लमजुङमा कोरोना संक्रमण अपडेट - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Thursday, August 27, 2020

लमजुङमा कोरोना संक्रमण अपडेट


विष्णुकुमार श्रेष्ठ

लमजुङ । लमजुङमा कोरोना संक्रमणको कारण आइसोलेसनमा बस्नेको संख्या ३२ जना रहेको छ । लमजुङ  जिल्लामा कोरोनाको संक्रमित कुल संख्या एक सय ४३ जना पुगेको छ । भदौ ११ गते ४ जना थप भई कुल संख्या एक सय ४३ जना पुगेको हो । 

हिजो भदौ १० गतेका दिन जिल्लामा एकै दिन सबैभन्दा बढी २३ जना संक्रमण पुष्टि भएको हो । यसअघि असार १६ गतेका दिन १६ जना संक्रमण पुष्टि भएको थियो । कुल संक्रमितमध्ये एक सय ११ जना निको भइ घर फर्किएका छन् । हाल नमूना सामुदायिक अस्पताल सुन्दरबजारमा २४ जना, लमजुङ सामुदायिक अस्पतालमा १ जना र बेसीशहर नगरपालिका- ७ को सहजी स्थित शहरी विकासको भवनमा ७ जना गरी ३२ जनालाई आइसोलेसन कक्षमा राखिएको जिल्ला प्रसासन कार्यलय लमजुङका सूचना अधिकारी एवम् सहायक प्रमुख जिल्ला अधिकारी काजीमान सुनारले बताउनुभयो । उहाँका अनुसार विभिन्न क्वारेन्टाइनमा बस्नेको संख्या पनि अहिले ६ जना महिला र २८ जना पुरुष गरी ३४ जना छन् । 

लमजुङको होटेल क्वारेन्टाइनमा ८ जना, बेसीशहर क्वारेन्टाइनमा ६ जना, सुन्दरबजार क्वारेन्टाइनमा ६ जना, मध्यनेपाल क्वारेन्टाइनमा ७ जना, सराइनास क्वारेन्टाइनमा ५ जना, दोर्दी गाउँपालिकाको क्वारेन्टाइनमा १ जना र दूधपोखरी गाउँपाकिलाको क्वारेन्टाइनमा १ जना रहेको जिल्ला प्रसासन कार्यलयका सूचना अधिकारी सुनारले बताउनुभयो । उहाँका अनुसार लमजुङमा क्वारेन्टाइनबाट ७ जना, सम्पर्क परीक्षणबाट पठाएको १३२ जना तथा समुदायबाट पठाएको ८ जना सहित १४७ जनाको पिसिआर रिपोर्ट आउन बाँकी छ ।

No comments:

Post a Comment