अन्तरङ्ग संवाददातालमजुङ । लमजुङमा सुरक्षाकर्मी, सञ्चारकर्मी, स्वास्थ्यकर्मी सहित थप ८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । यो संख्या भदौ १२ गते यसअघि पुष्टि भएको १८ संख्याभन्दा बाहेक हो । योसँगै जिल्लामा शुक्रबारसम्म संक्रमितको संख्या एक सय ६९ पुगेको छ । त्योसँगै समुदायमा कोरोना भाइरस (कोभिड– १९) संक्रमण फैलिएको आशंका गरिएको छ ।
फ्रन्टलाईनमा बसेर काम गर्ने सुरक्षाकर्मी, सञ्चारकर्मी, स्वास्थ्यकर्मी, थुनुवा सहितमा संक्रमण पुष्टि हुन आएको छ । योसँगै सदरमुकाम रहेको बेसीशहर नगरपालिकाका– ४ वडा बाहेक अन्य ४ पालिकामा पनि लकडाउन घोषणा गरिएको लमजुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताउनु भयो । उहाँका अनुसार लकडाउन गरिएका बेसीशहरका वडाहरूका २, ३, ७ र ८ को बजार क्षेत्र हो । त्यस्तै, मध्यनेपालको ५ देखि ९ वडा, सुन्दरबजारको २, ४, ६ र ७ नबर वडाहरू, राइनास नगरपालिकाको बजार क्षेत्र र क्ब्होलासोंथर गाउँपालिकाको १,२, ३ र ४ नंबर वडामा लकडाउन गरिएको प्रशासनले जनाएको छ ।
शुक्रबार ‘संक्रमण पुष्टि हुनेमा एक सञ्चारकर्मी र २० जना सुरक्षाकर्मी र थुनुवा समेत २६ जना छन् ।’
यसैबीच, मध्यनेपाल नगरपालिका– ७ का एक पुरुषको पोखरामा उपचारका क्रममा निधन भएको छ । उच्च रक्तचाप र मधुमेहबाट पीडित उनको उपचारका लागि पोखरा लगिएकोमा भदौ १२ गते कोरोना पुष्टि भई सोही दिन निधन भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सो कार्यालयका अनुसार उनको स्वाव लमजुङमा संकलन गरिएको होइन ।
त्यसैगरी, लमजुङमा १२ गतेका दिन २ जनाले कोरोना जितेर घर फर्किएका छन् । उनीहरू सहित जिल्लामा कोरोना जित्नेको संख्या १ सय १३ पुगेको छ । तीमध्ये महिला ९ र १ सय ४ पुरुष छन् । कोरोना संक्रमति हुनेमा १३ महिला र १ सय ५६ जना पुरुष छन् । जिल्ला प्रशासन कार्यालयले संक्रमितहरू सबैको अवस्था सामान्य रहेको जनाएको छ ।
स्मारणीय छ, आजका दिनसम्म लमजुङ जिल्लाबाट स्वाव संकलन गरिएका व्यक्तिहरूको कोरोनाका कारणले कसैको पनि मृत्यु भएको छैन । साथमा जिल्ला प्रशासन कार्यालयबाट १२ गते साँझ ७ बजे जारी विज्ञप्तिसहित ।
Friday, August 28, 2020
Home
राष्ट्रिय
समाज
स्थानीय
सुरक्षाकर्मी, सञ्चारकर्मी, स्वास्थ्यकर्मी सहित थप ८ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमित एक सय ६९ जना
सुरक्षाकर्मी, सञ्चारकर्मी, स्वास्थ्यकर्मी सहित थप ८ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमित एक सय ६९ जना
Subscribe to:
Post Comments (Atom)
Author Details
लमजुङकै जेठो पत्रिका अन्तरङ्ग द्वैमासिक, पाक्षिक हुँदै हाल साप्ताहिक रुपमा प्रकाशन हुँदै आएको छ । २०४९ साउन २३ गते जिल्ला प्रशासन कार्यालय, लमजुङमा दर्ता भई प्रकाशन सुरु भएको याे पत्रिका मूलत: साहित्य र समाचारसँग सम्बन्धित छ । यसलाई हामीले साहित्य प्रधान पत्रिका पनि भन्ने गरेका छौँ । कला साहित्य र संस्कृतिका माध्यमबाट समाजमा सुशासन कायम गर्न सकिने विश्वाससहित अघि बढेको यस पत्रिकाले लमजुङबाट सयौँ पत्रकार तथा साहित्यकार जन्माइसकेको छ । पत्रिकालाई ई पेपरमा पनि उपलब्ध गराउने र साहित्य र समाचारलाई अनलाइनबाट पनि पाठकसमक्ष पुर्याउने उद्देश्यले प्रारम्भिक चरणमा यो ब्लग सुरु गरिएको छ । आशा छ, पत्रिकालाई जस्तै यसलाई पनि यहाँहरुको पूर्ण साथ रहने छ ।

No comments:
Post a Comment