बेसीशहरका चार वडामा निषेधाज्ञा - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Wednesday, August 26, 2020

बेसीशहरका चार वडामा निषेधाज्ञा

अन्तरङ्ग संवाददाता

लमजुङ । लमजुङको सदरमुकाम बेसीशहरका चार वडामा निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालयले आज दिउँसो ३ बजेदेखि १७ गते साँझ ६ बजेसम्मका लागि निषेधाज्ञा लागू हुने जिल्ला प्रशासन कार्यालयबाट भदौ १० गते जारी सूचनामा जनाइएको छ । 

भदौ १० गतेका दिन बिहान एकै दिन २३ जना कोरोना संक्रमित पुष्टि भएसँगै जिल्ला संकट व्यवस्थापन केन्द्रको आज सम्पन्न बैठकले सो निणर्य गरेको हो । जसमा भदौ १० गते दिउँसो ३ बजेदेखि १७ गते ६ वजेसम्म वेसीशहर नगरपालिकाका वडानं- २, ३, ७ र ८ अर्थात भकुण्डेदेखि रानीकुवा, बेसीशहर बजारको सेरादेखि सहजी, पुवाखोलासम्म निषेधाज्ञा जारी गरिएको उल्लेख छ । 

लमजुङको कोरोना संक्रमितको कुल संख्या एक सय ३९ पुगेको छ । तीमध्ये आइसोलेसनमा २८ जना रहेका छन् । 

साथमा जिल्ला प्रशासन कार्यालयबाट जारी गरिएको सूचनाको छायाँ प्रति 



No comments:

Post a Comment