
Saturday, August 1, 2020

Home
कला
समाचार
साहित्यिक समाचार
अग्रज लोकगायिका माया गुरुङलाई ईन्द्रेणी टिमद्वारा मासिक १० हजार दिने घोषणा
अग्रज लोकगायिका माया गुरुङलाई ईन्द्रेणी टिमद्वारा मासिक १० हजार दिने घोषणा
नवराज पहाडी
लमजुङ । लमजुङकी लोकप्रिय एवम् अग्रज लोकगायिका माया गुरुङलाई एविसी टेलिभिजनको ईन्द्रेणी कार्यक्रमद्वारा मासिक १० हजार दिने घोषणा गरेको छ । गुरुङलाई सामाजिक सुरक्षा भत्ता सहर उक्त रकम बाँचुञ्जेल दिइने भएको हो ।
ईन्द्रणीका सञ्चालक कृष्ण कँडेल सहितको टोलीले अग्रज लोकगायिका माया गुरुङको घरमै पुगरे एक कार्यक्रमको आयोजना गरी उक्त सहयोगको घोषणा गरेको हो । कोभिड- १९ को संक्रमणको अस्वस्थाले सभा/समारोह गर्ने खालको समय नभएको र वर्षायाम समेत भएका कारण ईन्द्रेणीको टोलीले माया गुरुङको घरमै पुगेर एकमुष्ट ५० हजार समेत सहयोग गरेको छ । उक्त सहयोग रकम प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले माया गुरूङलाई हस्तान्तरण गरेका हुन् ।
लमजुङको बेसीशहर नगरपालिका-ं ५ नाल्माबेसीमा स्थायी बसोबास भएकी माया गुरुङले सानैदेखि लोकगीतका क्षेत्रमा पाइला चाल्दै आएकी हुन् । उनले ‘गाउँशहरमा लमजुङ दरबार, मायालाई दिने थिए फूलजस्तो जोवन, भइसक्यो मेरो घरबार ... ’ बोलको गीत गाएर विसं २०४५ सालमा रेडियो नेपालले आयोजना गरेको राष्ट्रव्यापी लोकगीत प्रतियोगितामा लमजुङका माया गुरुङ र उमा गुरुङको जोडी पहिलो भएको थियो । माया गुरुङलाई २०४५ को ‘नेपाल तारा’का रुपमा समेत चिनिएकी हुन् । उनले १ सय ३५ भन्दा बढी विभिन्न किसिमका लोक गीत गाएर रेकर्ड गराएको बताएकी छन् । घरायसी अवस्था कमजोर भएको हुँदा उनको प्रतिभाले उचितमात्रामा मौलाउने मौका नपाएको उनी नजिकका लोकगीतका पारखीहरू बताउँछन् । माया गुरुङ हिजोआज पनि आफैले उत्पादन गरेको केरा डोकोमा बोकेर, बेच्ने, कुखुरा पाल्ले बंगुरु तथा बाख्रा पालन गरेर आफू, श्रीमान् तथा छोराछोरी पाल्दै आउनु भएको छ । मायाका श्रीमान्लाई उनका बुबाले दिनु पर्ने अंशभाग नदिएको कारणले मायाको अवस्था दयनीय हुन गएको हो । मायाले बुबा कायम गरी श्रीमान्को नागरिकता निकाल्नका लागि पनि बर्षौंसम्म कष्ट गर्नु पर्यो । अन्ततः एक प्रजिअको सल्लाहमा जिल्ला अदालतमा मुद्दा गरेपछि उनीहरूका नाता कायम भएको हो, नाता त कायम भयो अंश भने अझै मिलेको छैन ।
अहिलेको समयमा माया गुरुङको गीत संगीत ओझेलमा परेकाले उनको सिर्जनालाई जोगाउन तथा निरन्तरता दिन इन्द्रेणीको टोली माया गुरुङको घरसम्मै पुगेर सहयोगको घाषणा गरेको ईन्द्रणीका सञ्चालक कृष्ण कडेलले बताए । उनले भने, ‘माया गुरुङको सिर्जनालाई जोगाउन तथा हराएर जान नदिई निरन्तरताको लागि ईन्द्रणी कायक्रमले मासिक रुपमा १० हजार रुपैया प्रदान बाचुन्जेल सामाजिकसुरक्षा भत्ता(पेन्सन) स्वरुप प्रदान गरिने छ ।’
ईन्द्रणी कार्यक्रममा सञ्चालक कृष्ण कँडेलले माया गुरुङलाई ५० हजार एकमुष्ट रकम हस्तान्तरण गर्दै माया गुरुङलाई थप हौसाला प्रदान गर्दै सिर्जना(गीत र लोकभाका)को संरक्षण गर्नुपर्नेमा जोड दिए ।
सो अवसरमा लोकगायिका माया गुरुङले ईन्द्रणीका सञ्चालक कृष्ण कँडेललाई आफ्नो कर्मको पिता मान्ने बताइन् । उनले भनिन् ‘कृष्ण भाइको यो गुण म जीवनभर भुल्ने छैन ।’ माया गुरुङले आफूले जीवनमा भोगेका भोगाईलाई गीतमार्फत प्रस्तुत गर्दा कार्यक्रमका सहभागीहरू भावविह्वल हुँदै निस्तब्ध सुनिरहेका थिए ।
Tags
# कला
# समाचार
# साहित्यिक समाचार
Share This

हाम्रो बारेमा___________
लमजुङकै जेठो पत्रिका अन्तरङ्ग द्वैमासिक, पाक्षिक हुँदै हाल साप्ताहिक रुपमा प्रकाशन हुँदै आएको छ । २०४९ साउन २३ गते जिल्ला प्रशासन कार्यालय, लमजुङमा दर्ता भई प्रकाशन सुरु भएको याे पत्रिका मूलत: साहित्य र समाचारसँग सम्बन्धित छ । यसलाई हामीले साहित्य प्रधान पत्रिका पनि भन्ने गरेका छौँ । कला साहित्य र संस्कृतिका माध्यमबाट समाजमा सुशासन कायम गर्न सकिने विश्वाससहित अघि बढेको यस पत्रिकाले लमजुङबाट सयौँ पत्रकार तथा साहित्यकार जन्माइसकेको छ । पत्रिकालाई ई पेपरमा पनि उपलब्ध गराउने र साहित्य र समाचारलाई अनलाइनबाट पनि पाठकसमक्ष पुर्याउने उद्देश्यले प्रारम्भिक चरणमा यो ब्लग सुरु गरिएको छ । आशा छ, पत्रिकालाई जस्तै यसलाई पनि यहाँहरुको पूर्ण साथ रहने छ ।
Newer Article
लायन्स क्लबको ३२५ बि १ को ऐतिहासिक कार्य
Older Article
खुदीका पहिरो पीडित ५१ परिवारलाई आरसिडिसी र रेडक्रसद्वारा राहत वितरण
मालिका केशरीको आख्यान ‘दुङाल’ विमोचित
UnknownAug 22, 2021पोखरा र सिन्धुपाल्चोकका स्रष्टाको संयुक्त रचना वाचन
UnknownApr 14, 2021थापाको कविता कृति अक्षरहरूको मूर्च्छना बजारमा (फोटो फिचर)
UnknownMar 27, 2021
Labels:
कला,
समाचार,
साहित्यिक समाचार
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment