व्यक्तिहरूको कोरोनाका कारणले कसैको पनि मृत्यु भएको छैन ।
![]() |
| Add caption |

No comments:
Post a Comment